पेट्रोल पम्प सातामा २ दिन खोलिने

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले लकडाउनको समयमा पनि आइतबार र शुक्रबार पेट्रोल पम्प खुल्ने जनाएको छ ।

चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएपछि सेना र प्रहरीले संचालन गरेको बाहेक अन्य सबै पेट्रोल पम्प बन्द छन् । लकडाउनका बेला पनि अतिआवश्यक परेको बेला प्रशासनले पास दिएर सवारी साधन चल्न दिएको छ । पेट्रोल पम्प नखुल्दा यसरी चल्दै आएका सवारी धनीलनाई समस्या हुने गरेको छ ।

अति अत्यावश्क अवस्थामा गुड्ने सवारी साधनलाई लक्षित गरेर सातामा २ दिन पेट्रोल पम्प खोल्न लागिएको निगमले जनाएको छ । निगमले लकडाउनको कारण पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको समस्या नहुने जनाएको छ । प्रदेश १ को विराटनगरमा आफ्नो भण्डारण क्षमताको ८५ प्रतिशत भण्डारण डिपो छ । विराटनगर डिपोबाट प्रदेश १ को १० जिल्लाको साथै प्रदेश २ को सिरहा र सप्तरी लगाउयतका जिल्लामा पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…