बुहारीको हत्या गरी लास जलाइरहेको अवस्थामा ३ जना पक्राउ

पर्सा । बुहारीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुहारीको हत्या गरेको आरोपमा मृतककी सासु, ससुरा र देउरानीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६० वर्षीय ससुरा सुरेश पंडित, ५५ वर्षीया सासु फुल कुमारी देवी र कान्छी बुहारी अर्थात मृतकी देउरानी २३ वर्षीया मालती देवी रहेका छन् ।

उनीहरुले बुहारीको हत्या गरी घाटमा लगेर दाहसंस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको थियो । आधा शरिर जलिसकेको अवस्थामा प्रहरी घाट पुगेको प्रहरीले जानकारी दिएको छ ।

मृतकका पति रोजगारीका लागि विदेशमा रहेको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…