विवाद हामीले नै टुंग्याऊ– प्रधानमन्त्री, समाधान गर्न स्थायी समिति बैठक बोलाउनुस्– दाहाल
बालुवाटार छलफल अपडेट

फाइल तस्बिर
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवाद समाधान गर्ने प्रयास भइरहेको छ । त्यसको लागि प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ ।
अध्यादेश र सरकारको कार्यशैलीको कारण पार्टी नेतृत्वबीच खिचातानी बढिरहेको बेला दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
छलफलमा अध्यक्ष दाहालले विवाद समाधानको लागि सचिवालय र स्थायी समिति बैठक बोलाउनु पर्ने सुझाव दिनुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले भने विवाद दुई अध्यक्षबीचको सहमतिबाट विवाद समाधान गर्न सकिने धारणा राख्नुभएको स्रोतको भनाई छ ।