बोलेरो सडकबाट खस्दा एकै गाउँका पाँचजना घाइते

फाइल तस्बिर
दोलखा । बोलेरो दुर्घटना हुँदा एकै गाउँका पाँचजना घाइते भएका छन् । गौरीशंकर गाउँपालिका ५ सुरीको घामतारामा शुक्रबार दिउँसो बा १८ च ५१४८ नम्बरको बोलेरो दुर्घटना हुँदा पाँचजना घाइते भएका हुन् ।
बोलेरो सडकबाट करिब पाँच मिटर तल पल्टिएको हो । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । ३५ वर्षीय बोलेरो चालक प्रेमबहादुर गुरुङ र २५ वर्षीय पवन गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चार जनाको प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। घाइते सबै एकै गाउँका रहेको बताइएको छ ।