त्यसैले कोरोना सकेर होइन, कोरोना सँगसँगै अब छिटो देशको जीवन पनि बहाली गराउनुपर्छ । कोरोना बुझ्दै, कोरोनाबाट बच्दै, कोरोनालाई जित्दै अगाडि बढौँ । यही नै हाम्रो उपयुक्त बाटो हो ।
फिलिस्तिनी नेता यासेर अराफात एक बिहान ब्याडमिन्टन खेल्दै थिए, त्यही समयमा पत्रकार आएर उनलाई सोधे, 'यतिबेला तिम्रा नागरिक, स्कुले बच्चा, महिलाहरू गोली र बमले मर्दैछन् तर तिमी भने यहाँ खेल्दै छौ ?'
उत्तरमा उनले भने, 'गोली, बम र मृत्यु त हाम्रो दैनिकी र नियमित जीवन भित्रै आइसकेका छ्न्, त्यसैले यसैभित्र हाम्रा बच्चा जन्मन्छन्, हुर्कन्छ्न् । जन्मदिन मनाउँछौँ, पढाई हुन्छ, विवाह हुन्छ, घुम्छौँ, सुहागरात मनाउनुपर्छ, खुशी हुनुपर्छ, हाँस्नुपर्छ किनभने अरु समय त हामीसंँग छदैछैन।'
अहिलेको कोरोना पनि यस्तै हो, कहिलेसम्म चल्ने हो कुनै ठेगान वा थाहा छैन ।
काेराेना शुरु भएको चीनको उहानमा लामो र कडा लकडाउन भयो, लकडाउन खुल्यो पनि तर कोरोना फेरि देखिदैछ । त्यसैले अब हामी कोरोना प्रुफ भएर विदेशी र सीमामा कडाइँ, सामाजिक दुरी कायम गर्दै, सरसफाइमा बढी ध्यान दिँदै, भिडभाड हुने कार्यक्रम बन्द गर्ने, प्रायः पालिकामा एउटा क्वारेन्टाइन व्यवस्था गर्ने, केही सिमित ठाउँमा आइसोलेसनको व्यवस्था गर्ने र चिकित्सकलाई पर्याप्त सुरक्षा सामग्रीसहित करिब १२/१५ वटा जति अलग सुबिधाजन्य कोरोना अस्पताल व्यवस्था गर्ने आदि काम अगाडि बढ्नुपर्छ ।
काेराेनाभाइरससँग तर्सेर, लुकेर, भागेर मात्रै कोरोनाले छोड्नेवाला छैन हामीलाई। प्लेन खसेको र मान्छे मरेको समाचार सुनेका देखेका छौँ हामीले तर पनि यस्ताे दृश्य सम्झदै प्लेन चढेर बादल भित्र छिरिरहेकै पनि छौँ हामीहरू ।
त्रिशुलीमा बस खसेको र यात्रुसहित गायव भएको ठाउँ (चिहान) देखाउदै त्यही बसमै ओहोर दोहर पनि गरेकै छौँ हामी ।
हामी केहीलाई यो कोरोनाले लैजान सक्छ, याे के ठुलो कुरा भयो ? अरु रोगले पनि त लगेकै छ दिनदिनै ! विदेशबाट प्रतिदिन करिव ३/४ जना हाम्रा होनहार युवाहरुको शव प्लेनबाट आइरहेकै छ । फेरि यताबाट करिब एक हजार ६ सय युवालाई त्यहीँ प्लेन चढाएर पठाइरहेका पनि छौँ ।
त्यसैले अब अरु सब गर्नु बेकार छ । यस्तो निरन्तरता केवल अनावश्यक खर्चको बोझ मात्रै हो । फेरि कोरोनाको लागि सबै समर्पण गर्न कसरी सकिन्छ र ? कोरोना सकिँदा हाम्रो सबै अर्थ व्यवस्था सकियो भने त्यस्को के अर्थ रहला र ?
त्यसैले कोरोना सकेर होइन, कोरोना सँगसँगै अब छिटो देशको जीवन पनि बहाली गराउनुपर्छ । कोरोना बुझ्दै, कोरोनाबाट बच्दै, कोरोनालाई जित्दै अगाडि बढौँ । यही नै हाम्रो उपयुक्त बाटो हो ।
(विष्णु पन्थीले फेसबुकमा पाेष्ट गर्नुभएकाे विचारकाे सम्पादित रूप)