Logo आश्विन ४, २०७७ आइतबार


सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । छुट्छुटछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देही र रौतहटमा भएको दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु.३० प ३८०४ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका ४ बस्ने २७ वर्षीय सागर थापाको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका थापाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको कटहरिया नगरपालिका २ हथियाहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना.२ त २४५७ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका ८ पिप्रापोखरिया बस्ने ३५ बर्षीय दिनेश यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

 फाइल तस्बिर  काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी…

    फाइल तस्बिर  काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश…

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण…

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ ।

सामान्य आम्दामी हुनेछ । इच्छाएको काम पुरा हने्छ । सहयोगले काम बन्नेछ ।

विदेशमा रहेका नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता चाहेका थिए । त्यो पनि यस संविधानले पुरा गरिदिएको छ ।