काठमाडौं । विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् ।
पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार ७ सय ५५ काे पुगेकाे छ ।
विश्वभरमा १७ लाख ७८ हजार २ सय १० जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ४ लाख २ हजार २ सय ७२ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १५ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विगत २४ घण्टामा मात्रै काेराेनाबाट ७९ हजार ३ सय २९ जना संक्रमित भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । एकैदिन विश्वभर गरी ६ हजार ६८ जनाकाे ज्यान गएकाे छ ।
कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ३२ जना संक्रमित भएका छन् । त्यस्तै २० हजार ५ सय ६२ जनाको संक्रमणबाट ज्यान गएको छ भने ३० हजार २ सय ९८ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १० हजार ३ सय २० जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएकाे छ । अहिलेसम्म भाइरसकाे संक्रमणबाट सबैभन्दा बढी ज्यान ज्यान गुमाउनेमा अमेरिका पहिलाे देश भएकाे छ ।
काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दाेस्राे भएकाे छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १९ हजार ४ सय ६८ पुगेको छ भने ३० हजार ४ सय ४५ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ३ सय ८१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनमा ८१ हजार ९ सय ५३ जनामा संक्रमण देखिएकाेमा ७७ हजार ५ सय २५ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएकाे चीनमा १ सय ४१ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ ।
नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ । जसमा ८ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएकाे छ । १ जना पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ८ जनाकाे अस्प्तालमा उपचार भइरहेकाे छ ।