प्रधानमन्त्री ज्यू, आफ्नासँग जोगिनुहोस्

'सुखी नेपाली, समृद्ध नेपाल' को सपना पूरा गर्ने समय

प्रधानमन्त्री ज्यू,
समकालीन समयको असाधारण समयमा तपाईंको नेतृत्वमा नेपाल देश र नेपाली जनता अगाडि बढिरहेका छन् । नेतृत्वको परख पनि अफ्ठ्यारो बेलामा नै हुने हो । भूकम्प लगत्तैको अमानवीय नाकाबन्दीको बेलामा तपाईंले देखाउनुभएको स्वाभिमानी नेतृत्व कौशल दुनियाँका सामु जगजाहेर छ । अहिले कोरोना माहामारीको चपेटामा सिङ्गो विश्व र नेपाल राष्ट्रसमेत परेको अवस्थामा अझ जिम्मेवार अझ संवेदनशील र अझ भरपर्दो नेतृत्वको अपेक्षा सिङ्गो पार्टी र आम जनसमुदायले आश गरेका छन् ।

आज भर्खरै मात्र पनि तपाईंले राष्ट्रका नाममा सम्वोदन गर्दा आफू संवेदनशील रहेको  बताउनुभयो । आफूले मिहिनेतपूर्वक इमान्दार प्रयत्न गर्ने कुरा बताउनुभयो । र यस्तो बेलामा राम्रो काम गरिरहेकाहरुको मनोबल नगिराउन पनि अपिल गर्नुभयो । यी सारा कुरामाथि प्रश्न गर्नुपर्ने कुनै कारण छैन । आफ्नाे स्वास्थ्य अवस्थाको प्रतिकुलताका बाबजुत तपाईंले गरिरहनुभएको मिहिनेत र काममा पनि खासै भन्नू केही छैन । तर पिय्र प्रधानमन्त्रीज्यू तपाईंको कष्ट्साध्य मिहिनेत र इमान्दार प्रयत्नका बाबजुत किन परिणाम आशातित छैनन् ?  किन जनतामा ढुक्कको परिस्थिति छैन,  यो सिर्फ हल्ला मात्र हो त ?  विरोधीको कुप्रचार मात्र हो त, प्रधानमन्त्रीज्यू ?  यो लक डाउनमा एकपटक आफ्नै जनतासामुका प्रतिवद्धता र आफ्नै वरिपरिको घेरालाई मसिनो समीक्षा गर्न पनि समय छुट्याउन म हार्दिकतापूर्वक अनुरोध गर्दछु ।

तपाईंको स्वास्थ्य स्थितिको प्रतिकुल्ताका कारण, तपाईंमाथि जनताले र पार्टी कार्यकर्ताले गरेको विश्वासलाई दुरुपयोग त तपाईंको वरिपरिबाट कतै भएको त छैन, प्रधानमन्त्रीज्यू एकपटक सिंहावलोकन त गरौं । हामी सबैलाई थाहा छ बिश्वास आर्जन गर्न जति अफ्ठ्यारो र लामो समय लाग्छ, विश्वास गुम्न र भत्किन केही निमेष पनि कुर्नु पर्दैन । यस्तो बेला झन् चनाखो, झन् एकतावद्ध हुनुपर्छ भन्ने कुरा पार्टी प्रशिक्षणबाट विगतमा यहाँबाट नै थाहा पाएको कुरा म फेरि स्मरण गराउन चाहन्छु ।

बल्ल बल्ल यहाँले जोखिम लिएर गर्नुभएको पार्टी एकतामा आज प्रश्न उठ्दैछ । अर्का अध्यक्षले सत्ता हत्याउन खोजेको भनी एक थरीले भनिरहेका छन् । कतिपयले पुरानै एमाले व्युताउँनुपर्छ भन्दैछन् एकताको काम छैन भन्दैछन् । यसो भन्नेहरुको बहुसंख्या तपाईंको नाम र नजिकमा रहेकाहरुको देखिन्छ भन्छन् बिश्लेषकहरू, के यसै हो त कुरा ? पार्टी एकतालाई खलल पुग्ने कुरा गर्ने बेला हो यो ?  यदि कुनै तलमाथि छ भने पनि आन्तरिक छलफल गरेर विश्वास बढाउनुपर्ने बेला हाेइन र ? यसले आन्दोलनलाई क्षति पुग्दैन ? प्रधानमन्त्री ज्यू पार्टी अध्यक्ष पनि भएकाे नाताले यसमा तपाईं घोत्लिनु आवश्यक छ । अब म निम्न बुँदाहमा तपाईंको ध्यान आकृष्ट गर्न चाहान्छु ।

१. अब जनता खोज्दैछन कहाँ छ्न् प्रधानमन्त्री ? कहाँ छ उहाँले संकल्प गरेको समृद्ध नेपाल ? सुखी नेपालीको सपना ? तपाईं सय वर्ष बाच्नुस्, पार्टीलाई हजार वर्ष बचाउनुस् ।

२. देशभरि जताततै भ्रष्टाचार भएको खबर दिनहुँ समाचार, पत्रपत्रिकामार्फत पढ्न र सुन्न पाइन्छ वाइड बडी, सेक्युरिटी पृन्टिङ्ग प्रेस, फोर जी, अप्टिकल फाइबर, स्वास्थ्य सामग्री खरिद, खानेपानी, मेलम्ची, भौतिक निर्माण लगायतमा भएको अनियमितता एउटा नमुनाको रुपमा मात्र हो।

३. भ्रष्टाचार सहिँदैन र गर्न दिँइदैन भन्ने कुरा दिनहूँ समाचारमा पढ्न र सुन्न पाइयो तर ब्यवहारमा लागू भएन यसलाई अलिकति कार्यान्वयन गर्नुस् ।

४. विश्वभरी कोरोना भाइरसका कारण महामारी फैलिएर आक्रन्त भएको फाइदा उठाउँदै पार्टीभित्र र बाहिरका तपाईंसँग नजिक रहेका व्यवसायी जस्तै अजय शर्मा, ओमनि ग्रुपको नाम आयो, ठेक्का त्यसैले पायो, सरकारलाई आफ्नो प्रभावमा पार्यो र बदनाम गरायो। के यो संयोग मात्र हो ?

५. कतिपय ठूला भ्रष्टाचारहरु तपाईंसँगै बालुवाटार छिरेका सहयोगी र मातहतका मन्त्रीहरुको सन्तानका नाम सार्वजनिक हुनु नै तपाईंको नाक मुनिबाट राज्यको ढुकुटीमाथि लुट मच्चाइ रहेकाे कुरा पुष्टि हुन्छ, यस्तो मान्छेहरुसँग जोगिनुस् ।

६. तपाईंको इक्ष्याशक्तिलाई सम्मान गर्दछु, भर्खरमात्र दोस्रोपल्ट मृगौला प्रत्यारोपण गराएका प्रिय प्रधानमन्त्री इन्फेक्सनबाट जोगिन मानिसबाट टाढा बस्नु र आफ्नै पार्टीका निर्वाचित सांसद, दलका नेता, सचेतक, संसदीय समितिका सभापति लगायतलाई नभेट्नु र सही सूचना तपाइँकहाँ नपुग्नु भ्रष्टाचारको मुख्य कारण रुपमा लिन सकिन्छ ।

७. तपाईको कार्यकालमा शुरु भएको यातायात सेन्टिगेट बिरोधको काम, एनसेलको कर प्रकरण, ३३ किलो सुन काण्ड, दिगम्भर झा नियुक्ति, गुठी विधेक फिर्ता सफल नहुनुको कारण बालुवाटारभित्र रहेको व्यक्तिले उपयुक्त सूचना नदिनु बिचौलिया र दलाल पूँजिवादीहरु हावि भएको संकेत हो।

८. तपाइँ हामीले निर्माण गरेको पार्टीमा एक से एक पार्टी हाक्ने नेता, वरिस्ठ नेता, पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ जसले विगतमा सफलतापूर्वक यो देशलाई यहाँसम्म ल्याउनुभएको छ र अब फेरि पनि सही दिशामा लगेर आम नागरिकलाई शान्ति, सुशासनसहित तपाईले संकल्प गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्ने समय आएको छ।

यो कुरा पार्टीको दीर्घजीवन, आन्दोलनको दीर्घजीवन र यो बेलाको सदुपयोग गरी यहाँको जीवन पुस्तौँपुस्ताका लागि आदर्श र अनुकरणको विषय बनोस् भन्नका लागि यहाँ उठाएको हुँ । कुनै आग्रह पूर्वाग्रह छैन तर पृय प्रधानमन्त्री ज्यू यी विषय र यहाँका सपना घोषणा पूरा गर्न एकपटक बालुवाटार र सिंहदरवारमा यहाँले जिम्मा दिनुभएका आफ्नाहरुको काम नियाल्नुहोस्, त्यहाँ दिनदिन र छिनछिनमा चक्कर काट्नेहरुको नियत नियाल्नुहोस् । मलाई लाग्छ तपाईंको सपनाको बाधाहरु त्यतै कतै टाँसिएको अवश्य देखिन्छन् । यही लकडाउनमा जनता र कार्यकर्ताले यहाँको अपिललाई सहयोग गर्छन्, तपाईंले पनि यही लकडाउन अवधिमा आफैभित्रका ऐजेरुहरुको उचित निदान गरी नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिष्ट आन्दोलनको भविष्यलाई सहयोग गर्नुहोला ।

(लेखक युवा संघ नेपालका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…