आजको संकटपूर्ण परिस्थितिमा मानव अधिकारको आधारभूत तत्वका रुपमा गास, बास, कपास, स्वास्थ्य, शान्ति सुरक्षा र सूचना प्रवाहको अनिवार्यता महशुस गरिएको छ । संकट र महामारीको कष्टकर अवधिभर अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने साहस केवल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीमा देखिएको छ ।
विश्व समुदाय कोरोना भाइरस अर्थात कोभिड -१९ बाट आक्रान्त छ । मानवीय क्षति अकल्पनीय दुर्घटनाको परिणती बनिरहेको छ । दिनानुदिन मानिसमा संत्रासको वातावरण छाइरहेको छ । संसारका विकसित एवं सुविधा सम्पन्न देशहरु पनि आजको विषम परिस्थितीमा घुँडा टेकिरहेका छन् । मानवीय रक्षाका लागि मानवीय सहयोगको अपेक्षामा दैनिकी चलाईरहेका छन् ।
संकट अति नै मानविय कष्टकर तत्व हो । संकट, प्राकृतिक प्रकोप र मानव निर्मित प्रकोपबाट उत्पन्न हुने भयावहको स्थिति पनि हो । संकट व्यवस्थापनलाई मानव जगतको समस्या समाधान गरी कल्याणकारी भावना विकास गरी कर्तव्य पालनाको अचुक उपाय मान्ने गरिन्छ । आजको समयमा कोभिड -१९ बाट उत्पन्न संकट व्यवस्थापनका सारथीका रुपमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी अपरिहार्य साबित भएका छन् ।
स्वास्थ्य जस्तो अति संवेदनशिल कुराबाट जनतालाई सामाजिक, आर्थिक, पारिवारीक सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हुन्छ । सबै कार्यको जिम्मेवारी सम्बन्धित तहका सरकारहरुले निर्वाह गर्नुपर्छ । मानिसको जन्मदेखि मृत्यु पश्चातका सम्पूर्ण कार्यमा मानवीय तत्व कै भूमिका अपरिहार्य रहन्छ । आजको संकटपूर्ण परिस्थितिमा मानव अधिकारको आधारभूत तत्वका रुपमा गास, बास, कपास, स्वास्थ्य, शान्ति सुरक्षा र सूचना प्रवाहको अनिवार्यता महशुस गरिएको छ । संकट र महामारीको कष्टकर अवधिभर अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने साहस केवल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीमा देखिएको छ ।
उच्चतम सुविधा सम्पन्न विकसित राष्ट्रका स्वास्थ्यकर्मीलाई समेत भागाभाग बनाएको कोरोनासँग जुध्न गरिब देशका समेत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी दिनानुदिन थप साहसिक कदम चालिरहेका छन् । मानवीय स्वास्थ्य रक्षा, सुरक्षा, गास बासको ग्यारेन्टी सुनिश्चित गर्न सरकारका अत्यावश्यक संयन्त्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सूचना प्रवाहका लागि सञ्चारकर्मी अहोरात्र खटिरहेका छन् । कुनै पनि संकटको अवस्थामा आम जनता समक्ष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने भनेका नै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी नै हुन् ।
यो लेख तयार पार्दासम्म विश्वमा कोभिड १९ को महामारीबाट डेढ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विशेष गरी एसिया, युरोप र अमेरिकी महादेशका जनता कोभिड -१९ बाट प्रताडित भएका छन् । हालसम्मको आँकडाअनुसार संसारभरका २१० राष्ट्रमा संक्रमितको संख्या थपिंदो छ भने न्यून संख्यामा मात्र उपचारबाट ठिक भएका छन् ।बेलायतका राजकुमार र प्रधानमन्त्री लगायत विश्वका सम्पन्न राष्ट्रका उच्च ओहदाका व्यक्ति समेत संक्रमित भएको अवस्था छ भने स्पेनकी राजकुमारी, इटालीका पोप समेतको ज्यान गइसकेको छ । अमेरिका, इटाली, बेलायत जस्ता आधुनिक सुविधा प्राप्त विकसित राष्ट्रका कतिपय स्वास्थ्यकर्मीको समेत ज्यान गइसकेको छ । मानिसबाट मानिसमा संक्रमण फैलाउने एउटा अनौठो र रहस्यात्मक कोरोना भाइरस अर्थात कोभिड १९ एक प्रकारको नयाँ प्रजातिको विषाणु नै साबित भएको छ ।
संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को निर्देशनमा समग्र विश्व लकडाउनको अवस्थामा छ । विश्वभरकनो मानव समूदायले विचलनको त्रासदिपूर्ण जीवन व्यथित गर्नुपरिरहेको छ । यस्तो आपतकालिन बिपदबाट मानवीय तत्वको रक्षा गर्न एक मात्र विकल्पको रुपमा लकडाउन अपनाइएको देखिन्छ । लकडाउन एउटा सवौपरी विकल्प हो, जसबाट मानव यात्रामा रहेको कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण फैलिन नदिन न्यूनिकरण अभियान चलाईएको छ ।नेपाल पनि यति बेलाको संकटबाट अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिको बिपद व्यवस्थापनमा नेपाली स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी आफ्नो मानवीय कर्तव्यबाट विमुख हुन सक्दैनन् । नेपाल सरकारले पनि यस्तो संकट व्यवस्थापनका लागि देशभर लकडाउन पद्धती अपनाएको छ । नेपाल सरकारले दुवै छिमेकी देशका नाका बन्द गरेको छ । नेपालमा लकडाउनको समयावधि चार हप्ता पुगिसकेको छ । नेपाल सरकार आफ्ना जनताको रक्षाका लागि सदैव संवेदनशिल बनिरहेको छ । हरेक नागरिकलाई लकडाउन अवधिभर बाहिर ननिस्कन अनुरोध गर्दै घरमै सुरक्षित बसिदिन विभिन्न माध्यमबाट आग्रह गरिरहेको छ । होम क्वारेन्टाईन, सेल्फ आइसोलेशन, पब्लिक हेल्थको आचरण अपनाउनेजस्ता स्वस्फूर्त चेतनशिल नागरिकको जागरण अभियान चलिरहेको छ ।
सुविधा सम्पन्न विकसित राष्ट्रका स्वास्थ्यकर्मीले पनि सन्त्रासको वातावरणमा आफ्नो पेशागत मर्यादा भुलेका छैनन् । स्वास्थ्य सेवाका तीन चरण रोग लाग्न नदिनु अर्थात रोग लागेमा उपचार गर्ने वा रोगको महामारी फैलन नदिन समुदाय सुरक्षा अपनाइएको पाइन्छ । सावधानी अपनाउने पब्लिक हेल्थका पद्धतिअनुरुप साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म हात धुने कुराको पूर्व सुरक्षामा जोड दिइएको छ । त्यसैगरी संक्रमण देखिए वा शंकास्पद विरामीलाई उपचारका निम्ति स्वास्थ्यकर्मीसँग परामर्श लिन भनिएको छ । समुदायमा रोग फैलिन नदिन व्यक्ति व्यक्तिबिचको दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पन्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य भनिएको छ । यसरी हेर्दा पब्लिक हेल्थकर्मी, डाक्टर, अन्य स्वास्थ्यकर्मीको महत्वलाई आजको जनमानसले भगवान सरह मानेका छन् ।
नागरिकको स्वास्थ्य सुरक्षा व्यवस्थापनमा स्वास्थ्यकर्मी, न्यूनतम स्वास्थ्य सुरक्षा सामाग्रीका अभावका बावजुद पनि आफ्नो कर्तव्य पालना गरिरहेका छन् । बेलायतजस्तो सम्पन्न राष्ट्रका स्वास्थ्यकर्मी पनि आज सुरक्षित स्वास्थ्य सामग्रीको अभावमा जोखिम मोलेर सेवा प्रदान गरेको विद्यमान अवस्था छ । नेपाली स्वास्थ्यकर्मीले विदेशबाट आएका, संक्रमित र संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशन र सघन उपचार पद्धती अपनाइएको देखिन्छ । नेपाल सरकारले सरकारी सेवामा आवद्ध नभएका र अवकासप्राप्त स्वास्थ्यकर्मीलाई समेत यस विपदको समयमा स्वैच्छिक सहयोग गर्न अनुरोधसमेत गरेको छ ।
भनिन्छ, कानूनमा निर्धारण गरिएका र निश्चित निकायले गर्ने भनि तोकिएका काम बाहेक अन्य सबै कार्यको जिम्मेवारी सम्बन्धित राष्ट्रका रक्षा र गृह प्रशासनले निर्वाह गर्नुपर्छ । देशको राष्ट्रिय सेना र प्रहरी नै सुरक्षाकर्मी हुन । देशभित्र कोभिड १९ को संक्रमण प्रवेश गर्न नदिन सीमानाकामा निगरानी बढाइएको छ । सीमा नाका पूर्णरुपले बन्द गरी उच्च सुरक्षा सतर्कता स्वरुप थप सुरक्षा जनशक्ति बढाइनु सान्दर्र्भिक छ । शान्ति, जनधनको तथा सामाजिक सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मीले आफुलाई जोखिममा राखेर खटिएकै छन् । सुरक्षाकर्मी र अत्यावश्यक कामबाहेक अन्य जो कोही पनि घर बाहिर निस्केर लकडाउन उल्लंघन गर्नेलाई चेतावनी स्वरुप कारबाही गर्न सुरक्षाकर्मी तल्लिन छ । अनुमती नलिएका र अत्यावश्यक सेवाका सवारी साधन बाहेकका जथाभावी सवारी साधन लिई घर बाहिर निस्कने व्यक्तिका सवारी साधन नियन्त्रणमा लिने गरिएको छ । लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न मानिसहरु यताउता हिंडन रोक लगाएका छन् । यस्तो महामारी संक्रमण रोकथामका समयमा लगाइएको लकडाउन अवधिभर निम्न वर्गीय जनताका निम्ति राहतस्वरुप गरिरहेको राशन वितरण कार्यमा पनि सुरक्षाकर्मीले सुरक्षा सेवा पु-याईरहेका छन् ।
आपत विपदको सकसपूर्ण घडीमा मौका छोपी कालोबजारी गर्ने, आफ्ना मर्यादा र कर्तव्य बिर्सनेको मानवहिनताको पराकाष्टा पनि राेकिएकाे छैन्। आफ्नो कुटनीतीक मर्यादा बिर्सने अग्रवालजस्ता व्यापारी तथा दलालको ठगी नियतको बिगबिगी पनि नचलेको होइन् । यस्तो परिस्थितिमा राजनीतिकरण गर्नेको पनि ठूलो भीड पनि देखा परेको छ ।
त्यसैगरी सञ्चारकर्मी विविध सूचना सम्प्रेषणमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् । संसारभरका संचारकर्मी आफ्नो आफ्नो कर्तव्य पालनामा अहोरात्र खटिइरहेको अवस्था छ । आफ्नो स्वास्थ्य जोखिममा राखेर भएपनि आमसञ्चारकर्मी सघन उपचारमा रहेका संक्रमितको स्वास्थ्य अवस्था र आइसोलेशनमा राखिएकाहरुकोे स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ्ग गरिरहेका छन् । देश विदेशको संकटपूर्ण अवस्थाको सूचना अहोरात्र प्रसारण गर्दै आम जनतामा जानकारी प्रदान गरिरहेका छन् । स्वास्थ्य सुरक्षा र जनधनका सुरक्षाको सवालमा जनजागरणका सन्देश दिइरहेका छन् । उनीहरु आमजनताका सामु उपस्थित भई उत्पन्न समस्या समाधानका लागि सम्बन्धित निकायलाई घचघच्याई रहेका छन् । यस्तो महामारीको समयमा लगाइएको लकडाउन अवधिभर निम्न वर्गीय जनताका निम्ति राहत वितरण गर्ने निकाय र स्थानका बारेमा जनतालाई सूचित गरिरहेका छन् । कसैले पनि कुनै किसिमको लापरबाही नगरी सतर्क रहन आम सर्र्वसाधारणलाई सुचित गरिरहेका छन् । सञ्चारकर्मीबाट अडियो, भिडियो, अनलाइन र छापामार्पmत आम जनता माझ हरेक विषयमा जानकारी प्राप्त भइरहेको छ । आमसञ्चार माध्यम मार्फत विश्वका घटना परिघटना लगायत आम जनताका सबैखाले गुनासा प्रवाह भैरहेका छन् ।
लकडाउनको अर्थ एक स्थानबाट अर्काे स्थानमा आवतजावत बन्द गरिएको अवस्था हो । मानिसको जमघट हुन नदिइने अवस्था हो । नेपालमा पनि एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा मानिसको आवतजावतमा रोक लगाइएको छ । नेपाल लगायत विश्वभर लकडाउनको अवधि अनिश्चितकालीन रुपमा जारी छ । आजसम्मको स्थिति हेर्दा नेपाल सरकार लकडाउन थप गर्ने मनस्थितिमा छ । नेपालका शहरहरुमा कामको खोजीमा आएका आम नागरिकलाई समेत पैसा भएपनि लकडाउनका अवधिभर खाद्यवस्तुको बिक्री वितरण अभावका कारण खानलाउन कठिन हुन थालिसकेको छ ।
दैनिक ज्यालादरीमा काम गर्ने मानिसलाई दुई छाक टार्न धौ धौ परिरहेको छ । यस्तो महामारी संक्रमण समुदायमा फैलने सर्वाेपरि रोकथामका उपाय अपनाइएको समयमा लगाइएको लकडाउन अवधिभर निम्न वर्गीय जनताका निम्ति राहत स्वरुप राशन वितरण भइरहेका छन् । स्थानीय निकायको सक्रियतामा विपन्न वर्गलाई राहत वितरण गरिरहेका स्थानमा सुरक्षाकर्मी र संचारकर्मीको उपस्थितिबाट थप सहजताको अनुभव गरिएको छ ।
विपद एउटा संकटपूर्ण अवस्था हो । यस आपत विपदको सकसपूर्ण घडीमा मौका छोपी कालोबजारी गर्ने, आफ्ना मर्यादा र कर्तव्य बिर्सनेको मानवहिनताको पराकाष्टा पनि राेकिएकाे छैन्। आफ्नो कुटनीतीक मर्यादा बिर्सने अग्रवालजस्ता व्यापारी तथा दलालको ठगी नियतको बिगबिगी पनि नचलेको होइन् । यस्तो परिस्थितिमा राजनीतिकरण गर्नेको पनि ठूलो भीड पनि देखा परेको छ । सरकारी पक्षका कमजोरी केलाउन उद्धत देखिएका जनता र राजनीतिक विचारको उपस्थिति पनि कमजोर छैन् । विपदको समयमा पनि आफू अनुकूल फाइदा लिने र हुने खाने सम्पन्न वर्गको जमातको स्वार्थ पनि प्रकट भइरहेको छ । तर न्यूनतम स्वास्थ्यसँग सम्बन्धित बन्दोबस्तीको अभावमा नै आफूलाई कर्तव्यनिष्ठ बनाइरहेका छन्, मानवीय सेवामा तत्पर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी । यदाकदा संकटको घडीमा विभिन्न कठिनाईको सामना गर्दै विपद व्यवस्थापनमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई नमन छ ।
रेग्मी प्रहरी नायव उपरीक्षक (डिएसपी) हुनुहुन्छ