प्रधानमन्त्री निवासमा तिक्तता मेट्दै ओली–दाहाल

फाइल तस्बिर
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ ।
अध्यादेश र सरकारको कार्यशैलीको कारण पार्टी नेतृत्वबीच खिचातानी बढिरहेको बेला दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । पार्टीमा पछिल्लो समय उत्पन्न विवाद आपसी सहमतिमा टुंग्याउन प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई छलफलको लागि बालुवाटार बोलाउनु भएको हो ।
दुई अध्यक्षबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ‘दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल भइरहेको छ’ उहाँले भन्नुभयो ।