वैशाखको वहार, चराले गाउँछन् वसन्त राग

काठमाडौं  । नेपाली धराप्रकृतिमा वैशाख र असोजलाई अत्यन्तै रमणीय महिना मानिन्छ । यहाँको हावापानीमा एकै वर्षमा दुई वसन्त आउने पनि चर्चा गरिन्छ ।
जाडो हट्तै गर्मी शुरु हुने समयमा पर्ने वैशाख र गर्मी घट्तै जाडो बढ्ने समयमा पर्ने असोजको प्रकृति उस्तै उस्तै हुन्छ । वैशाख लागेपछि वनस्पतिमा पात पलाउँछन्, फूल फुल्छन् । चराले वसन्त रागको गीत गाउँछन् ।

वातावरणमा फूलको वास्ना भरिने बेला वनस्पतिको पुष्परुपमा आनन्दित भई चरा, भवरा मस्त हुने समय नै वैशाख । वैशाखमा गुराँस,भ् यागुतेफूल, लाहुरेफूल, कटहरेफूल आँप लिचीका मुजुरा फक्रिएपछि वायुमा वास्ना वहन्छ । घरआँगन मगमग हुन्छ । रात्रि पनि कति रहरलाग्दो । ज्योतिषशास्त्रले विशखा नक्षत्रमा पूर्णिमा पर्ने महिना भएकाले यस मासको नाम वैशाख रहेको बताउँछ । वैशाखको प्रकृतिमा पुतली मौरी,पक्षी,वनस्पति प्रसन्न छन् । खेतीपाती बढ्दै छ । पानीको मूलमा शीतलताको कुञ्ज छ । यो रम्य महिनामा दुनिया दंग छन् ।

वसन्तको वहारयुक्त यो प्रकृतिले गर्दा जनमनको दुःख पनि बिर्साउँछ । पृथ्वीलोकको यो लावण्य देखेपछि मानव मन प्रेमले भरिन्छ । आनन्दित हुन्छ । मनमा खुशी भरिएपछि रोग शोक,महामारी पनि हट्न थाल्छ । मनको डरमै दुःखको घर हुनेहुँदा सन्ताप हटाउन वैशाखको वासन्ती वहारमा रमाउनुछ । बगैंचामा बस्नुहोस् चिन्ता पराजित हुन्छ । कल्पनाको कल्पवृक्ष बढ्नथाल्छ । कोरोना त के भयंकर भवसागर पनि शान्त हुन्छ । वसन्तको स्वागतमा रमेको मन विश्वविजयी बन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…