‘लकडाउन’मा नेपाल टेलिकमकाे सेवामा छुटैछुट

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न छुट प्रदान गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण नेपालमा संक्रमण हुन नपाओस् भनेर सरकारले गरेका लकडाउनको समयमा ग्राहकको सुविधाका लागि नेपाल टेलिकमले छुट दिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल सरकारले चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार कम्पनीले चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay Ps You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।

सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । यस अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी १ सयमा बोनससहित कुल ४ जीबी र २ सयमा बोनससहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्क भित्र (On Net) भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि  २५ रूपैँयामा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रूपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १०० रूपैयाँमा ७ दिनका लागि बोनससहित २ सय ८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

USSDNepal Telecom App बाट खरिद गर्न सकिने माथि उल्लिखित डाटा तथा भ्वाइस प्याकहरु Stay Connected अफरको रुपमा उपलब्ध हुनेछ । USSD बाट खरिद गर्न *1415*10# डायल गर्नु पर्दछ । थप जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np बाट प्राप्त गर्न सकिने छ ।

यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था भएकोमा यही फाल्गुन र चैत्र महिनाको महसुल वापत हुने जरिवाना नेपाल सरकारको मिति २०७६ चैत्र १६ को निर्णयकै आधारमा कम्पनीले आगामी बैशाख मसान्तसम्मको लागि मिनाहा गर्ने निर्णय गरेको पनि टेलिकमले जनाएकाे छ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलव्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरुको म्याद लकडाउन अबधिभरका लागि थप गर्ने निर्णय गरेको छ ।

नेपाल टेलिकमले देशभर रहेका आफ्ना सेवाग्राही तथा समस्त देशबासीलाई कोरोना भाइरसको महामारीले सिर्जना गरेको यस विषम परिस्थितिमा नेपाल सरकार तथा सम्बन्धित निकायहरुबाट उपलव्ध गराइएका जानकारी तथा जारी गरिएका निर्देशन बमोजिम नै आ–आफ्नो दैनिक क्रियाकलापहरू सञ्चालन गरी स्वस्थ र सुरक्षित रहन समेत अनुरोध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…