Logo माघ ५, २०७७ सोमबार


कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख नजिक

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको संख्या एक लाख नजिक पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। हप्किन्सका अनुसार विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको संख्या १६ लाख नाघेको छ। उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्। त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि अमेरिकामा १६ हजार ७०३ जना व्यक्तिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाएका छन्।

तर संक्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ६० हजारभन्दा बढी व्यक्तिमा संक्रमण भएको पाइएको छ। तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्।त्यहाँ कोरोना भाइरसबाट संक्रमित मानिसहरूको संख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा सङ्क्रमण भएको पाइएको छ। मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब आठ हजार मानिसको मृत्यु भएको छ। सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या करिब ६६ हजार छ।

भारतमा सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब सात हजार छ भने २२९ जनाको मृत्यु भएको छ। द नेदरल्यान्ड्सका अधिकारीहरूले कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या सोचेभन्दा दुई गुणाले बढी हुन सक्ने बताएका छन्।एप्रिल महिनाको पहिलो सात दिनमा एउटा औसत हप्ताको भन्दा दुई हजार बढी मानिसको ज्यान गएको तथ्याङ्कले देखाउँछ। ती सबै मृत्यु कोरोनाभाइरस महामारीकै कारणले भएको हुन सक्छ। त्यो सङ्ख्या अभिलेख गरिएको कोभिड(१९ बाट मृत्यु हुनेहरूको सङ्ख्याभन्दा दुई गुणाले बढी हो। बीबीसी

प्रतिक्रिया दिनुहोस्
विशेष

लाेकतन्त्रकाे चिर हरण भएकाे बेलामा कांग्रेस चुप लागेर बस्न नहुँने बताउँदै वरिष्ठ नेता पाैडेलले संविधान जाेगाएर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएकाे…

काठमाडौं । संसद् विघटन गर्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ‘संसदीय दलबाट असहयोग भएकाले बाध्य भएर प्रतिनिधिसभा विघटन…

काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले…

मेष– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ । वृष– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।