हिमालको राजा

घरमा बसिरहेका नानीहरुका लागि 'कथा'

डाँफेले भन्यो, सुन पट्टु पहिले हामी धेरै थियौँ । हाम्रा दाइ दिदी हजुरबुवा, हजुरआमा सबै थियौँ । म यो देशको एक नम्वर चरा हो । म नेपालको राष्ट्रिय पंक्षी पनि हो । म र मेरी मुनाललाई यहाँ धेरै मान्छे हेर्न  पनि आउँछन् । सबै ठाउँमा हाम्रो फोटो पनि राखेका छन् । हाम्रा रंगहरु पनि धेरै छन् । हाम्रो देश नेपालमा धेरै जात जातिका मानिस बस्छन् नी ।तिनैको प्रतिनिधि हो रे क्या हामी र हाम्रो शरीरको कलर ।

रिताले घरमा सुगा पालेकीे थिई । उसले सुगालाई पट्टु भनेर बोलाउँथी । रिताले पट्टुलाई मान्छेले जस्तै बोल्न सिकाएकी पनि थिई । सुगा धेरै चलाख थियो । उ पिँजडाभित्रै बस्दथ्यो । गाउँमा अरु मानिसले पनि पिँजडामा सुगा पालेका थिए ।

अरु सुगाहरुले सिकाएको कुरा नक्कल गरेर दोहोर्याउन मात्र जानेका थिए तर रिताको पट्टुले आफै पनि कुरा बनाउन जानेको थियो । उसले रिता र घरका सबै मानिससँग दोहोरो कुरा गर्थ्याे । रिताकी आमाले ए रिता चिया बनाउ भन्दा पट्टुले पनि एक पटक भनेरै छोड्थ्यो । रितालाई पट्टुले बोल्दा निकै रमाइलो लाग्थ्यो ।

रिताले पट्टुलाई धेरै मायाँ गर्थी । उनले बेलाबेलामा पट्टुलाई रुचाउने खानेकुरा खान दिन्थीे । उनले पट्टुलाई कहिले बेलौति (अम्बा), कहिले हरियो मकैको घोँगा, कहिले स्याउ, कहिले हरियो खुर्सानी खान दिन्थी । पट्टुलाई सबैभन्दा मन पर्ने खाना हरियो खुर्सानी थियो ।

पहिले पट्टु सानो थियो, अब ठूलो हुँदै गयो । पट्टु ठूलो भएपछि झन्झन् धेरै कुरा सिक्दै गयो । रिताले कम्प्युटर खोलेर नयाँनयाँ कुरा हेर्दा पट्टुले भन्थ्यो– “रीता मलाई पनि कम्प्युटरको नजिकै राखिदेउ न, मैले पनि नयाँ–नयाँ कुरा सिक्न पाउँछु ।” त्यस दिनदेखि रिताले कम्प्युटर खोलेर पढ्न बस्दा पट्टुको पिँजडा पनि नजिकै राखिदिन थाली । कम्प्युटरमा नयाँनयाँ चराचुरुङ्गी, बन–जंगल देख्दा पट्टु धेरै रमाउँथ्यो र पिँजडाभित्रै उफ्रिदै खुशी हुन्थ्यो ।

एकदिन रिताको कक्षामा सामाजिक शिक्षा पढाउने गुरुआमाले नेपालको राष्ट्रिय चरा डाँफेको बारेमा जानकारी दिनुभयो । गुरुआमाले गृहकार्य दिँदै भन्नुभयो– “नानीहरु, तिमीहरुले अर्को हप्तासम्ममा नेपालको राष्ट्रिय चरा डाँफेको बारेमा लेखेर ल्याउ है । कसैले डाँफेको बारेमा कथा लेख, कसैले निबन्ध लेखे पनि हुन्छ, कसैले डाँफेको विषयमा लेख लेखे पनि हुन्छ । डाँफेको बारेमा सबैभन्दा राम्रो लेख्नेलाई मैले पुरस्कार दिने छु । ल भन त कसले कथा के के लेख्ने ?”

कसैले निबन्ध लेख्छु भने, कसैले लेख लेख्छु भने । रितालाई कथा लेख्न मन लाग्यो । उसले हात उठाएर भनीे– “म्याडम, म डाँफेको बारेमा कथा लेख्छु ।”

घरमा आएर रिताले पट्टुसँग सल्लाह गरीे र भनी “मेरो भाइ पट्टु, मैले डाँफेको बारेमा कथा लेख्नु छ । तिमी पनि चरा हौ, डाँफे पनि चरा हो । पक्कै पनि तिमीले डाँफेको बारेमा धेरै कुरा बताउन सक्छौ । मलाई डाँफेको बारेमा कथा लेख्न सिकाइदेउ न !”

पट्टुले भन्यो दिदी, तपाईंले मलाई दुई वर्ष अगाडि पाताले बनको सिमलको रुखको टोड्कोबाट झिकेर ल्याउनुभएको होइन र ? शुरुमा म कति रोएँ तर तपाईंको माया पाएर मैले मेरा बाबा–आमाको मायालाई बिर्सन सकेँ । मैले मेरा बाबा–आमाबाट धेरै कुरा सिक्न पाइँन, थोरै कुरा मात्रै सिक्न पाएँ । तपाईंले मलाई मेरा बाबा–आमाबाट छुटाएर ल्याउँदा मेरा पखेटा भर्खरै उम्रदै थिए । पिँजडामा थुनिएको मैले डाँफेको बारेमा कसरी सही कुरा बताउन सक्छु त ?”

रिताले भनी “त्यसो भए म कम्प्युटर खोल्छु । तिमीले पनि कम्युटरमा हेर । विभिन्न वेब साइट खोलेर डाँफेको बारेमा बुझौँ । पत्ता लागेका कुरा म कापीमा टिपोट गर्दै जान्छु । धेरैकुरा थाहा पाएपछि कथा बनाउँला ।”

रिताको कुरा सुनेर पट्टु खुशी भयो र पिँजडाको वरिपरी उफ्रिँदै नाँच्यो ।

रिता र पट्टुले विभिन्न वेबसाइटमा डाँफेको बारेमा खोजी गरे । युट्युबमा पनि डाँफेको बारेमा खोजे । उनीहरुले युट्युबबाट डाँफेको बारेमा धेरै कुरा थाहा पाए ।

पट्टुले भन्यो “दिदी, डाँफेको बारेमा हिमाली क्षेत्रमा नै गएर बुझ्न पाए धेरै कुरा थाहा हुने थियो । मलाई पिँजडाबाट बाहिर निकालिदिनुस् न । म हिमाली क्षेत्र घुमेर आउँछु र तपाईंलाई सबै कुरा बताउँछु ।”

पट्टुको कुरा सुनेर रिता निरास भई । उनले मलिनो मुखलाउदै भनिन् – “मैले तिमीलाई खुला छोडिदिएँ भने तिमी फर्केर आउदैनौ कि ? । तिमी फर्केर आएनौ भने त मलाई धेरै नरमाइलो हुनेछ ।”

पट्टुले भन्यो “मलाई विश्वास गर्नुस् दिदी ! मैले डाँफेको बारेमा सबै कुरा बुझेर आउने छु र तपाईंलाई सबै कुरा बुझाउने छु ।”

रिताले पट्टुलाई पिँजडाबाट निकाली र उसको मुखमा म्वाई खाएर उडाईदिई । पट्टु घरको छतको माथि पुग्यो र पखेटा हल्लाएर बाईबाई गर्यो ।

पट्टु पहिले पाताले बनमा गयो । उसलाई आफू जन्मेको सिमलको रुखको टोड्को सम्झना थियो । त्यहाँ पुग्दा अर्कै सुगाको परिवार थियो । उसका बा–आमा बसाई सरेछन् कि के भयो, उसलाई थाहा भएन । बाबा आमालाई नदेख्दा उ खिन्न भयो । अब उ डाँफेको बारेमा कुरा बुझ्नका लागि हिमाली क्षेत्रतर्फ लाग्यो ।

चैतको महिना थियो । पट्टुले बाटोमा एउटा बुढो सुगा भेट्यो । उसले मनमनै सोँच्यो– “यी त मेरो हजूरबाको उमेरका छन् । पक्कै पनि यिनलाई धेरै कुरा थाहा होला ।”

पट्टुले भन्यो, हजुरबा नमस्ते । आफूलाई हजूरबा भनेको सुनेर बुढो सुगा खुशी भयो ।
बुढो सुगा– “नमस्कार बाबु, नमस्कार । तिमी को हौ ? कताबाट आयौ ?”
पट्टुले आफ्नो परिचय दियो । उ डाँफेको बारेमा बुझ्न हिँडेको कुरा बतायो ।
बुढो सुगाले भन्यो “बाबु, तिमी ठीक समयमा यात्रामा निस्केछौ । हिमाली क्षेत्र घुम्नका लागि गर्मी महिना नै ठीक हुन्छ । जाडो महिनामा त त्यता जानै सकिँदैन । अहिले चैत महिनाको अन्तिम समय छ । बैशाखको महिनाभरी हिमाली क्षेत्रमा घुम्न सकिन्छ । म भर्खरै मुक्तिनाथको दर्शन गरेर आएँ । तिमी पनि त्यतै जाउ । मुक्तिनाथ जाने बाटोमा जंगल पर्छ । त्यहाँ डाँफेको बथान देख्ने छौ । मुक्तिनाथ भगवानको दर्शन गर्न नबिर्सनु है !

बाटोमा जाँदै गर्दा उसले रगिन डाँफेलाई देख्यो । त्यहाँ डाँफे काग, बाझ र लालिगुँरासका बीचमा भइरहेको कुराकानी पनि हेरिरहयो ।

शिरमा रंगिन कल्की जीउभरि निलो, रातो, पहलो, बैजनी, सुन्तला सबै कलरले सजिएको डाँफेले लालीगुँरासलाई हेरेर भन्यो, लालीगुरास ? तिमीसँग त एउटा रंग मात्र छ मसँग त… भन्दै फुक्क पुच्छर माथितिर फर्काउदै रंगिन प्वाख देखाइदियो । त्यो देखेर पट्टु पनि हाँस्यो । डाँफे आफनै शरीरमा भएको रगिन कलरले आफै दगं थियो ।

डाँफेका भालेपोथी निकै मिलेर बसेका थिए । त्यतिकैमा पट्टु पनि नजिकै आइपुग्यो । हरियो र रातो कलरको यो नयाँ चरा देखेर डाँफेका जोडी तर्सै ।

पट्टुले भन्यो डाँफे दाइ नतर्सनुस् । म पनि तपाईँको साथी हो । आज म तपाईँहरु बसेको ठाउँ हेर्न मन लागेर यतातिर घुम्न आएको । उसको जवाफले डाँफेका जोडी खुशी भए ।

डाँफेका भालेपोथी मिलेर बसेको देखेर पट्टुले मनमनै सोच्यो, हेर मलाई यो पिँजडामा नराखेको भए मैले पनि यस्तै जोडी बनाउथेँ नी । यिनीहरुले जस्तै सँगै चारा खोजेर खान्थेँ । एकछिन पट्टु टोलायो ।

यतिकैमा पट्टुले सोध्यो, डाँफे दाइ तपाईँ त कति राम्रो है ? डाँफेले जवाफ दियो । तिमी पनि त कहाँ कम छौ र ? उसले भन्यो तिम्रो नाम के हो ?

पट्टुले उत्तर दियो, मेरो नाम पट्टु हो । मेरो यो नाम मलाई पाल्ने दिदीले राखिदिएको हो । तर म सुगा चरो हुँ । उसले भन्यो, आहा ! कति राम्रो तिम्रो ठोड । राम्रो भएर बाँच्न पनि त कति गार्हो छ नि ? उसले भन्यो । किन दाइ ? पट्टुले प्रश्न गर्यो ।

हामी राम्रो भएको कारणले नै मानिसहरुले हामीलाई मार्छन् । हाम्रो मासु खान्छन् । हाम्रा पखेटा सजाएर घरमा राख्छन् । अनि हाम्रो शरीरको मासु फालेर बाहिरको प्वाख पुच्छर मिलाएर चरा जस्तै बनाएर सजाएर पनि राख्छन् । सुनिरहेको पट्टुका आँखाबाट आँशु झरे ।

पट्टुले भन्यो ‘दाइ मेरो पनि हालत त्यस्तै त हो नी । मलाई पनि त पिँजडामा थुनेर राख्छन नी । आज त मलाई मेरो मालिकनीले आफ्नै कामका लागि छोडिदिएकी हुन् ।’

म मान्छेले बोलेको कुरा जस्ताको तेस्तै फर्काउन सक्छु । त्यसैले त मलाई पिँजडामा थुन्छन् नी दाइ । डाँफेले पट्टुको कुरा चाख लगाएर सुन्यो ।

उसले भन्यो, ‘यहाँ त जाडोमा धेरै जाडो हुन्छ रे नी ? कसरी बस्नु हून्छ तपाईँहरु यहाँ ? । हामी यहीँको हावापानीमा जन्म्यौ अनि हुर्क्यौँ । त्यसैले हामीलाई यो हावापानी पचिसक्यो ।

धैरै जाडो हुँदा अलि तल झर्छाै । तर एकदमै गर्मी ठाउँमा हामी बस्न सक्दैनौँ नी, तिमी जस्तो । डाँफेले जवाफ दियो ।
पट्टुले सोध्यो दाइ यहाँ त खेतीपाती पनि देखिनँ । मकै खुर्सानी र फलफूल पनि मैले देखिनँ । तपाईँहरु के खाएर बाँच्नु हुन्छ नी ? उसले जवाफ दियो, कहिले बाँसको टुसा खान्छौ त कहिले किराफट्ङ्ग्रा।

यतिकैमा उनीहरुले एउटा बाझ नजिकै आएको देखे । बाझलाई देखेर पोथी डाँफे तर्सिई र भालेलाई देखाउँदै भनी उ उता हेर्नुहोस् त ? । काग र बाझ डाँफेका दुश्मन थिए । काग र बाझले डाँफेलाई देखेभने कोपरी हाल्थे । मौका छोप्ने बित्तिकै उसको जीउमा ठुग्न आइपुग्छन् । त्यसैले बाझ देख्ने बित्तिकै उनीहरुले आफनो जीउलाई लालि गुँरासको हाँगा र पातभित्र लुकाएको पट्टुले हेरिरह्यो । उनीहरुलाई ताकेको बाझले झम्टन सकेन । वेगले झम्टिनै खोजेको बाझलाई देखेर पोथी डाँफेले भनी बल्ल खाइस् । टोक्न त सकेनस् नी ।

यो दृश्य हेरिरहेको पट्टुले भन्यो । दाइ किन डराएको ? म छु नी ? मेरो ठोड हेर्नुहोस् त कति तिखो छ ? अब आयो भने हामी सबै जना मिलेर यसलाई ठुगौँ है । यसरी डरायो भने हामीलाई सधैँ यिनीहरुले हेप्छन् । त्यसैले हामी मिलौँ र समूह ठूलो बनाऔँ ।

हो भनेर डाँफेका जोडीले टाउको हल्लाएर भने अबदेखि यतै बसौँ है पट्टु ।

डाँफेले भन्यो, सुन पट्टु पहिले हामी धेरै थियौँ । हाम्रा दाइ दिदी हजुरबुवा, हजुरआमा सबै थियौँ । म यो देशको एक नम्वर चरा हो । म नेपालको राष्ट्रिय पंक्षी पनि हो । म र मेरी मुनाललाई यहाँ धेरै मान्छे हेर्न  पनि आउँछन् । सबै ठाउँमा हाम्रो फोटो पनि राखेका छन् । हाम्रा रंगहरु पनि धेरै छन् । हाम्रो देश नेपालमा धेरै जात जातिका मानिस बस्छन् नी ।तिनैको प्रतिनिधि हो रे क्या हामी र हाम्रो शरीरको कलर । डाँफेले बेलीबिस्तार लगायो । गुलेलीले हानेर नै हाम्रो जातिलाई सकिसके । कहिले बाझले लतार्छ त कहिले मानिसले मार्छन् ।

यो कुरा सुनिरहेको पट्टुले भन्यो, खोइ त तपाईँहरुको बच्चा ? अनि तपाईँहरु बस्ने गुड खोइ त ? पोथी डाँफेले भनी यहाँ त यस्तो चिसोमा बच्चा बनाउन कहाँ सकिन्छ ? उ अलि तल पारिलो चउरमा बच्चा बनाउछौँ । अण्डा त हामी माटोभित्रै पुर्छाैँ । रुखको टोड्कामा बस्ने पट्टुले दंग परेर सुनिरह्यो ।

हेर न यहाँ त रुख बिरुवा र लालिगुँरास पनि पाताल भइसके । मानिसहरुले हामी खेल्ने यी रुखबिरुवाहरु पनि काटेर सक्नै लागे । अब हामी रमाउने ठाउँ पनि हराउँदै छ । डाँफेले भन्यो । यो सुनिरहेको पट्टुले भन्यो, दाइ म त मुक्तिनाथ पुग्नै बाँकी छ । अब बिदा हौ है त । डाँफेका जोडीले पट्टुलाई बाई गरे ।

पट्टु नाङ्गा हिउँले भरिएका डाडा हेर्दै मुक्तिनाथ पुग्यो । त्यहाँको रमाइलो वातावरण देखेर दंग पर्यो । त्यहाँका एक सय आठ धारामा खुरुरुरु उडेर पखेटा भिजायो र मन्दिरको दर्शन पनि गर्यो । यहाँ त धेरै चिसो रहेछ । अब म तल झरिहाल्नु पर्छ । उसले मनमनै भन्यो र त्यहाँबाट आफू बस्ने ठाउँतर्फ लाग्यो ।

फर्किदा उसले बाटोमा स्याउका बगानहरु देख्यो । अलि तल लालिगुँरास फुलेर बन रातै भएको पनि देख्यो ।

चिसो हावामा रमाउँदै उ आफू बस्ने ठाउँमा आइपुग्यो र दिदी रितालार्ई सबै कुरा बतायो । धेरै दिनपछि भेट भएकोमा दुवैजना खुशीले दंग परे । रिताले पट्टुको तिखो ठोडमा म्वाइ खाई । पटटुले पनि रिताका राता गालामा तिखो ठोडले ठुगिरहयो । उनीहरु रमाउदै बसे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…