काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् ।
पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २ हजार ६ सय ६७ काे पुगेकाे छ ।
विश्वभरमा १६ लाख ९७ हजार ३ सय ५६ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ३ लाख ७६ हजार एक सय ६ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १४ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विगत २४ घण्टामा मात्रै काेराेनाबाट ९३ हजार ६ सय ६२ जना संक्रमित भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।
कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख १ हजार ८ सय ८१ जना संक्रमित भएका छन् । त्यस्तै १८ हजार ६ सय ९९ जनाको संक्रमणबाट ज्यान गएको छ भने २७ हजार ३ सय १६ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १० हजार ९ सय १ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएकाे छ ।
अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १८ हजार ८ सय ४९९ पुगेको छ भने ३० हजार ४ सय ४५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ४ सय ९७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनमा ८१ हजार ९ सय ७ जनामा संक्रमण देखिएकाेमा ७७ हजार ४ सय ५५ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाएकाे चीनमा १ सय ४४ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ ।