बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दुई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्मान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।
अपरह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएको बेला बाघले आक्रमण गरेको बताउनुभयो । दुबैजनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि बुटवल पठाइएको नेपालले बताउनुभयो