Logo माघ ६, २०७७ मंगलबार


नागरिक हाम्रा हुन्, भाइरस हाम्रो होइन : ऐन महर (भिडियोसहित)

काठमाडौं । नेकपाको भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरले अहिलेको अवस्थामा कोरोनाविरुद्धको औषधि घरमै बस्नु रहेको बताउनुभएको छ । घरमा बसी सरकारले गरेको लकडाउनको पालना गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा बोल्दै महरले सरकारले केही गर्न सकेन भन्नु मिथ्या आरोप मात्रै रहेको दाबी गर्नुभयो । सरकार बेलैमा होसियार नभएको भए भयावह हुने खतरा थियो, महरले भन्नुभयो ।

काम गर्ने क्रममा भएका त्रुटीलाई सच्याउँदै सरकार अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । कुनै पनि विपत्ति बाजा बजाएर नआउने भन्दै उहाँले विश्व नै कोरोनाको सन्त्रासमा रहेका बेला यो नयाँ अनुभवले सरकारलाई केही समस्या भएको महरको तर्क छ । प्रतिपक्षी दलका केही नेता कार्यकर्ताहरुले भनेजस्तो सरकार व्यवस्थापनमा चुकेको भन्नु गलत हुने उहाँको भनाइ छ । यो बेला सबै मिलेर सचेत नागरिकको हैसियतले कोरोनाविरुद्ध लड्नुपर्ने महरले बताउनुभयो ।

नेपालको प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम उच्च बिन्दुमा रहेको बताउँदै महरले त्यहाँका नागरिक जहाँ जस्तोसुकै अवस्थामा बसेका छन् त्यहीबाट सरकारलाई सहयोग गर्नुपर्ने औँल्याउनुभयो । प्रदेश सरकार केही व्यवस्थापनमा चुकेको भएपनि अहिलेको अवस्थामा सुधार हुँदै गएको महरको दाबी छ । सुदूरपश्चिमको कञ्चनपुरका बसोबास गर्ने राउटे समुदायमा खाद्यान्नको अभाव भएको समाचार आएकाले त्यहाँ प्रदेश र स्थानीय सरकारको यथाशीघ्र ध्यान जानुपर्ने उहाँको भनाइ छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।

एक पटक दर्ता भएको पत्रिका कहिल्यै दर्ता खारेज नहुने गरी कानुनले संरक्षण गरेको छ ।