बाग्लुङबाट नातिको विवाहमा लण्डन गएका केसीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । बाग्लुङबाट नातिको विवाहका लागि बेलायत पुगेका कर्णबहादुर केसीको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमतीसहित बेलायत पुगेका केसीको गत बुधबार अप्रिल ८ तारिखका दिन निधन भएको हो।

खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चलेपछि केसीलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो ।

१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार भएन । केसीको कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिएको  जनाइएकाे छ ।

केसी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…