Logo माघ ५, २०७७ सोमबार


छोरा नभएको बेला ढोकामा चुक्कुल लगाएर ससुराद्वारा बुहारीमाथि बञ्चरो प्रहार

रूपन्देही। कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।

 बिहीबार घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासी हानेको बञ्चराबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्यावस्था गम्भीर रहेको बताइएको छ ।

लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए ।

पौडेलले बुहारीमाथि पटकपटक दुर्व्यवहार गर्दै आएको छिमेकी बताउँछन् । ‘लीलाका श्रीमान(छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्चरोले हिर्काएछन्’ छिमेकी पुष्प शर्माले भन्नुभयो ‘हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन् । हतारहतार अस्पताल पु¥यायौँ, अहिलेसम्म होश आएको छैन”, छिमेकी पुष्प शर्माले भन्नुभयो ।

घटनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गर्नुभएको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो । ‘पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे…

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।