Logo फाल्गुन १३, २०७७ बिहीबार


छाक टार्न चामल माग्नेलाई राहत टोलीले हाने गालामा २ थप्पड

स्याङ्जा । चापाकोट नगरकालिकामा राहत माग्दा सर्वसाधारण जनप्रतिनिधिबाटै कुटिएका छन् । नगरपालिकाको वडा नम्बर ६ का सुमन बिकलाई गाउँमा राहत बाँड्न आएका जनप्रतिनिधि टोलीले कुटपिट गरेको हो ।

विकले मेयर शिव गिरीसहितको राहत टोलीले आफूमाथि हातपात गरेको बताएका छन् । राहत वितरण प्रक्रियामा चित्त नबुझेर प्रश्न गर्दा राहत टोलीले उनलाई हातपात गरेको हो । ‘मैले नराम्रो कुरा गरेको थिइनँ’ उनले भने, ‘२५ किलोका एक बोरा चामलले  ५ परिवारलाई कसरी पुग्छ ? भनेको थिएँ । मेयर सा’बसँग आएका युवाले मलाई कुटे।’ । राहत टोलीले आफूलाई गालामा २ थप्पड हानेको विकको दुखसो छ । राहत टोलीको हातपातबाट विकको अनुहारमा चोट लागेको छ ।

जनप्रतिनिधि टोली विकलाई कुटपिट गररेपछि गाउँमा रातह नबाँडी फर्किएको छ ।  मेयर गिरीले भने राहत टोलीले हापात नगरेको दाबी गरेका छन् । विकलाई सम्झाइ बुझाई मात्र गरेको तर हातपात नगरेको गिरीको भनाई छ ।  ‘विक भाइले विरोध गरेपछि मसँगै गएका भाइहरुले सम्झाएका मात्र हुन्’, उनले भने, ‘हात चाहिँ हालेका छैनन्।’

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।