प्रमोद कुमार साह जनकपुरधाम । प्रदेश २ मा कोरोना भारइसको परीक्षण शुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको ल्याबको शुक्रबार प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहले निरीक्षण गर्दै ल्याब सञ्चालनमा आएको हो ।
ल्याबको निरीक्षण गर्दै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केही राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको वीरगञ्जमा पनि कोरोना भाइरसको परीक्षण शुरु गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडी बढिसकेकाले छिटै नै सेन्टर पनि सञ्चालनमा आउने छ ।’ मन्त्रि साहले कोरोना भाइरस विरुद्धको लडाइमा संलग्न सवास्थ्यकर्मीले उच्च मनोबलका साथ् लाग्न अनुरोधसमेत गर्नुभयो ।
उहाँले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १००५, प्राविधिकको हकमा ७५५,र अन्य कर्मचारी हकमा ५०५ भत्ता बढाइएको पनि जानकारी दिनुभयो । परीक्षण शुरु भएको ल्याबले दैनिक १० वटा केशको परीक्षण गर्ने छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको कोरोना परीक्षण गर्ने मेसिन (रियल टाइम पिसीआर मेशिन) जडान गर्न धुलिखेल अस्पतालका वरिष्ठ माईक्रोवाईलोजिस्ट सुरेन्द्र मधुपको टोलीले मेशिन जडान गरेकाे हाे । यो मेसिन जडान भएपछि अब प्रादेशिक अस्पताल जनकपुरधाममा दैनिक १० जनाको कोरोना भाइरसको परीक्षण हुने उहाँले जानकारी दिनुभयाे । उहाँ सँगै कोभिड १९ मेशिन जडान गर्ने प्राविधिकमा माईक्रोवाईलोजिस्ट विवेक तिमिल्सिनालगायतकाे टिम काम गरिरहेकाे छ।
कोरोना भाइरस परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं. २ जनकपुरधामका निर्देशक राम विनय साह, मेडिकल टेक्नोलोजिष्ट मोहन मिश्र ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह युगलकिशोर यादवलगायतको सहभागिता रहेको छ । प्रादेशिक प्रयोगशालाका प्रमुख डा.रामविनय साहले स्वाब परीक्षणका लागि काठमाडाै नै पठाउनुपर्ने बाध्यताबाट उन्मुक्ती पाएको बताउनुभयो । उहाँले अहिलेसम्म १२ वटा मात्रै पिपीइ सेट आएकाले अझैआवश्यकता रहेको समेत गुनासो गर्नुभयो ।
मेसिन उद्घाटन कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका अध्यक्ष संजय कुमार सिंह, मेडिकलसुपरिटेन्डेन्ट डा.नागेन्द्र प्रसाद साह, समितिका सदस्यलगायतको सहभागिता रहेको थियो ।