Logo मंसिर ११, २०७७ बिहीबार


टाढैबाट हेरेर

कथा

सानो बाबु खेल्दै–खेल्दै पल्लो घरमा गएछ । त्यो घरको भाइ भर्खर दुबईबाट आएको थियो । यसलाई चकलेट खान दिएको थियो रे !  हुन त माया गरेर दिएको होला । के गर्नु, बर्बाद भयो । कलीजुगमा सबै मान्छे आफैँआफैँ लडेर खरानी हुन्छन् भन्थे बूढा– पाकाहरु,  हो कि क्या हो ? वार्डमा पुग्दा त्यहाँ त अर्कै बच्चा राखिएको थियो । हरि र अस्मिताले चिच्याए ‘हाम्रो बच्चा खाेइ ?’ आमा र बाबुका आँखाबाट आँशु झरिरहेका थिए । 

‘बाबा ! भाइलाई कैले ल्याउने अस्पतालबाट ?’ रामुले मायालु स्वरमा आफनाे बाबुलाई सोध्यो ।

‘खै बाबु, डाक्टरले र्यालको रिपोर्ट आएपछि भोलि निधो दिन्छौ भनेका छन् । हेरौं कतिदिन लाग्छ ।” बाउले खुइय सुस्केरा हाल्दै जवाफ फर्काए ।” आमाका आँखा रसाइरहेका थिए । अवोध बालक रामुले केही कुरा बुझिरहेको थिएन ।

रामुले फेरि सोध्यो ‘बाबा उसलाई ज्वरो मात्रै आएको त हो नी किन अस्पतालमा राखेको ?’

‘बाबु, भोलि फेरि डाक्टरलाई सोधेर भनौँला है । अहिले तिमी घरभित्रै बस ।’ बाले छोरालाई सम्झाउँदै भने ।

‘बाबा, मलाई दिक्क लागिसक्यो । खेल्ने साथी पनि छैनन् । खालि ‘भित्रै बस’ मात्र भन्नुहुन्छ । त्यै एउटा भाइ थियो खेल्ने साथी, उ पनि अस्पतालमा छ !’ रामुले झर्कंदै भन्योे । बाबुले नसुनेजस्तै गरे ।

रामुकी आमाले खाना बनाउने तयारी गर्दै थिइन् । घरको कौसीमा बसेर चिया पिउँदै गरेका बाबुले चिच्याउँदै आमालाई बोलाए, ‘अस्मिता, ए अस्मिता ! पख–पख । तरकारीलाई पोटास पानीमा भिजाएर मात्रै पकाउनु पर्छ । म त्यसलाई बनाउँछु अनि मात्र पकाउने तयारी गरौँला ।’

एकै छिनपछि बाबुले तरकारीलाई पकाउन लायक बनाएर आमालाई दिँदै भने, ‘लौ फेरि राम्ररी धोएर मात्र पकाउ है ! पसलबाट तरकारी ल्याएको प्लास्टिकको झोलामा पनि कोरोना भाइरस हुन सक्छ रे । त्यसैले पसलबाट ल्याएको झोला पनि राम्ररी पखालेर अथवा सानीटाइजरले पुछेर मात्रै तरकारी झिक्नुपर्छ । तरकारी झिक्दा हातमा पञ्जा लगाएको हुनुपर्छ । अव हामीले बिशेष सावधानी अपनाउनुपर्छ ।’

‘बच्चा–बच्ची र बूढाबूढीहरुलाई कोरोना भाइरसले बढी दुःख दिन्छ रे । बच्चालाई शंका लागेर त अस्पतालले उहीँ राख्यो नी ! अव उसलाई बँचाएर हामी पनि बाँच्नु छ ।’ कौसीमा राखेका गमलामा पानी हाल्दै रामुका बाबाले भने ।

‘हाम्रो शरीरमा यदि प्रतिरोधात्मक क्षमता बलियो छ भने यस रोगले धेरै गलाउन सक्दैन, यसबाट बच्न सकिन्छ भन्छन् डाक्टरहरु । त्यसैले सबैले सावधानी अपनाउनै पर्यो नि, हैन त हरि दाइ ?’ पल्लो घरको छतबाट रामुका बाबातिर हेर्दै प्रकाश शर्माले भने ।

‘ओहो, प्रकाश भाइ, मैले त तपाईंलाई ख्यालै नगरेको ! आफ्नै सुरमा काम गरिरहेको थिएँ । घरमा सबैजना आरामै हुनुहुन्छ नि ? घरको वरिपरि पुरै सफा सुग्घर गरौँ । सबैले पटक–पटक साबुन पानीले हात धुने गरौँ । घरमा भएसम्मको पोषिलो खाना खाऔँ ।’

चाइनापछि कोरोनाले इटालीमा धेरै मानिसको ज्यान लियो । अहिले यो रोग अमेरिका पस्यो । अमेरिका त्राहिमाम भएको छ । विकसित देश भनेर के गर्नु ? यसको औषधि अझै बनाउन कसैले सकेका छैनन् । यसबाट बँच्ने सबैभन्दा राम्रो उपाय आफ्नो घरको बास नै हो । कोरोना भएपनि बच्चालाई निको हुन्छ । बरु तपाइहरु कसैको सम्पर्कमा नआउनुहोस् जोखिम त तपाईँहरुलाई हुन्छ । ज्वरो आयो वा रुघाखोकी लागेमा तुरुन्तै अस्पताल आउनु होला । अहिले घरमै आइसोलेसनमा बस्नुहोस् 

रामुले आफ्ना बाबु र पल्लो घरका प्रकाश काकाको बीचमा भएका कुराकानीे सुनिरहेको थियो । गमलामा पानी राखिसकेर रामुको बाबुले भित्र पस्दै गर्दा छोरालाई सोधे, “तिमीले समाचार सुन्यौ त बाबु ?’

‘चाइनापछि कोरोनाले इटलीमा धेरै मानिसको ज्यान लियो । अहिले यो रोग अमेरिका पस्यो । अमेरिका त्राहिमाम् भएको छ । विकसित देश भनेर के गर्नु ? यसको औषधि अझै बनाउन कसैले सकेका छैनन् । यसबाट बँच्ने सबैभन्दा राम्रो उपाय आफ्नो घरको बास नै हो ।’ हरिले दिक्क मानेर बसेको छोरालाई सम्झाउँदै भने ।

‘अस्मिता, अब बाहिरका कोही पाहुना पनि घरमा ल्याउने हैन है ! आफू पनि बाहिर कतै नजाउ । बच्चाहरुलाई झन् घरमै राख्नु पर्यो ।’ श्रीमतीलाई सम्झाउँदै हरिले भने ।

‘घरकै बच्चो बिमारी भएर अस्पतालमा छ, कता बाहिर जानु ? कान्छोलाई अझै सञ्चाे भएको छैन । कस्तो रोग हो, बिमारी भएको बच्चासँग बस्न पनि नपाइने ? के रोग लागेको होला ? कोरोना हो की, निमोनिया मात्रै हो ? सास फेर्न गाह्राे हुने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने कोरोना लाग्दा हून्छ भन्छन् । हे भगवान कोरोना नहोस् ।’ भान्सामा काम गर्दैगर्दा अस्मिताले माथितिर फर्केर नमस्कार गर्दै बिन्ती गरिन्, भगवानसँग आशिर्वाद मागिन् ।

‘कलीजुगमा सबै मान्छे आफैँआफैँ लडेर खरानी हुन्छन् भन्थे बुढा– पुरानाहरु ! हो कि क्या हो ?’ पूजाकोठीबाट रामुकी हजूरआमाले भनिन् ।

‘आमा, यहाँ हेर्न आउनुहोस् त टिभी मा ।” रामुले आमाको हात समातेर तान्दै टिभीको अगाडि लिएर गयो । अस्मिताले कोरोनाका बिरामीहरुले दुःख पाएको दृश्य देखिन् र आफनै छोराको सम्झनाले आँखाबाट आँशु झारिन् । उनले मनमनै भनिन्,  ‘कस्तो अस्पताल रहेछ ! बच्चासँग सँगै बस्न पनि दिएन । सबै कुरा डाक्टरले हेर्छन् रे ।’ सम्झँदा उनको मन अमिलो भयो ।

साँझ पर्न लाग्यो । चराहरु गुँड फर्किरहेका थिए । आफ्नै घरको बार्दलीमा परेवाले गुड बनाएर आफ्नो बच्चालाई छाेपेर बसिरहेको थियो । वरपरका घरमा सन्ध्याकालिन आरतीका बत्ति बलिरहेका थिए, शंख–घण्ट पनि बजिरहेका थिए तर रामुको घर सुनसानजस्तै थियो ।

अस्मिताको मन उदास थियो । उनले सबैलाई साँझको खाना खुवाइन् । उनलाई केही खानै मन लागेको थिएन । बल गरेर खान खोज्दा गाँस घाँटीमै अड्कियो ।

अर्कोदिन हरि र अस्मिता अस्पताल जाने तयारी गरे । रामुले जिद्धी गरेर बाबा–आमासँगै अस्पताल गयो ।

छोरालाई राखेको वार्डमा पुग्दा त्यहाँ त अर्कै बच्चा राखिएको थियो । हरि र अस्मिताले चिच्याए– ‘हाम्रो बच्चा खाेइ ?’

एकजना नर्सले बच्चालाई कोरोना लागेकोले आइसोलेसन (सघन उपचारकक्ष) मा राखिएको कुरा बताइन् । उनीहरु त्यतै दौडिए । रामु पनि पछिपछि दौडियो ।

जे नहोस् भनिएको थियो त्यही भएछ । बच्चालाई सघन उपचार कक्षमा राखिएको थियो । बाबु, आमा र रामुले बच्चा भएको कोठामा जान खोजे । तर डाक्टरले अनुमति दिएनन् । उनीहरुले सिसाको झ्यालबाहिरबाटै हेरे ।

रामुले चिच्यायाे– ‘भाइ’ …। भाइले भित्रबाट आफना हात दिइरहेको थियो– मलाई समाउ भनेर । रामुले सिसामा आफनो मुख टाँसेर भाइलाई चुम्मा गर्यो । यता आमा र बाबुका आँखाबाट आँशु झरिरहेका थिए ।

रामुका आँखाबाट पनि आँशु झरिरहेका थिए । यत्तिकैमा उनीहरुलाई हेरिरहका डा सन्न्तोष आइपुगे । उनले भने, ‘आत्तिनु पर्दैन । कोरोना भएपनि बच्चालाई निको हुन्छ । बरु तपाइहरु कसैको सम्पर्कमा नआउनुहोस् जोखिम त तपाइँहरुलाई हुन्छ । तपाईंहरुको पनि र्यालको नमूना दिएर छोड्नुहोस् । तपाईहरु पनि अब कसैको सम्पर्कमा जानु भएन । यो बच्चालाई कसरी सरेछ ? कोही बाहिरको मानिस सम्पर्कमा आएको थियो र ?’ डाक्टरले सोधे ।

‘हामीले त कसैलाई घरमा आउन दिएका थिएनौं, कसैको घरमा गएका पनि थिएनौं । सानो बाबु खेल्दै–खेल्दै पल्लो घरमा गएछ । त्यो घरको भाइ भर्खर दुबईंबाट आएको थियो । यसलाइ चकलेट खान दिएको थियो रे ! हुन त माया गरेर दिएको होला । के गर्नु, बरबाद भयो ।’ आँशु पुछ्दै हरिले भने ।

नआत्तिनुहोस् । ज्वरो आयो वा रुघाखोकी लागेमा तुरुन्तै अस्पताल आउनु होला । अहिले घरमै आइसोलेसनमा बस्नुहोस् । बच्चाको स्याहार हामी गर्छौ, चिन्ता लिनु पर्दैन । रामु र उसका बाबुआमा सानो बच्चालाई फर्की–फर्की हेर्दै घरतिर लागे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…