Logo माघ ५, २०७७ सोमबार


२०७७ सालमा कुन राशीलाई कस्तो हुन्छ ? हेर्नुस् वषभरीकै अवस्था

मेष– वर्षको शुरुमा व्यवसायमा तनाव आउनेछ । स्थान परिवर्तन गर्नुपर्ने एवं नयाँ कामको थालनी हुनेछ । राजनीतिक एवं सामाजिक क्षेत्रमा जिम्मेवारी मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता कम मिल्नेछ । आर्थिक पक्ष भने राम्रो बन्ने एवं राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ । असार, असोज एव फाल्गुन महिना शुभ हुनेछन् । मंसीरमा स्वास्थ्य बाधा एवं चैतमा धन हानी हुन सक्नेछ । माघ र फाल्गुन महिनामा राजनीति एवं सरकारी लाभ मिल्नेछ । वर्षको अन्त्यतिर भने वैदेशिक काममा सफलता मिल्नेछ एवं जग्गाजमिन सम्बन्धी घरायसी वादविवाद एवं मुद्दामामिलाको सम्भावना रहन्छ ।

वृष– वर्षको शुरुमा आर्थिक समस्या बेहोर्नुपर्नेछ । आफन्तसँग मनमुटाव एव सम्बन्धमा चिसोपना आउनेछ । भदौसम्म स्वास्थ्यमा बाधा एवं चोटपटको योग रहन्छ । भदौपछि भने यात्रा एवं वैदेशिक काममा सफलता मिल्नेछ । धार्मिक काममा खर्च हुने एवं सामाजिक क्षेत्रमा पहिचान स्थापित हुनेछ । सन्तानको सुख मिल्ने एवं आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा भने बाधा आउनेछ । साउन, कार्तिक एवं चैत्र महिनामा सफलता बढी मिल्नेछ । जेठ, भदौ र पुस महिनामा स्वास्थ्य समस्या देखापर्नेछ ।

मिथुन– शुरुका महिना स्वास्थ्य एवं पारिवारिक दृष्टिकोणले कमजोर रहनेछन् । अनावश्यक लाञ्छना लाग्ने एवं परिवारमा द्वन्द आउन सक्नेछ । वर्षभरी नै अढैया शनीदशाले प्रभाव पार्ने हुनाले आर्थिक क्षेत्रमा प्रगति कम हुने देखिन्छ । स्वास्थ्य बाधाले पिरोल्न सक्नेछ । भदौ, मंसिर महिना बढी शुभ रहनेछन् । भदौपछिको समय पारिवारिक रुपमा कमजोर रहनेछ । अनावश्यक खर्च बढ्नाले सञ्चित धनको क्षय हुनेछ । अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ । असोज, माघ महिना कमजोर महिना रहनेछन् । फागुन वैदेशिक फाइदा मिल्नेछ । मिथुन राशीलाई वर्षभरी नै समय मध्यम रहनेछ ।

कर्कट– वर्षको शुरुमा आर्थिक कठिनाइ बढी हुनेछ । स्वास्थ्यमा समस्या एवं धनको हानी बढी हुनेछ । भदौपछि भने आकस्मिक रुपमा आर्थिक प्रगति हुनेछ । प्राविधिक क्षेत्र एवं कृषि क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सन्तान सम्बन्धि चिन्ता भने बढ्ने एवं सन्तानको लागि बढी खर्च हुनेछ । वैवाहिक एवम प्रेम प्रसंगमा भने सफलता मिल्नेछ । अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ । जग्गा जमिन एवं माटो सम्बन्धी व्यवसायबाट आर्थोपार्जन हुनेछ । असोज एवं पुस महिना राजनीतिक एवं सामाजिक पहुँच मिल्नेछ । कार्तिक एवं फागुन महिना स्वास्थ्यको लागि कमजोर हुनेछन् । साउन महिनामा भने पारिवारिक द्वन्द बढ्नेछ । कर्कट राशीको लागि यो वर्ष पारिवारिक र स्वास्थ्यको लागि कमजोर भएतापनि
आर्थिक र राजनीतिक हिसाबले राम्रो हुनेछ ।

सिंह– वर्षको शुरुवातीतिर नयाँ योजना बन्नेछन् । नयाँ क्षेत्रमा लगानी एवं आर्थिक रुपमा फाइदाजनक हुनेछ । सन्ततीको लागि भने चिन्ता बढ्ने एवं शारिरीक रुपमा चोटपटक बढी लाग्ने देखिन्छ । सामान्य झै–झगडा एवं मुद्दामामिलाको योग बन्नेछ । शैक्षिक क्षेत्रमा भने भदौपछि मात्रै प्रगति मिल्नेछ । व्यवसाय एवं बासस्थान परिवर्तन हुनेछ । आफन्तसँग छुट्टिनुपर्ने एवं पारिवारिक द्वन्द बढ्नेछ । असार, कार्तिक एवं माघ महिना बढी फलदायी रहनेछन् । साउन, मंसिर एवं चैत्र महिना स्वास्थ्य र आर्थिक हिसाबले कमजोर रहनेछन् । समग्रमा सिंह राशीको लागि यो वर्ष सन्तानको लागि कमजोर वर्ष रहने, व्यवसाय र वैदेशिक कामको लागि राम्रो ठहरिनेछ ।

कन्या–वर्षको शरुका महिना आर्थिक हिसाबले कमजोर रहनेछन् । घरायसी विवाद बढ्ने एवं जग्गा जमिनमा सम्बन्धी वैमनस्यता आउनेछ । शारिरीक रुपमा स्वास्थ्य समस्या देखिनेछ । बासस्थान परिवर्तन हुने एवं मातापिताको स्वास्थ्यमा समस्या आउनेछ । भदौ पछिको समय तुलनात्मक रुपमा राम्रो हुनेछ । छोराछोरीको प्रगति हुने एवं सन्तानद्वारा आर्थिक सहयोग मिल्नेछ । विद्याध्ययनमा राम्रो प्रगति हुने एवं रोजगारीको अवसर मिल्नेछ । व्यापार व्यवसायमा भदौपछिको समय लाभदायक हुनेछ । साउन, मंसिर र फाल्गुन महिना शुभ रहनेछन् । भदौ र पुस महिना धन र स्वास्थ्यको हिसाबले अशुभ रहनेछन् । समग्रमा कन्या राशीको लागि यो वर्ष पारिवारिक रुपमा कमजोर भएतापनि आम्दानी र शैक्षिक रुपमा प्रबल रहनेछ ।

तुला– वर्षको शुरुमा पारिवारिक सहायताबाट नयाँ काममा लगानी हुनेछ । आर्थिक समस्यामा दाजुभाइको सहयोग मिल्नेछ । बिदेशबाट सहयोग मिल्नेछ । बासस्थान परिवर्तन हुने एवम वैदेशिक यात्राको योग बन्नेछ । यो राशीलाई वर्ष भरी नै अढैया साँढेसाती शनीको प्रभाव रहनेछ । मानसम्मानमा आँच आउने एवं पद, प्रतिष्ठामा धोका हुन सक्नेछ । सामान्य मुद्दामामिला खेप्नुपर्ने एवं शत्रुले दुःख दिनेछन् । अध्ययनमा भने यो वर्ष सफलता कम मिल्नेछ । मानसिक तनाव एवं जिम्मेवारी बढ्नाले पारिवारिक द्वन्द आउनेछ । भदौपछिको समयमा आफन्तमा वैभवता आउने एवं धनसम्पत्तिमा झमेला पर्नेछ् । वादविवाद एवं झैझगडाले आफन्त टाढा हुनेछन् । उद्योग, प्राविधिक, फलाम एवं प्राकृतिक सम्पदाको व्यवसाय गर्नेहरुका लागि भने यो वर्ष राम्रो नै हुनेछ । भदौ, पुस एवं चैत महिना शुभ रहनेछन् ।

वृश्चिक– वर्षको शुरु धनसम्बन्धि चिन्ता थपिनेछ । आफन्तमा वैरभाव हुनसक्ने एवं सम्पत्तिको चोरी एवम हानी हुन सक्नेछ । चोटपटक एवं बाधा आउनेछ । भदौपछिको समय भने वैदेशिक रुपमा बढी सफल हुनेछ । परिवारमा सामान्य झमेला भने आउनेछ । दाजुभाइ एवं नयाँ मित्रहरुको सहयोगले नयाँ व्यवसायको थालनी हुनेछ । अध्ययनमा प्रगति हुने एवं सन्तानबाट व्यवसायमा साथ मिल्नेछ । सवारी साधन, फलाम सम्बन्धी व्यवसायमा सफलता मिल्नेछ । असोज र माघ महिना शुभ रहनेछन् । असार, कार्तिक र फागुन महिनामा आर्थिक एवं स्वास्थ्य सम्बन्धी तनाव बढ्नेछ । समग्रमा वृश्चिक राशीको लागि यो वर्ष व्यवसायको हिसाबले राम्रै रहनेछ ।

धनु– वर्षको सुरुमा पारिवारिक चिन्ता थपिनेछ । भदौ महिना सम्म निजी काममै अलमल रहने तथा व्यवसायको हिसाबले भदौपछिको समय लाभदायक रहनेछ । सामान्य रुपमा खर्च बढी हुने एवं नयाँ ठाउँमा लगानी बढ्नेछ । व्यवसाय परिवर्तन हुने एवं पारिवारिक रुपमा विवाद आउनेछ । यो राशीलाई वर्ष भरी नै अन्त्य साँढेसातीको प्रभाव रहनेछ । व्यापार व्यवसायमा भने प्रगति देखिन थाल्नेछ । कुलकुटुम्ब एवम नातागोताबाट आर्थिक सहयोग मिल्नेछ । बोली बचनले साथ
दिने एवं आफ्नो योग्यता, क्षमताको कदर हुनेछ । कार्तिक र फागुन महिना बढी लाभदायक हुनेछन् । साउन, मंसिर महिना सामान्यतया कमजोर रहनेछन् । शैक्षिक क्षेत्रको लगानीले यो वर्ष राम्रै आम्दानी मिल्नेछ ।

मकर– वर्षको शुरुको समय आर्थिक रुपले कमजोर रहनेछ । व्यवसायमा परिवर्तन आउनाले आर्थिक भार बेहोर्नुपर्नेछ । भदौसम्म चोटपटक एवं स्वास्थ्यमा बाधा आउन सक्नेछ । भदौपछिको समय आकस्मिक लाभ एवं आर्थिक रुपमा बढी सफल भइनेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । शैक्षिक क्षेत्रबाट सन्तुष्टि मिल्नेछ । सामाजिक रुपमा मान सम्मान अवसर आउनेछ । यो राशीलाई वर्ष भरी नै मध्य साँढे साती शनीको प्रभाव रहनेछ । मानसम्मान एवं सामाजिक प्रतिष्ठामा भने होशियार रहनुपर्नेछ । असार, मंसिर एवं चैत्र महिना लाभदायक रहनेछन् । भदौ र पुस महिना धन र प्रतिष्ठाको हिसाबले कमजोर रहनेछन् ।

कुम्भ– वर्षको शुरुवातमा व्यापार व्यवसायमा राम्रै प्रगति हुनेछ । अध्ययन भने खस्किने एवं पढाइमा बढी असफलता मिल्नेछ । सन्तानको स्वास्थ्यमा समस्या आउनेछ । भदौपछिको समय रोजगारीमा परिवर्तन एवम काममा बाधा आउन सक्नेछ । आफ्नै मान्छेको धोकाले लगानीमा तनाव बढ्नेछ । यो राशीलाई वर्षभरी नै आढ्ैया, साँढेसात र शनीको दशा रहनेछ । बढी खर्च हुनसक्ने हुनाले आर्थिक रुपमा सजग हुनुपर्नेछ । अनुत्पादक क्षेत्रमा खर्च गर्नुपर्ने एवं स्वास्थ्यमा बढी धन जानेछ । धार्मिक काममा बढी व्यय हुनेछ । साउन र पुस महिना बढी शुभ रहनेछन् । जेठ, असोज र माघ महिना स्वास्थ्य र पारिवारिक रुपमा कमजोर रहनेछन् । समग्रमा यो वर्ष आम्दानी र खर्च उस्तै उस्तै रहनेछ ।

मीन– वर्षको प्रारम्भमा नयाँ योजनामा लगानी हुनेछ । पुरानो व्यवसायमा परिवर्तन हुने नयाँ काममा लगानी बढ्नेछ । परिवारमा भने सामान्य विवाद बढ्नाले स्थान परिवर्तन हुनेछ । मातापिताको स्वास्थ्यमा बाधा एवं नोकरी रोजगारीमा धक्का आउनेछ । शैक्षिक एवं प्राविधिक क्षेत्रबाट भने राम्रो आम्दानी हुनेछ । भदौपछिको समयमा पारीवारिक सहयोग मिल्ने एवं वैदेशिक कामको योजना बन्नेछ । शैक्षिक क्षेत्रबाट सन्तुष्टि मिल्नेछ एवं सन्तानबाट आर्थिक रुपमा सहयोग पाइनेछ । सन्तानको सुख मिल्ने एवं नयाँ मित्रहरुसँग हातेमालो हुनेछ । आम्दानीको दृष्टिकोणले यो वर्ष राम्रै देखिनेछ । जेठ, भदौ र माघ महिना बढी लाभप्रद हुनेछन् । असार, कार्तिक र फागुनमा भने बढी होशियारी हुनुपर्नेछ । स्वास्थ्य र धन सम्बन्धी चिन्ता बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४,

प्रतिक्रिया दिनुहोस्
विशेष

लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे…

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।