Logo फाल्गुन १६, २०७७ आइतबार


लकडाउनमा खटिएका सशस्त्र प्रहरीमाथि स्थानीयद्वारा हातपात

काठमाडौं । सीमा सुरक्षा र लकडाउनमा खटिएका सशस्त्र प्रहरीमाथि स्थानीयले हातपात गरेका छन् । सीमामा ओहोरदोहोर रोक्न तथा लकडाउन कार्यान्वयन गर्न भैरहवा भन्सार कार्यालय पछाडी दशगजामा खटिएका सशस्त्रका सुरक्षाकर्मीमाथि सिद्धार्थनगर–१ नउडिहवाका युवाहरुले हातपात गरेका हुन । लकडाउन उल्लंघन गर्नेहरूलाई प्रहरीले चहलपहल नगरी घरै बस्न आग्रह गर्दैगर्दा युवाहरु आक्रमक भएर प्रहरीमाथि ढुँगा हानेका थिए ।

ढुँगा हानेपछि युवाहरुको समूहले दुबै प्रहरीमाथि हातपात गरेका थिए, दुई प्रहरी मध्ये एक जनालाई चोट लागी टाका लगाइएको छ भने अर्का एक जनामा समान्य चोट लागेको छ । लकडाउन विपरित शनिबार साँझ हुल बनाएर बस्दा प्रहरीले उनीहरुलाई सम्झाइरहेको बेला प्रहरीमाथि ईट्टाको टुक्रा प्रहार भएको थियो । सशस्त्र प्रहरी ३८ नं डण्डा गुल्मबाट खटिएको प्रहरी सीमामा पाल टाँगेको ठाउँमा गस्ती गइरहेको बेला १५–२० जना गाउँलेले अनुरोध नमानी प्रहरीसँग झगडा गरेका थिए ।

घटना भएको केही समयपछि सशस्त्र गुल्मबाट र जिल्ला प्रहरी कार्यालयले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ, व्यक्तिको पहिचान गरी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खड्गबहादुर खत्रीले बताए । प्रहरीका अनुसार गस्ती गएको बेला लकडाउन उल्लंघन गर्नेहरू आक्रमक भएपछि त्यस्तो घटना भएको हो । घाइते प्रहरीको अवस्था उपचार पछि सामान्य छ । एक जना ड्युटीमा छन् भने अर्का रेस्ट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…