कोरोना तिमी कस्तो छौ ?

 कविता

कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ या सुक्ष्म ?
सारा मानिस डरले काँपिरहेका छन्

ख्वाक्क खोक्न नहुने, हाच्छ्यौं पनि आउन नहुने
अलिअलि जीउ तात्न पनि नहुने
सारा शरीर नै जिरिङ्ग जिरिङ्ग बनाईदिने
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ या सुक्ष्म ?

मास्क नलगाउने देख्न नहुने
आत्मिय मित्र पनि भेट्न नहुने,
डर, भय सन्त्रास बढाउने
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ या सुक्ष्म ?

मान्छेको बेहाल,जहाँको त्यहिं ठप्प बस्नुपर्ने
हाई गर्दै अल्छी मान्दै दिन काट्नुपर्ने
सारा मानव जाति नै हायल कायल पार्ने
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ या सुक्ष्म ?

के ठूलो, के सानो, के गरिब, के धनी ?
कसैलाई पनि नछोड्ने तिमी
हरेकलाई घायल बनाइरहेछौ गनि गनि
कोरोना तिमी कस्तो छौ ?
अजंगको छौ, या सुक्ष्म ?

  • बुद्धिमान परियार

 

प्रतिक्रिया दिनुहोस्
विशेष

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…