काठमाडौंमा तरकारी किनबेच स्थान तोकियो, कहाँ कहाँ पाइन्छ सागसब्जी ?

काठमाडौं । लकडाउनको बेला उपभोक्तालाई सजिलो र सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले तरकारी किनबेच गर्ने स्थान तोकेको छ । लकडाउनको कारण बजार बन्द हुँदा उपभोक्तालाई तरकारी किन्न समस्या भइरहेको छ । लकडाउन अवधिमा नगरवासीलाई दैनिक उपभोग्य वस्तु किन्न निश्चित समय तोकिएको छ ।

महानगरपालिकाले उपभोग्य वस्तु खरिदको लागि बिहान ४ देखि ८ बजेको समय मात्र तोकेको छ । काठमाडौं उपत्यकाको फलफूल तथा तरकारी किनबेचको मुख्य थलो कालिमाटी हो । अन्य स्थानका तरकारी बिक्री केन्द्र लकडाउनका कारण बन्द छन् । एक ठाउँमा मात्र खुला हुँदा कालिमाटी तरकारी बजारमा उपभोक्ताको भिड लाग्ने गरेको छ ।

महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराएको हो । ‘कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौँ,’ भण्डारीले भन्नुभयो, ‘सबै ठाउँमा सबै खाले फलफुल र तकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौँ ।’ उहाँले यसले कालीमाटी र बल्खुमा हुने भिडभाड कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सकेसम्म बुधबारबाट सुरु हुने पनि बताउनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफुल तथा तरकारी बजारमा कोरोना भाइरस को रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो । त्यसैगरी बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफुल नेपाल भित्रिदा उक्त तरकारी तथा फलफुलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गर्दै भन्सार विन्दुम नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफुल आयतमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीहरुले फलफूल तथा तरकारी भारतबाट आयत गर्न नपठाउने पनि निर्णय गरेको छ ।

त्यस्तै फलफुल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वाभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थ परक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ । कालीमाटी तरकारी बजार तथा बल्खु आउने तरकारीलाई काठमाडौँ महानगरपालिकाले तोकेका विभिन्न स्थानबाट बिक्री गर्न व्यवसायीले व्यवस्था मिलाउने र बिक्री हुने वातावरण निर्माण गर्ने पनि निर्णय भएको छ ।महानगरले कालिमाटीको भिड कम गर्न तरकारी किनबेचको लागि अन्य स्थानमा पनि तोकेको हो । मंगलबारदेखि कलंकी चोक, बाफलचाेक, स्यम्भूचोक, बनस्थलीचोक, गंगबुचोक, बसुन्धराचोक, गोपीकृष्ण हलचोक, तिनकुनेचोक र लैनचोरमा पनि सुरक्षित तरिकारीले तरकारी किनबेचको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्नु भएकाे छ । उहाँले पार्टी भित्र…