स्वास्थ्यकर्मीलाई तलब बराबर नै प्रोत्साहन भत्ता

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भएको छ । कोभिड–१९ को सन्त्रासले मानव जीवनलाई त्रसित बनाइरहेको बेला यसबिरुद्ध अग्रभागमा रहेर काममा खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले तलब बराबर नै प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो ।  पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङ्बोका अनुसार काममा खटिएका स्वास्थ्यकर्मीका सहयोगी कार्यकर्तालाई पनि ७५ प्रतिशत प्रोत्साहन भत्ता दिइने छ । कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट स्वास्थ्यकर्मी र सहयोगीलाई उक्त प्रोत्साहन रकम दिने निर्णय गरिएको अध्यक्ष मेन्याङ्बोले जानकारी दिनुभयो ।

कार्यपालिकाको बैठकले पालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति समेत चयन गरेको र गठित समितिले आफ्नो जिम्मेवारीअनुसार कार्ययोजना बनाएर काम गर्ने गाउँपालिकाले जनाएको छ । अध्यक्ष मेन्याङ्बोकै संयोजकत्वमा बनेको समितिले बनाएको कार्ययोजनाअनुसार काममा खट्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिइने छ । स्वास्थ्यकर्मीलाई दिइने भत्ता लगायत कोरोना रोकथाम तथा नियन्त्रणका सबैखाले क्रियाकलापमा खर्च गर्नेगरी गाउँपालिकाले करिव १६ लाख रुपियाँको कोष पनि स्थापना गरेको छ ।

गाउँपालिकाका सबै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधाबापतको रकम तीन लाख ७८ हजार २०० रुपियाँ, बिपद् व्यवस्थापन कोषको सात लाख र आकस्मिक कोषको पाँच लाख गरी कूल १५ लाख ७८ हजार २०० रुपियाँको कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष गाउँपालिकाले खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…