परिकार अनेक, पोषिलो मकैलाई कम आक्ने काे ?

रुखोसुखो जमिनमा सजिलै उत्पादन

मकैको महत्व सानो भए सुनैसुनले देश सजाउने लंकापति रावणले किन मन पराउँथे र ? उनले मकैमा नै सबै अन्नको सिर्जना गर्ने प्रयास गरेका थिए । उनले मकैको एउटै बोट मात्र होइन उखुलेझैं गाँज हाल्ने बनाउन खोजेका थिए । मकैको बोटमा घोंगा,डाँठमा उखुको रस र धानचमरमा धान फलाउने तयारी गरेका थिए तर युद्धले त्यो पूरा गर्न दिएन । आज वनस्पत्तिविज्ञहरु यसतर्फ लागेका छैनन् उल्टै वर्णसंकर मकै निकालेर रैथाने बिउ स्वाहा पार्दैछन् । चपाउन नसकिने दाह्रे मकै निकाल्दै छन् । न स्वाद छ न पोषण । अझ बेसिजनमा लगाइने मकैको स्वाद त बासी जस्तो । पहिलको रैथाने मकै कुनै सेता भातै खान हुने, कुनै राता भुटेर खान हुने,कुनै मुरली मकै फुलैफुल फुट्ने,कुनै जुँगे मकै रुखोपाखामा हुने, कुनै लेकाली मकै ढिलो पाक्ने तर गुलियो हुने । काँचै कोपरेर खाए आमाको दूधजस्तै पोषिलो । भदौतिरका ठेट्ना मकै भुटेर अलिकति घिउ मलेपछि मोहीसित खाँदा ५ घान मकै भ्याएको पत्तो नहुने कति मिठो पेटलाई कति फाइदा, धेरै नेपालीको पेट यस्तै मकै स्वस्थ राखेको हो । दाँत बलियो बनाएको हो । आँत दर्भिलो बनाएको हो ।

मकै खेतबारी, भीरपाखा, खोरिया, ल्होसेपोसे जता पनि फल्ने सजिलो बाली । खडेरी पनि खप्ने, असिनापात पनि सहने सहज खेती । खडेरीले नखाएको मकै र दुःख नव्यहोरेको छोरा बलियो हुँदैन भनिन्छ । मकैको खेती मुस्ताङदेखि मधेससम्म मौलाएको देख्न पाइन्छ । कमलामाई माडी,चितवनमाडीको मकै बाह्रैमास पोलेर खान पाइन्छ । मकै मूलतः पहाडी बाली भएर पनि यसको खेती धेरैतिर विस्तारित छ । मकैको महिमाले मुलुक ढाकेको छ ।

फागुन चैत लागेपछि मुलुकमा मकै छर्न थालिन्छ । बाँझो जोतेर धुलो पारिएको माटोमा गोठको मल हाली खेतबारी चस्याएर राखिन्छ । त्यसको साता दिन जतिमा खेतबारीमा भरर्र मकै छरिन्छ । मकै कतै हलाको सियोमा छरिन्छ कतै छरेपछि ट्रयाक्टरले जोतेर पुरिन्छ । मकैका लागि धेरै चिसो र हिलो माटो राम्रो हुँदैन आद्र्रता भएको वा ओसिलो धुलौटे माटामा मकैका बेर्ना बुरर्र निस्कन्छन् । बेर्ना ६ –७ इञ्चका भएपछि नराम्रालाई हटाई छाटेर पातलो पार्नुपर्छ । मकै छरेको २०–२२ दिनमा ५–६पाते मकैका बिरुवा खनेर गोडमेल गरिन्छ । अनि बिरुवा बोटमा परिणत हुन्छन् । पात लामा हुँदै जान्छन् । फेंदमा माथिमाथिसम्म जरा पलाउँछन् । यी जरामा र र्यालजस्तै लेतो लाग्छ । माथि बोटले सुत्ला हाल्न थाल्छन् । टुप्पामा धानचमरा निस्कन्छ । यसबाट झरेको धूलो वा पराग सुत्लाको जुँगामा परेपछि मकैका घोंगामा दाना लाग्न थाल्छन् । घाेंगा मोटा मोटा भएपछि छामेर हेर्दा दाना छिप्पिएको थाहा हुन्छ । अब मकै तयार हुँदैछ कलिलैमा पोलेर खाए पनि भो । पाकेपछि भाँचेर झुत्ती बनाई झुण्डयाएर राखे पनि भो । सुली बनाएर सजाए पनि भो । चाहिएको बेलामा झिकेर नङ्ग्याउने छोडाउने गरेर भुटे पनि भो । पिसेर आटो च्याख्ला पकाएर खाए पनि भो,रोटी खाए पनि भो । सातु बनाए पनि भो । दानै उसिनेर खाए पनि भो । पर्वमा दाना रंग्याएर माला बनाए पनि भो । गाईवस्तुलाई दाना कुँडो पकाएर खुवाए पनि भो,शहरमा लगेर पपकर्न बनाए पनि भो । होटलमा काँचै कमलोमकै सजाए पनि भो । मकै बहुगुणी अन्न । रुखोसुखो जमिनमा सजिलै उत्पादन ।

बहुपोषिलो र उपयोगी हुँदाहुँदै कोदोलाई कतिलाई कतिले कुअन्न भन्छन् । फापरलाई पनि हेलै गर्छन् तर मकै पाखैमा उम्रिए पनि काखैमा बसेको छ । सद्बीज छर्दा पनि सुहाएको छ जमरा बनेर सिरमा पनि चढेकै छ । मकैलाई कम आक्ने को ?

हुने दुःखीदाखी,सौखिन सबैको खान्की बन्ने मकै कहीँ वर्जित छैन वहिष्कृत छैन । सर्वत्र स्वीकृत । भगवती अन्नपूर्णाको वरदान । बहुपोषिलो र उपयोगी हुँदाहुँदै कोदोलाई कतिलाई कतिले कुअन्न भन्छन् ।फापरलाई पनि हेलै गर्छन् तर मकै पाखैमा उम्रिए पनि काखैमा बसेको छ । सद्बीज छर्दा पनि सुहाएको छ जमरा बनेर सिरमा पनि चढेकै छ । मकैलाई कम आक्ने को ?

मकै महत्वपूर्ण खाद्यान्न बाली । यो सबैभन्दा ठूलो दाना हुने अन्न । विकासवादीको व्याख्याविधि अनुसार पछिल्लो रुप सबैभन्दा विकसित हुने गर्छ । बाँदरबाट मान्छे बनेको व्याख्याले मानवजातिलाई माथिल्लो तहमा राखेको उसको तर्क छ । अन्नको विकासक्रममा पनि कोदो, कागुनो, चिनो, फापर ,धान, जौ, जुनेलो हुँदै मकै बनेको अनुमान गर्न सकिन्छ । ठूलो आकारलाई विकसित रुप मान्ने हो भने मकैलाई महान् भन्नुपर्ने हुन्छ । अन्नप्रदेशमा मकै मुख्यमन्त्री नै हो ।अन्नबालीको बोट हेर्दा पनि यो सबैभन्दा अग्लो र बडो पनि । दुई बोटकाबीच पिङै हालेर खेल्न मिल्ने । पात त झन मान्छेका हातभन्दा लामा । दानी, भाग्यमानीका पाखुराजस्ता । बोटमा माथि फर्केका घोंगा क्षेप्यास्त्रजस्ता । यसका जुँगा चंखेजखाँ कूब्लाखाँका भन्दा रवाफिला, डाँठ पनि राजदण्ड जस्तो, टुप्पाको धानचमर श्रीपेचजस्तो, मकैभन्दा माथि के पो छ र ?

मकैको महत्व सानो भए सुनैसुनले देश सजाउने लंकापति रावणले किन मन पराउँथे र ? उनले मकैमा नै सबै अन्नको सिर्जना गर्ने प्रयास गरेका थिए । उनले मकैको एउटै बोट मात्र होइन उखुलेझैं गाँज हाल्ने बनाउन खोजेका थिए । मकैको बोटमा घोंगा,डाँठमा उखुको रस र धानचमरमा धान फलाउने तयारी गरेका थिए तर युद्धले त्यो पूरा गर्न दिएन । आज वनस्पत्तिविज्ञहरु यसतर्फ लागेका छैनन् उल्टै वर्णसंकर मकै निकालेर रैथाने बिउ स्वाहा पार्दैछन् । चपाउन नसकिने दाह्रे मकै निकाल्दै छन् । न स्वाद छ न पोषण । अझ बेसिजनमा लगाइने मकैको स्वाद त बासी जस्तो । पहिलको रैथाने मकै कुनै सेता भातै खान हुने, कुनै राता भुटेर खान हुने,कुनै मुरली मकै फुलैफुल फुट्ने,कुनै जुँगे मकै रुखोपाखामा हुने, कुनै लेकाली मकै ढिलो पाक्ने तर गुलियो हुने । काँचै कोपरेर खाए आमाको दूधजस्तै पोषिलो । भदौतिरका ठेट्ना मकै भुटेर अलिकति घिउ मलेपछि मोहीसित खाँदा ५ घान मकै भ्याएको पत्तो नहुने कति मिठो पेटलाई कति फाइदा, धेरै नेपालीको पेट यस्तै मकै स्वस्थ राखेको हो । दाँत बलियो बनाएको हो । आँत दर्भिलो बनाएको हो ।

मकैका खोइला आगो सल्काउन हुने,लोकल रक्सीको बोतलमा बुझो लगाउन हुने, डुंग्राको बिर्को हुने, धागो बेर्ने डण्डा हुने, जीउ कन्याउन मिल्ने डाँठबाट इन्धनको काम हुने, जाडामा डोढको भुल्ली बाल्न हुने, अँधयारामा डोढबालेर पारि गाउँमा स्वस्थानी जान हुने, तरकारीबारमिा बार हुने, गोठमा फरिको बन्ने टेक्न हुने केही आए छेक्न हुने, कतै अस्थायी घरको भित्ता हुने यसका कुनै अंश खेर जाँदैनन् । मकै र हाम्रो जिन्दगी आपसमा जोडिएको छ । संस्कृतको मर्कटान्नं नेपालीमा सजिलरी मकै बनेर आएको छ

मकैको महिमा मानवभोजनमा मात्र छैन । पोके मकैको घाेंगा अपचमा दबाइ हुन्छ । पशुपालनमा मकै सहयोगी छ । मकैका कलिला बोट,पात ढोड,खोस्टा,डाँठ गाईवस्तुको प्यारो घाँसपात । जोत्ने गोरुलाई हरिया मकै दिनुहोस् फिँज काढेर खान्छन् चिल्ला हुने गरी मोटाउँछन् । बलिया हुन्छन् । मकैका दाना भनेपछि बाख्राभेंडा घोडाखच्चर हुरुक्कै,कागदेखि चरामुसा दुम्सी मकैमै धुरिन्छन् । मकै देखेपछि बाँदरले मरिहत्ते नै गर्छ । मकै मन नपर्ने दुनियामा को छ र के छ र ?

मकैमा गीत पनि छ,साहित्य पनि छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचनामा गायक रत्न दासले गाएको गीतले भनेको छ स् झमझम पानी प¥यो असारको रात बारीबाट बज्नथाले मकैका पात…सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक लेखेर जनतालाई मकैखेती सिकाउँदा तत्कालीन शासक तर्सिए । धानचमरलाई श्रीपेच,जुँगालाई दाह्रीजुँगा, पातलाई हात चित्रण गरेको मानी यो त हामीलाई व्यंग्य गरको हो कि भनेर राणा शासकले यस्तो किताब लेख्ने भनेर उनलाई पक्राउ गरी जेलमा हालेर मकैकै ठेट्ना, खोले, आटो पिठो ख्वाएर सजायँ दिए । जेलमै जीवन सडाए । यो घटना मकैपर्वका नामले प्रसिद्ध छ । मकै हाम्रो इतिहास पनि बनेको छ ।

मकैका खोइला आगो सल्काउन हुने,लोकल रक्सीको बोतलमा बुझो लगाउन हुने, डुंग्राको बिर्को हुने, धागो बेर्ने डण्डा हुने, जीउ कन्याउन मिल्ने डाँठबाट इन्धनको काम हुने, जाडामा डोढको भुल्ली बाल्न हुने, अँधयारामा डोढबालेर पारि गाउँमा स्वस्थानी जान हुने, तरकारीबारमिा बार हुने, गोठमा फरिको बन्ने टेक्न हुने केही आए छेक्न हुने, कतै अस्थायी घरको भित्ता हुने यसका कुनै अंश खेर जाँदैनन् । मकै र हाम्रो जिन्दगी आपसमा जोडिएको छ । संस्कृतको मर्कटान्नं नेपालीमा सजिलरी मकै बनेर आएको छ । यो बाली सजिलै सिँचाइ नहुने पर्वतीय पाखामा राम्ररी फल्छ । भीरकन्दरामा बस्ने नेपालीको आधार बाली बनेको छ । राज्यले नहेरोस् तर बेलामा वर्षा भई मकै फल्यो भने कसैको आस गर्नु परेन भीरमा बसेका जनताको जीवनभरोसा । कतिले मकै पोलेर बेची गुजारा गरेका छन् । बसभित्रै डुलाएर दुई पैसा कमाएका छन् ।

फेरि यो अरुलाई नसहने धानजस्तो बाली पनि होइन । एउटै वादमा मात्र बेरिने अरुलाई पर्न नदिने व्यक्ति जस्तो पनि होइन । मकैको बोटमा मकै बोडी प्रेमिकाझै जेलिएर लहरिएको छ । उता भेंडरी रामतोरिया सनपाट,सँगै ठडिएको छ । तल गाभा,गहत,फर्सी,लहरिएको छ । मिश्रित बालीको पिता नै मकै हो । मकै आफू अग्लो भए पनि अरु सबैलाई अवसर दिएर कसैलाई नडसेर बढ्ने हुर्कने अवसर दिएको छ । यो पो उदार मन,समावेशी चरित्र । अग्लाहरुमा नै माथिल्लो मति हुन्छ । ठूला बोटहरुले नै माथिको ऊर्जा ओरालेर अरुलाई बाँडदिन्छन्,आड दिन्छन् । आधार दिन्छन् । एक तहरो वर्षा छेक्ने रुखजस्तै सुखदायक छ मकैको बोट अन्य बालीका लागि । मकै सामान्य बोट हो, छ महिने बाली तर यसको चरित्र शिक्षाप्रद छ । हेर्नलायक छ । मठमन्दिर मात्र दर्शनीय छैनन् बोटबिरुवा पनि दर्शनीय छन् । देवता समान देनका दाता छन् । एक दाना छरेर हजार हुने मकैमा देवत्व देख्नुछ । कसले दियो अन्नको अनन्त वैभव,लोकमा कसले ओराल्यो, यही मकैले ल्यायो । यसमा त अन्नपूर्णाको हात देख्नुछ । अन्नब्रह्मको आगमन देख्नुछ । (भण्डारी जनता टेलिभिजनमा समाचार प्रमुख हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…