छन्द साहित्यप्रति युवा मोह

हे ! वैशाख यहाँ छरी मधुरता, सौन्दर्य खोल्छ्यौ तिमी,

नेपाली साहित्यमा भानुभक्त आचार्य, बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, रमेश खकुरेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल छन्दकै बलमा स्थापित भए र भएका छन् ।

‘हाम्रा वैदिक संहिता सकलमा मन्त्रादिमा छन्द छ
हाम्रा लोक कला गला बगलका यन्त्रादिमा छन्द छ ।
तारा, जून सूर्य झैंँ गगनको त्यो व्याप्तिमा छन्द छ
खोलामा जलमा विशाल थलमा हेर्यौंँ भने छन्द छ ।।’ (छन्दको सुगन्ध, वासुदेव पाण्डेय, कास्की)

कोभिड–१९ को त्रासका बीच सर्जकले घरघरमा नै सामाजिक सञ्जालको उपयोग गरी आज छन्द दिवस मनाइरहेका छन् । जारी लकडाउनका कारण दिवसका अवसरमा औपचारिक कार्यक्रम नभए पनि फेसबुक एवं विभिन्न सामाजिक सञ्जालमा यतिखेर छन्दका कविता राखिएको छ ।

पछिल्ला वर्षमा युवा पुस्तामा छन्दप्रतिको आकर्षण त बढेको छ नै यसको गरिमा र महत्वसँगै यसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको छ । छन्द दिवसकै शुभकामनाका क्रममा पाण्डेय छन्द कतै तीव्र त कतै सुषुप्त रहेको चर्चा गर्दै पृथ्वी माटासँग आश्रित भए जस्तै छन्दले साहित्यमा सुगन्ध ल्याउने बताउनुहुन्छः
‘होला कतै तीव्र कतै सुषुप्त
हुन्थ्यो कहाँ छान्दिक तत्व लुप्त ।
जस्तो धराआश्रित हुन्छ कन्द
उस्तै दुई छन्द तथा सुगन्ध ।।’

साहित्यमा छन्दको आफ्नै महत्व रहेको बताउँदै पाण्डेयले यसले रचनालाई श्रुति माधुर्य बनाउने बताउनुभयो । पछिल्ला वर्षमा छन्दप्रतिको युवा आकर्षण बढिरहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा छन्दका रचना पर्याप्त पाउन थालिएको जिकिर गर्नुभयो ।

छन्दप्रतिको आकर्षणसँगै राष्ट्रिय रुपमा नै छन्द दिवस मनाउन थालिनुले पनि यसको आवश्यकता र महत्व अझै बढाएको उहाँको भनाइ छ । राष्ट्रव्यापी आन्दोलनका रूपमा सञ्चालित छन्द बचाऔँ अभियान – २०५३ शुरु भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार, पञ्चाङ्ग निर्णायक समितिले २०६७ सालमा छन्द दिवसको मान्यता दिएको अभियानका सञ्चालक माधव वियोगीले जानकारी दिनुभयो । त्यसयता वर्षेनी वैशाख ८ गते छन्द दिवस मनाउँदै आएको छ ।

छन्द बचाऔँ अभियानको मुख्य उद्देश्य काव्य संस्कृतिको रक्षा गर्नु, र छन्दलाई एकादेशको कथा हुन नदिनु नै हो, उहाँले भन्नुभयो, ‘यो अभियान शिष्ट एवम् नैतिक तवरले कविता सिर्जना गर्न सबैलाई सचेत पार्न पनि हो ।’

नेपाली साहित्यमा भानुभक्त आचार्य, बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, रमेश खकुरेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल छन्दकै बलमा स्थापित भए र भएका छन् । पछिल्ला वर्षमा युवा वर्गमा छन्दप्रतिको आकर्षण बढिरहेको छ र अभियान देशका कुनाकाप्चा हुँदै अन्तराष्ट्रिय तहसम्म पुगेको छ । अभियानअन्तर्गत रही वियोगीले आफ्नो निवासमा नै छन्द प्रशिक्षण केन्द्र बनाएर आठ हजारभन्दा बढी जनालाई प्रशिक्षण दिइसक्नुभएको छ ।

संस्कृत र लोकसाहित्यमा एक हजारभन्दा बढी छन्द रहे पनि नेपालमा करीब १५० छन्द प्रचलित छन् । आफूले ८० छन्दमा विभिन्न रचना तयार गरेको बताउँदै वियोगीले ‘धर्मराज’ महाकाव्यमा ५७ छन्द प्रयोग गरिएको जानकारी दिनुभयो । नेपालमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, अनुष्टुप्, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, उपजाति, इन्द्रबज्रा, उपेन्द्रबज्रा, पञ्चचामर, झ्याउरे, त्रोटकलगायत छन्द छन् । वियोगीका अनुसार छन्द सूत्रका प्रणेता पिंगल ऋषिलाई मानिन्छ ।

कोभिड–१९ को संक्रमणका कारण विश्व नै तहसनहस भएका अवस्थामा यस वर्षको छन्द दिवस औपचारिक रुपमा मनाउन नसकिए पनि घरघरमा रही फोन वा सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गरी मनाइएको उहाँले बताउनुभयो ।

काव्य रचनामा छन्दको आफ्नै विशिष्ट महत्व रहेको बताउने नेपाली विषयकी शिक्षिका कल्पना पौडेल पछिल्ला वर्षमा युवावर्गमा देखिएको छन्दमोहले यसको आवश्यकता र औचित्य अझै बढाएको धारणा राख्नुहुन्छ । “काव्य रचनामा छन्द गहना जस्तै हो, यसले रचनालाई सुनौंँ सुनाँै बनाउँछ”, उहाँले भन्नुभयो, “औपचारिक पुस्तकाकार कृतिका साथै युवा वर्गका फेसबुकका पर्खालहरू यतिखेर छन्दमय रचनाले भरिने गरेका छन् ।”

कविताको लय वा छाँट मिलाउने युक्ति छन्दको पुनर्जागरणमा रत्ननिधि रेग्मी शुक्राचार्य, देवी नेपाल, रामप्रसाद ज्ञवाली, मनोज भण्डारी, सुदेश सत्याल जस्ता युवा एवं प्राज्ञिक व्यक्ति समर्पित छन् ।
हे ! वैशाख यहाँ छरी मधुरता, सौन्दर्य खोल्छ्यौ तिमी,
यो बैँसे दिनमा जगाइ दुनियाँ, झल्केर बल्छ्यौ तिमी ।
मायाप्रीति नयाँ भरी सकलमा, मुस्कान छर्छ्यौ तिमी,
नेपाली दिलमा पसी सुगठिलो, सामथ्र्य दिन्छ्यौ तिमी ।। (अम्बिका घिमिरे, काठमाडौँ)

प्रतिक्रिया दिनुहोस्
विशेष

ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

निकाे हुनेमा एक सय ७२ जना पुरूष र ४८ जना महिला रहेका छन् ।

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आर्थक वर्ष २०७७, ७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा…

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट…

महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताउनुभयो ।

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर…