Logo बैशाख २, २०७८ बिहीबार


बारीमै कुहिँदै बेच्न याेग्य तरकारी

विद्यानन्द राम
राजविराज । निरन्तरको बन्दाबन्दी (लकडाउन)का कारण उत्पादित तरकारी बिक्री नहुँदा सप्तरीका किसान मारमा परेका छन् । महिनौँ लगाएर किसानले उत्पादन गरका तरकारी तथा फलफुल बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको हो ।

जिल्लाको कोशी नदीको बगरमा सयौं बिघामा व्यवसायिक तरकारी एवम् फलफूल खेती हुँदै आएको छ । साहु महाजनबाट किसानले ऋण लिएर वर्षेनी मौषमी तरकारी खेती गर्दै आएकामा उपज बिक्री गर्ने समयमा नै लकडाउन लम्बिएकाले आफूहरु मारमा परेको उनीहरुको
दुःखेसो छ ।

किसानले खेतमा लौका, फर्सी, भन्टा, काँक्रालगायतका तरकारी लगाएका छन् । लकडाउनले गर्दा घरबाट निस्किन सक्ने अवस्था नरहेकाले अधिकांश तरकारी खेतमै कुहिन थालेको हो । उत्पादित तरकारी खेतमा कुहिन लागेकाले मेहनत र लगानीसमेत डुब्ने अवस्था आएको किसानको गुनासो छ । उनीहरुले आफूहरुको समस्याप्रति गम्भीर बन्न सरोकारवालासँग आग्रहसमेत गरेका छन् ।

एकातर्फ सर्वसाधारणसम्म तरकारी पुग्न सकेको छैन भने अर्कोतर्फ तरकारी बिक्री नै नहुँदा त्यसै खेर जाने अवस्था छ । सप्तरी जिल्लामा कूल खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर रहेकोमा १० हजार १ सय ४७ हेक्टरमा तरकारी खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।