कोरोना संक्रमणबाट भारतमा ५६ को मृत्यु, दुई हजार बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमणबाट भारतमा ५६ को मृत्यु भएको छ । शुक्रबारसम्म दुई हजार तीन सय १ जनामा संक्रमण देखिएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । संक्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन्
भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका र छ जनाको मृत्यु भएको छ । भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ । नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन् ।
आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८, जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको समाचारमा जनाइएको छ । त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एजेन्सी