Logo मंसिर ८, २०७७ सोमबार


‘आप्रवासी श्रमिकको सुरक्षामा तत्काल ध्यान दिइयोस्’

काठमाडौं । विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल विद्यमान कोरोना महामारीको समयमा विभिन्न मुलुकमा गई श्रम गरिरहेका नेपाली श्रमिकहरुलाई सुरक्षित बसाई, स्वास्थ्य र खानपिनको बन्दोबस्त गर्न आग्रह गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै विभिन्न देशमा रहेका नेपाली श्रमिकको जनजीवन सहज बनाउन सरकारले युद्दस्तरमा काम गर्नुपर्ने माग गरेको छ ।

महासंघको समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण विभिन्न देशमा काम गरिरहेका उद्योग धन्दा, व्यापार तथा व्यवसायसमेत बन्द भएका कारण नेपाली श्रमिकको जीवन रक्षाका साथै रोजगारीसमेत असुरक्षित बन्दै जाने, संंक्रमणका कारण कतिपय श्रमिकको मृत्युु हुनुका साथै गम्भीर बिरामीको अवस्थामा रहन बाध्य हुनुपर्ने स्थिति प्रति यतिखेर सम्वद्द निकाय बढी गम्भीर बन्नु पर्ने देखिन्छ ।’

नेपालबाट सस्तो श्रम मूल्यमा लाखौं श्रमिक श्रम सम्झौता गरि विभिन्न मुलुकमा काम गरिरहेको र कोरोना भाइरसका कारण ती मुलुकमा पनि लकडाउन भएकोले सरकारसहितका सम्बन्धित पक्ष सचेत बन्नुपर्नेमा महासंघले जोड दिएको छ । अन्तराष्ट्रिय आप्रवासी कानुनले आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘अन्तर्रास्ट्रिय श्रम संगठन (आईएलओ) मार्फत पनि आप्रवासी श्रमिकलाई पनि सुरक्षित गर्न र समान व्यवहार गर्न गराउन सहयोगको लागि सरकारको तर्फबाट अनुरोध गरेर पहलकदमी लिन जरुरी छ । साथै हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकको अवस्था बारेमा कुटनैतिक नियोगहरुबाट नियमित रुपमा जानकारी हुने गरि सुचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण हुन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…