Logo फाल्गुन १२, २०७७ बुधबार


लकडाउनमा होटलभित्र जुवातास खेल्ने ७ जना पक्राउ

बर्दिया । लकडाउनको समयमा होटलभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । बासगढी नगरपालिका ५ मा अतिथि होटलमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बासगढी नगरपालिका ५ बस्ने ५७ वर्षीय सुरेश रेग्मी, ५५ वर्षीय सोधे बिष्ट, ४८ वर्षीय नर बहादुर वली, बढैयाताल गाउँपालिका ७ बस्ने ५१ वर्षीय श्रीकृष्ण गिरी, बाँके कोहलपुर नगरपालिका १० घर भएका ३८ वर्षीय पुरन गिरी, कोहलपुर नगरपालिका ५ बस्ने ४० वर्षीय श्याम कुँवर र कोहलपुर नगरपालिका ११ बस्ने २८ वर्षीय शिसिर गिरी रहेका छन् ।

उनीहरुको साथबाट ५ लाख ६० हजार ९० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । होटलमा जुवातास खेलिरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…