‘नागरिककाे जीवन रक्षाका लागि ‘लकडाउन’ धेरै लम्बिन सक्छ’

सरकारले जनताकै जीवन रक्षाका लागि काम गर्छ

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेपालमा कोरोना संक्रमण हुन नदिनका लागि सरकार दृढताका साथ काम गरिरहेको बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम जनसंवादमा प्रस्तोता दीपक पाण्डेसँग कुरा गर्दै थापाले नागरिकप्रतिको जिम्मेबारी, अत्यावस्यक आवश्यकताका आपूर्ति गर्न, नागरिकको सुरक्षाको प्रबन्ध गर्न तथा नागरिकप्रतिको जवाफदेहिता पूरा गर्न सरकार जिम्मेबार भएर लागि परेको बताउनुभएको छ ।

‘चिकित्सकको अग्रमोर्चामा रहेर कोरोना भाइरसको संक्रमण हुन नदिने कार्यमा हामी सक्षम हुन्छौं’, उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले सार्वजनिक गर्नुभएको राहतका प्याकेज पीडितसमक्ष पुर्याउन सरकार लागिपरेको छ ।’

जनताले भरोसा गरेको सरकार भएकाले जनताकै जीवन रक्षाका लागि सरकारले काम गर्छ भन्नुहुँदै थापाले नागरिकका जीवन रक्षाका लागि लकडाउन धेरै लम्बिन पनि सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…