सांसद घलेद्वारा १ करोड २५ लाखको सेनिटाइजर सहयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य कर्मा घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १० हजार लिटर सेनिटाइजर सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका सांसद घलेले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई शुक्रबार सेनिटाइजर हस्तान्तरण गर्नुभयो ।
प्रतिनिधिसभामा हिमाल पारिको जिल्ला मनाङबाट प्रतिनिधित्व गर्नुहुर्ने घलेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा संलग्न कर्मचारीहरुको प्रयोजनकाे लागि सेनिटाइजर उपलब्ध गराउनुभएको हो ।
सांसद घललेले संघीय सरकारलाई ५ हजार लिटर र सातै प्रदेशका लागि एक हजार लिटरका दरले प्रयोग गर्ने गरी आफूले १० हजार लिटर सेनिटाजर दिएको जानकारी गराउनुभएको छ । उल्लेखित सेनिटाजर एक करोड २५ लाख रुपैयाँ बराबरको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।