प्रभावन र अन्जनाको ‘वरको छायाँले’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौँ । प्रभावन जे र अन्जना गुरुङको ‘वरको छायाले’ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराइएको गीत वरको छायाँले डिजिटल बजारमा पहिलो पटक सार्वजनिक भएको हो ।

पछिलो समय सामाजिक सचेतनामुलक गीत मा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरि गायक प्रभावन जे को रेडियो नेपाल मा पहिलो पटक रेकर्ड गराएको गीत वरको छायाँले डिजिटल बजारमा सार्वजनिक भएको छ । २०५३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको गीत जसमा चर्चित गायीका तारा थापाले साथ दिनुभएको थियो, सोहि गीत २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायीका अन्जना गुरुङले साथ दिएकी थिइन् ।

यो गीतले गरिबीले परदेसिएकाको कथा बोकेको छ । गीतको भिडियोको डीबी टेलिभिजनलाई बजाइदिन पठाएको र त्यसको प्रति आफूसँग सुरक्षित नभएकाले गीतलाई जिउँदो राख्न लिरिकल भिडियो बनाई बजार व्यवस्थापन गरिएको डि.ए.आर मुभिज एंड फिल्म्स ई प्रा. लि.का सञ्चालक सदस्य राजाराम गौतमले जानकारी दिए । गीतको लय तथा शब्द संकलन प्रभावन जेले गरेका छन्, सम्पादनः कृष्ण गौतमले गरेका छन् ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…