सरकारले चालेकाे कदम प्रभावकारी बनाउने नेकपाकाे निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले चालेकाे  कदम प्रभावकारी बनाउने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकले काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णय र अहिलेसम्म चालेका कदम प्रभावकारी ढंंगले कार्यान्वयन गर्ने निर्णय गरेको हाे ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार तथा राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिको बारेमा विस्तृृृत रूपमा जानकारी गराउनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं काेराेना भाइरस राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय  समितिका संयोजक ईश्वर पोखरेलले कोरोना संक्रमण समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामको विस्तृत जानकारी गराउनुभएको थियोे ।

प्रवक्ता श्रेष्ठका अनुसार  बैठकमा सचिवालयका सबै सदस्यले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको बताउँँदै त्यसलाई अझै प्रभाकारी रूपमा अघि बढाउन आवश्यक सुझाव दिनुभएको छ । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि जोड दिनुभयो, श्रेष्ठले बैठकपछि भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…