नवजात शिशुको नाम नै ‘लकडाउन’ राखियो

काठमाडौं । भारतमा गत महिनाको मार्च २५ देखि २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरस ‘कोभिड १९’ को त्राससँगै त्यहाँ लकडाउन गरिएको हो। लकडाउनको घोषणापछि भारत पुरै ठप्प छ। सवारी साधन, अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा, उद्योग, कारखाना सबै बन्द छन्। यसबीचमा हालै उत्तर प्रदेशको लखनउमा एक शिशुको जन्म भयो। लकडाउनको समयमा जन्मिएका ती शिशुको नाम पनि ‘लकडाउन’ राखिएको छ।

लकडाउन निरालाको जन्म भएको मात्र ५ दिनभयो, तर उनी भारतभर चर्चित बनिसकेका छन्। छोरा लकडाउनको चर्चा भारतभर हुँदा पिता पवन निराला पनि निकै खुशी छन्। उनका अनुसार छोरा लकडाउन जन्मदा ३।५ केजीका थिए। उनी स्वस्थ छन्। छोराका कारण आफू पनि चर्चामा आएको पवन बताउँछन्। लकडाउन निरालाको यतिबेला भारतको टिभी र पत्रिकामा अत्यधिक चर्चा भइरहेको छ। टाइम्स अफ इन्डियाबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ। वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ । मिथुन– कामको प्रशंसा…

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…