यौनकर्मी भन्छन्, ‘हामीलाई भाइरसभन्दा भोकको डर छ’

थाइल्याण्ड । यौन व्यवसायमा कार्यरत बैंककमा यौनकर्मीले आफूलाई कोरोना भाइरसको भन्दापनि भोकको डर भएको बताएका छन् ।

रातको समयमा व्यवसायमा रमाउन यौनकर्मीहरुले पहिला लुटेराहरुको डर भएको तर अहिले कोरोना भाइरसका कारण व्यवसायमा समस्या भएकाले आफ्ना रोजिरोटी गुम्ने डर भएको बताएका हुन् ।

थाइल्याण्डमा कोरोना भाइरस संक्रमणका कारण रात्रीकालीन जीवन अस्तव्यस्त बनाएको विदेशी समाचार माध्यमहरुले बताएका छन् ।

बैंकक, पटायालगायत यौन तथा मसाज कार्य हुने पार्लर तथा होटलहरु बन्द भएपछि दैनिक जीवन धान्नका लागि यौनकर्मीहरु सडकमा ग्राहक कुर्न बाध्य भएका छन् । सरकारकाे निर्देशनका कारण सुनसान सडकमा निस्किदा कारबाही भोग्नुपर्ने डर त छ नै त्यसमा पनि पर्यटकको आगमन बन्द भएकाले ग्राहक पाउन पनि कठिन भएको यौनकर्मीको गुनासो रहेको समाचार विभिन्न समचार माध्यमले बताएका छन् ।

गत शुक्रबारदेखि थाइल्याण्डको होटल, बार बन्द गरिएका छन् भने राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ ।

कोरोना भाइरसकै कारण थाइल्याण्डमा २० जनाको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…