कोरोना संक्रमणबाट इटलीमा सय चिकित्सकको ज्यान गयो

काठमाडौं । इटलीमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट सय जना चिकित्सकले ज्यान गुमाएका छन् ।

इटलीको जनस्वास्थ्य संस्थाका अनुसार इटलीमा कोरोना भाइरस संक्रमण भेटिएको दिनदेखि अहिलेसम्म सय चिकित्सकको मृत्यु भएको हो । उनीहरू बिरामीको उपचार गर्ने क्रममा संक्रमित भएका थिए ।

मृतकहरूमा सेवा निवृत्तदेखि भर्खरै अध्ययन सम्पन्न गरेर उपचार पेशा शुरु गरेका चिकित्सकसमेत रहेका छन् । संक्रमणबाट ३० जना नर्स तथा स्वास्थ्य सहयोगीको ज्यान गएको बताइएको छ ।

स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्थाबिना नै कोरोनाभाइरस संक्रमितको उपचारमा खटाएपछि धेरै स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

इटलीका करिब दश प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…