कवि र पत्रकार

यसबाट क्रान्ति के कत्लो पनि नकोट्टिने भएपछि

महाकवि देवकोटाको पागल कविता पढेपछि
लाग्यो, म पनि कवि बन्छु,
भ्रमको भद्दा पर्दा च्याती सत्य उघार्छु,
क्रान्तिका नाममा किर्तन गर्दै हिड्ने किर्तेलाई स्वाहा पार्छु,
वादको बोक्राभित्र विषको भाँडो राख्ने भाँडको उछितो काड्छु,
तर, देशमा कविता बुझ्ने मान्छे खाेइ ?
साथ दिने कवि खै ?
आज त बारी जोत्ने हलो गर्छ सबको भलो
भनेर बच्चा भुलाउने खुदे कविहरु छन् ।
तिमीलाई देख्दा म भुतुक्कै,
वास्तै गरिनौ म खुत्रुक्कै भन्ने रोइले कविहरु छन् ।
कोही दलका गलगाँड बनेका,
तक्मा,पद पद्वी ताक्ने पुरेत कवि छन् ।
कोही नेताका फेता,
फूलमाला,पत्नी साला
पछ्याउने भाट कवि छन् ।
ठाउँ फेर्ने तर कविता नफेर्ने,
पचास वर्षसम्म एउटै कविता सुनाउँदै हिड्ने रटाने कवि छन् ।
कविको भेष धारण गरी टोपी झोला जुवारीकोट भिर्ने
गोजीमा दर्जन कलम सिउरिने
तीनपाते कविता संग्रह बाँड्ने गाँठे कवि छन् ।
ठिटाठिटी फकाउन, हो कि जस्तै बनाउन
मायाका मन्त्र सुनाउने कोदे कवि छन् ।
परिवर्तनका नाउँमा विदेशीलाई फूल ओच्छ्याउने
र स्वदेशीलाई काँडा उमार्ने आत्मवञ्चक कविहरु छन् ।
दामको दरभाउमा वाक्य बटार्ने खेताला कवि छन् ।
भोज भनेर भेट,भोग र भागका लागि
शब्द मुरुट्ठ्याउने मुङ्ग्रे कविहरु छन् ।
आधुनिकताका नाममा,
तिम्रो डाल राम्रो,
चाल राम्रो,
बाल राम्रो,
ताल राम्रो,
हाल राम्रो भन्दै र्‍याप हान्ने झ्याप कविहरु छन् ।
मुलुकमा अहिले यस्तै कवि र यिनका कविता
प्रिय छन, पुरस्कृत छन् ।
यसबाट क्रान्ति के कत्लो पनि नकोट्टिने भएपछि
म आलु कविको संगत छाेडेर
पिँडालु पत्रकारितामा प्रवेश गरेँ ।
खुइलिएको तालुजस्तो आलुभन्दा
जिग्रिङ झुस पलाएको पिँडालु पत्रकारिता–
कसैलाई मन नपरे पनि सबैलाई अनिवार्य छ ।
मिडिया विधेयकले पिँडालुको
कोक्क्याउने काँडा हटाएर पिँडालुलाई आलु बनाउन खोजे पनि
म पिँडालु हुन नै प्रयासरत छु,
प्रतिबद्ध छु ।
(भण्डारी जनता टेलिभिजनको समाचार प्रमुख हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…