काठमाडौं । कोरोनाभाइरस संक्रमणको त्रासले नेपाल अहिले लकडाउनको अवस्थामा रहेको छ । तर लकडाउनकै समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर छ।
गायिकाद्वय हरिमाया र सीता गुरुङको शब्द तथा संगीत रहेको मौलिक लोकभाका ‘चरी बस्यो’ ले लोकप्रियता हासिल गरिरहेको छ ।
चरी बस्योको म्युजिक भिडियो पश्चिमाञ्चल कल्चरल ग्रुपले निर्माण गरेको हो। दीप गुरुङको निर्देशनमा बनेको उक्त भिडियोलाई मधुर बस्नेत, विजय लामा र प्रेम खनालले छायांकन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन्।
हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफ रहेको भिडियोमा राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथा प्रस्तुत गरिएको छ।
भिडियोमा गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङलगायत पश्चिमाञ्चल कल्चरल ग्रुपका कलाकारको अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=KvFS-KAh-10