स्वास्थ्यकर्मी झन् चाहिने बेला महाेत्तरीकाे अस्पतालबाट निकालिए ३५ कर्मचारी (भिडियाेसहित)

नवीन प्रियदर्शी
महोत्तरी  । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने प्रयत्न गरिरहेको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठताले मात्र कोरोना पराजित हुने उल्लेख गर्नुभएको छ ।

‘अबको लडाईको जित तपाईहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ’ प्रधानमन्त्रीले भन्नुभएको छ । ‘ तपाईहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ ।’

सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी मनोबल बढाउने प्रयत्न गरिहेको बेला महोत्तरीमा भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी निकालिएको छ । जलेश्वर अस्पतालमा कार्यरत ३५ जना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाइएको हो ।

कर्मचारीलाई जलेश्वर अस्पताल व्यवस्थापन समितिले हटाएको हो । संकटको बेला बिना पारिश्रमिकको सेवा दिन तयार हुँदाहुँदै पनि आफूहरुहटाएको कर्मचारी गुनासो छ ।  अस्पताल व्यवस्थापन समितिका सुरेस पाण्डेले भने अस्तालको आयस्रोत नहुँदा तलब दिन नसक्ने अवस्था आएपछि कर्मचारी हटाउन बाध्य भएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…