काठमाडौं । विगत २४ घण्टामा काेराेनाभाइरस संक्रमितकाे संख्या ९३ हाजर ६ सय ७१ पुगेकाे छ । ६ हजार ९ सय ४३ जनाले ज्यान गुमाएका छन् । विश्वका करिब सबै देशमा फैलिइसकेकाे काेराेना भइरसकाे संक्रमणले मानिसकाे ज्यान जाने क्रम बढिरहेकाे छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ ।
विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चाैथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे अपडेट अनुसार काेराेना संक्रमणबाट १ लाख ४५ हजार ४ सय १४ जनाकाे मृत्यु भइसकेकाे छ ।
विश्वभरमा २१ लाख ८० हजार ३ जना संक्रमित भएकाे पुष्टि भइकेकाे छ । संक्रमित मध्ये ५ लाख ४६ हजार ७ सय ४३ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १७ लाखकाे स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ६ लाख ७७ हजार ७७ जना संक्रमित भएका छन् । त्यस्तै ३४ हजार ५ सय ८० जनाको संक्रमणबाट ज्यान गएको छ भने ५७ हजार २ सय ७१ जना उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन् । १३ हजार ३ सय ६९ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । अहिलेसम्म भाइरसकाे संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका पहिलाे देश भएकाे छ ।
काेराेना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा इटली दाेस्राे स्थानमा रहेकाे छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या २२ हजार १ सय ७० पुगेको छ भने ४० हजार १ सय ६४ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये २ हजार ९ सय ३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनमा ८२ हजार ३ सय ४१ जनामा संक्रमण देखिएकाेमा ७७ हजार ८ सय ९२ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३ हजार ३ सय ४२ जनाले ज्यान गुमाएकाे चीनमा ९५ जना अझै गम्भीर अवस्थामा रहेकाे जनाइएकाे छ । विगत २४ घण्टामा चीनमा काेराेना संक्रमणाका कारण कसैकाे पनि ज्यान नगएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।
नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएकाे छ, जसमा १४ जना विदेशबाट नेपाल भित्रिएका छन् भने एकजनामा नेपालमै संक्रमण देखिएकाे छ । दुईजना पूर्ण स्वस्थ भई घर फर्किएका छन् भने बाँकी १४ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।