Logo मंसिर १२, २०७७ शुक्रबार


वडाध्यक्षलाई कुटपिट गरी कागजात च्यात्ने ७ जना पक्राउ

जाजरकोट । वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गरी कार्यालयका कागजात च्यातेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्षलाई कुटपिट गरी वडा कार्यालयका कागजात च्यातेर फालेको अभियोगमाा मंगलबार साँझ प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका २ बस्ने ५३ वर्षीय बिर्ख नाथ, ३१ वर्षीय जय बहादुर नाथ, ३६ वर्षीय रेशम नाथ, १८ वर्षीय धन बहादुर नाथ, २५ वर्षीय महेन्द्र नाथ, ४९ वर्षीय नरु नाथ र २१ वर्षीय सुरेन्द्र नाथ रहेका छन् ।

उनीहरुले आफूलाई पिउने पानीको व्यवस्था नगरेको भन्ने विषयलाई लिएर वडा कार्यालयको कागजात नियन्त्रणमा लिई च्यातेर नष्ट गरेको तथा सोही वडाका वडाध्यक्षलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । घटना भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका वडाध्यक्षलाई उपचारको लागि सुर्खेततर्फ पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…