Logo मंसिर १४, २०७७ आइतबार


शीतल हावा सरर…आहा ! सुपादेउराली

सुपादेउरालीमा शीतल हावा चल्यो । मधेसको पसिना ओभायो । पर्वतीय उचाइको आकाशै उज्यालो । उत्तरमा अन्नपूर्णा, माछापुच्छ्रे,  धवलागिरी हिमधुरी देखिए । सेताम्मे दन्त देखाउँदै धर्तीमाता हाँसिन् । दक्षिणतिर तराईको समथर भूमि, अझ पर मित्रराष्ट्र भारतको भूमि पनि नजरमा आउने नरपानीको नेटामा रहेछ सुपादेउराली । पाइला देवीद्वारमा पुग्दा मनै प्रशन्न । यात्रा सफल । जीवन धन्य

नारायण भण्डारी

डाँडाको डडाल्नु भाँचिएको समथर थुम वा बिसाउनी नै देउराली । पर्वतीय भूगोलको भिरालो पाखापर्वत पार गरेर जाने मार्गमा भञ्ज्याङै भञ्ज्याङ । नेपाल अनन्त गल्छेडा नाका निकास नेटा र देउरालीको देश । भूगोलका हर बिन्दुमा देवदेवी देख्ने नेपाली दृष्टि । शिलामा देवता, माटामा माता, वनमा वनदेवी, दोबाटामा माई, नदीमा नारी बडा वृक्षमा तपस्वी, अन्नपातमा अन्नपूर्णा, रत्नखानीमा लक्ष्मीको वास मानेर सम्मान स्वरुप पूजा गर्ने संस्कृतिले सभ्य बनेको हैम समाज । देशैभरि देउरालीमा पाती चढाउने, ढुंगा चिन्ने र लिङ्गो लौरी ठडयाएर जय होस् भन्दै दर्शन गरी यात्रा भर्ने नेपाली चलन छ । देउरालीकी देवी भाकेर यात्रा गर्ने आउँदा जाँदा धन्यवाद स्वरुप भेटी चढाउने पनि नेपाली संस्कृति छ । नेटो नाघेर सामान ओसार्ने भरियाले देउरालीको बिसाउनीमा एक छिन भारी बिसाएर सास फेर्छन् । सुई… सुस्केरा हाल्छन् डाँडाको चिसो हावामा एक छिन् हाँस्छन् । थकाइ मार्छन् र फेरि त्यही भारी खेप्ने ऊर्जा थप्छन् । देउरालीको हावापानी नै नेपाली जनताको पुरुषार्थ पोषण । देउरालीको यो देनलाई कतिले दैवीशक्ति माने । सम्मान गर्न थाले । प्रकृतिप्रदत्त शिलामा देउराली देवीको दर्शनपूजन प्रारम्भ भयो । देउराली बटुवाका लागि विश्वासकी आधार बनिन् । यही दृष्टिले देशभर देउराली दर्शनको परम्परा प्रचलित भो । आज हिमालय पर्वतका घाँटीदेखि तटतराईका दोबाटासम्म देवीदेउराली स्थापित छन् । सारा देशवासीका लागि शरण बनेका छन् । पथिकहरु उनैलाई नमस्कार गरी चलेका छन् । कैलाशको गौरीभञ्ज्याङ डोल्माला पासदेखि पहाड पर्वत हुँदै नदीदोभानसम्म देउरालीको स्थापना भएको देखिन्छ । नेपाल त देउराली सभ्यताको देश । देउरालीमा पाती चढाई देशपरदेशको बाटो समाउने मातृआस्थाको देश ।

अर्घाखाँची जिल्लामा पर्ने सुपादेउराली देशैभर प्रसिद्ध देवीमन्दिर । जिल्ला सदरमुकाम सन्धिखर्क जाने सडकको छेउमा देवी सुपादेउरालीको मन्दिर । मार्गमा आउनेजाने यात्रीको आस्था केन्द्र । पहाडी भीरमा बनाइएको मार्गमा मन अड्याउने भरपर्दो आधार । देवीको भर भएपछि केको डर ? चालक, सञ्चालकको आत्मबलकी आमा सुपा देउराली ।सुपादेउराली रुपन्देहीको बुटवलबाट ८१ किलोमिटर उत्तरमा पर्दछ । बुटवलबजारबाट पूर्वपश्चिम महेन्द्रराजमार्गको गोरुसिंङगे पुगेपछि यात्रा उत्तर मोडिन्छ । अनि रुपन्देहीबाट अर्घाखाँचीको आँगनमा पुगिन्छ । अर्घाखाँचीको आगमनी स्वागतमा रमाउँदै जाँदा यात्रा सम्मो भूभागबाट पर्वतीय खण्डमा प्रवेश गर्छ । गर्मीले तातेको वदनमा शीतल पवनले स्पर्श गर्छ । पर्वतीय पाखाहरु देखिनथाल्छन् । पाखाको घना वनमा मन हराउँछ । आत्माले आनन्दको बगैंचा भेट्टाउँछ । खोलाको जलप्रवाह तल पर्दै गो । यात्राको वाहन माथि चढ्दै गो । तराई छाडेर ३५ किलोमिटर माथि गएपछि शीतलताको आभास हुनथाल्छ ।
डाँडापाखामा खनिएको मार्ग हेर्दा सुन्दर चित्र जस्तो तर त्यहाँ पुग्दाको घडीभने डरमर्दो । पहराका भीमकाय ढुंगा देख्दा विकराल लाग्ने । तर पनि पर्वतको धुरीमा पुग्दाको क्षण पुरुषार्थपूर्ण हुने हुँदा मानिस माथिमाथि जान मन पराउँछ ।

शिखरमा सगरसँगै रमाउन मन पराउँछ । पहाड पर्वत भीर पहरा छिचोलेर दूरदर्शनमा निस्कन्छ । दर्शनको दैलो हो सुपादेउराली ।  पर्वतीय पथमा प्रगतिगामी हुँदै जाँदा देउरालीको डिलमा पुगिन्छ । महाभारत पर्वतको उच्च बिन्दु । समुद्र सतहबाट २ हजार ५ सय १५ मिटरको उचाइमा अवस्थित सुपादेउरालीमा शीतल हावा चल्यो । मधेसको पसिना ओभायो । पर्वतीय उचाइको आकाशै उज्यालो । उत्तरमा अन्नपूर्णा, माछापुच्छ्रे, धवलागिरिका हिमधुरी देखिए । दक्षिणतिर तराईको समथर मालभूमि र अझ पर मित्रराष्ट्र भारतको भूमि पनि नजरमा आउने नरपानीको नेटामा रहेछ सुपादेउराली । पाइला देवीद्वारमा पुग्दा मनै प्रशन्न । यात्रा सफल । जीवन धन्य ।

पहरामा देखिने मानवजस्तो आकृति त्यही लाहुरेको हो भन्ने जनकथन छ । संकल्प गरेको व चिताएको वाचा पूरा नगर्दा प्रकृति पनि प्रतिकूल हुन्छिन् । लोभवशः वस्तुमा आशक्त हुँदा पनि मानव अस्तित्व मात्र भौतिक वस्तुमा टाँसिएर बस्न पुग्छ । लोभ मोह त्यागी उदात्त भावले मनको ताक वा कबूल पूरा गर्नु नै पुरुषार्थ हो भन्ने सन्देश दिन पनि यो कथा सार्थक छ । कथानक सन्देशले पनि सुपा देउराली देवीप्रतिको श्रद्धा र भक्ति बढिरहेको छ । ठूल्ठूला सुपाजस्ता शिलाखण्ड पाइने भएर यस देउरालीलाई सुपादेउराली भनियो कि ? वा सुपा बेच्ने थुम्काका रुपमा देवी मन्दिर परिसर प्रसिद्ध थियो कि खोजीको विषय बन्नसक्छ । गण्डकी प्रदेश र पश्चिम नेपालमा अन्नका दाना केलाउने चोयाको फराक पात्रलाई सुपो भनिन्छ । पूर्वी नेपालमा नाङ्लो भनिने सुपोलाई संस्कृतमा सुर्प भनिन्छ । विशेष गरी गुरुङसमुदायका सदस्यहरु सुपा लिएर बेच्न हिड्ने चलन थियो । आज पनि सुपा देउरालीकै बलेनीबाट सन्धिखर्क जाने आउने सवारी चलेका छन् । यो मार्गसभ्यताले सजिएको देवी मन्दिर हो

वारि र पारि अग्ला डाँडाहरु बस्चमा गहिरो गल्छी । माथि पहराको थुम्कीमा माता सुपादेरालीको सुन्दर नेपाली कलाको मन्दिर । कुनामा सन्धिखर्क जाने सडक त्यसमाथि अग्लो पहरो । आउने जाने सवारीसाधनका चालकहरु गाडी रोकेर देवीको दर्शन गर्छन् । दिनहुँ सयौं भक्तजन आएका छन् शनिवार र देवीपूजाका पर्व हजारौंको भीड लाग्छ । अर्घाखाँची, गुल्मी पाल्पा, स्याङजा, पर्वत बागलुङ,रुपन्देही कपिलवस्तु लगायत आसपासका जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरुको ओइरो लागेको छ । छिमेकी देश भारतबाटसमेत दर्शनार्थीहरु आइरहेका छन् । आन्तरिक र बाह्य पर्यटकमाझ प्रसिद्ध तीर्थस्थल । मन्दिर परिसरबाट देखिने प्रकृति,भौगोलिक स्वरुपको अवलोकनका लागि देशविदेशका पर्यटक सुपा देउराली पुग्ने गरेका छन् । यस मन्दिरका नामले पनि देशमा तीर्थ पर्यटक बढिरहेका छन् सुपादेउरालीको प्रसिद्धि परपर पुगेपछि देशका विभिन्न भागबाट बसै रिजर्भ गरेर भक्तजन आउन थालेका छन् । मन्दिरमा प्राप्त भेटीले स्थानीय विद्यालय सञ्चालनमा पनि सहयोग पुगेको स्थानीय कथन छ । मन्दिरको प्रसिद्धिले यस क्षेत्रमा तीर्थपर्यटनमा वृद्धि हुँदा समाजमा पनि उत्साह आएको छ ।

मन्दिरदेखि केही पर पहरामा रहेको मानवआकृतिले समेत सुपादेउरालीको महत्व उजागर गरेको छ । स्थानीय कथन अनुसार धेरै वर्ष पहिले एक जना लाहुरेले विदेश जान हिडेछन् । विदेशी भर्तीमा भएकाले युद्धमा परिने खतरा पनि छँदै थियो । मनको शंका हटाउन लाहुरेले सुपा देउरालीको भर परी देउराली पार गर्ने बेलामा हे देवी विदेशबाट सकुशल फर्कन सकूँ । फर्कँदा तपाईका नाममा सुनको एउटा सिक्री चढाउँला भनी भाकल गरेछन् । विदेशवासपछि फर्कने बेलामा लाहुरेले सुपा देउरालीलाई सम्झेर सुनको सिक्री बनाएर ल्याएछन् । सुपा देउरालीको बाटो गाउँ आउँदै गर्दा लाहुरे देवीथान नजिकै पुग्दा मनमा लोभ पलाएछ । यति धेरै सुन किन चढाउने भन्दै लाहुरे मन्दिर पार गरी जान लाग्दा भाकल बेवास्ता गरेको थाहा पाएर देवीले उसलाई त्यहीँबाट उठाएर मन्दिरमाथिको पहरामा टाँसिदिनुभयो ।

अहिले पहरामा देखिने मानवजस्तो आकृति त्यही लाहुरेको हो भन्ने जनकथन छ । संकल्प गरेको व चिताएको वाचा पूरा नगर्दा प्रकृति पनि प्रतिकूल हुन्छिन् । लोभवशः वस्तुमा आशक्त हुँदा पनि मानव अस्तित्व मात्र भौतिक वस्तुमा टाँसिएर बस्न पुग्छ । लोभ मोह त्यागी उदात्त भावले मनको ताक वा कबूल पूरा गर्नु नै पुरुषार्थ हो भन्ने सन्देश दिन पनि यो कथा सार्थक छ । कथानक सन्देशले पनि सुपा देउराली देवीप्रतिको श्रद्धा र भक्ति बढिरहेको छ । ठूल्ठूला सुपाजस्ता शिलाखण्ड पाइने भएर यस देउरालीलाई सुपा देउराली भनियो कि ? वा सुपा बेच्ने थुम्काका रुपमा देवी मन्दिर परिसर प्रसिद्ध थियो कि खोजीको विषय बन्नसक्छ । गण्डकी प्रदेश र पश्चिम नेपालमा अन्नका दाना केलाउने चोयाको फराक पात्रलाई सुपो भनिन्छ । पूर्वी नेपालमा नाङ्लो भनिने सुपोलाई संस्कृतमा सुर्प भनिन्छ । विशेष गरी गुरुङसमुदायका सदस्यहरु सुपा लिएर बेच्न हिड्ने चलन थियो । आज पनि सुपा देउरालीकै बलेनीबाट सन्धिखर्क जाने आउने सवारी चलेका छन् । यो मार्गसभ्यताले सजिएको देवी मन्दिर हो ।

अर्घा र खाँची जोडेर एउटै राज्य बनाउन सन्धि गरिएको सन्धिखर्क जाने मार्गमा इतिहास सम्झाउने अनेक सम्पदाहरु छन् । सुपादेउरालीका सम्बन्धमा पनि कति प्रसंग प्रकाशित हुन बाँकी होलान् । देवी दर्शनमा जानेहरुले कतै सुपादेउरालीको भक्ति गरुन् । दर्शन गरुन् । कतिले मनोकाँक्षा पूरा भएकोमा प्रसन्नता प्रकट गरुन् । कतिले मनोबलका लागि भाकल गरुन् । कसैले प्रकृतिको अवलोकन गरुन् । कसैले इतिहासको अध्ययन गरुन् । शास्त्रीय अर्थ खोजून् । मन्दिरक्षेत्रको संरक्षणका लागि योजना बनाऊन् । वरपर बस्ने वासिन्दाको जीवनस्तर सुधारमा पनि सोचून् । देशका सम्पदा सबैका हुन् । सबै मिलेर यिनको जय गर्नुछ । जनताको मनमनमा बस्ने मातृशक्तिको सम्मान यथावत् रहोस् । देवदेशो हिमालय देवताको देश भनेर सम्मानित हिमाली शिरको राष्ट्र नेपालमा नारीशक्ति र पुरुषार्थले सदा विजय प्राप्त गरुन् । लोभ अभाव र संकीर्णताले होइन दान,त्याग समर्पण र सम्पूर्णताले यो देश भरिपूर्ण भइरहोस् ।

(भण्डारी जनता टेलिभिजनमा समाचार प्रमुख हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…