केतुकी खेतीलाई उद्योगसँग जोड्न यसको पातबाट रेशा निकाल्ने मेसिन किसानलाई उपलब्ध गराउनु पर्दछ । जसबाट किसानले सस्तो मुल्यमा केतुकीको पात कुन व्यापारीलाई बेच्ने होला ? भनेर चिन्ता लिनु पर्नेछैन्। आ-आफ्नो समूहमा आफैले चाहेको समयमा वस्तु प्रशोधन गर्न सकिनेछ
हामी सानो छँदा स्कुलमा छुट्टीको दिन गाईवस्तु चराउन जंगल जानुपथ्र्यो । गाईवस्तु लिएर जंगल जाने बाटोमा खरबारीको बारमा प्रशस्त केतुकी देख्न पाइन्थ्यो । यो वनस्पतिको नाम ठाउँ अनुसार फरक फरक पनि हुन्छ । कतै केतुकीलाई हात्तीबार पनि भनिन्छ । जब लकडाउनका कारण घरमै बस्दा बस्ने समय आयो, अचानक ममा बाल्यकालमा देखेका ति केतुकीको बारेमा सम्झना आयो । यस विषयमा मैले मेरा बालसखासँग त्यो समयमा केतुकीलाई हामीले कसरी खेलौनाको रुपमा प्रयोग गरि खेल्थ्यौं भन्ने बारेमा चर्चा पनि गरेँ ।
त्यो बेला हामी केतुकीको पातलाई करिब ३ महिना जति पानीमा राखेर पात कुहिसकेपछि रेशा निकाल्ने काम गथ्र्यौं । त्यतिबेला त्यो काम व्यवसायिक उद्देश्यले नभई गाईवस्तु बाँध्ने दाम्ला बनाउन मात्र प्रयोगमा ल्याइने गरिन्थ्यो । प्रविधि र प्राविधिक ज्ञान, व्यवसायिक दक्षता र बजारको पहुँच अभाव लगायतका विभिन्न कारणले त्यो बेला केतुकीलाई उद्यम र व्यवसायमा जोड्न सकिएन । वृहत परिमाणमा केतुकीको खेति गर्ने मनसायबाट स्थानीय रुपमा यसको प्रशोधन र अन्तिम वस्तुको उत्पादन गर्न कत्तिको सम्भव होला ? यसको उद्यममा ग्रामीण युवालाई जोड्न सकिन्छ वा सकिदैन् ? अर्थतन्त्रसँग नजोडिएका ग्रामीण महिलालाई यसको खेतीमा संलग्न गराउन सकिन्छ कि सकिदैन् ? यस्तै विषयले मलाई केतुकी खेतीको बारेमा थप जान्न प्रेरित गरिरहेको छ ।
विगत केही दिनदेखि केतुकीको खेती, प्रशोधन र अन्तिम वस्तु उत्पादनसँग सम्बन्धित विभिन्न लेख, रचना, अनुसन्धान आदिको अध्ययन गरि मैले बुझेका केही विषय सबैसँग साक्षात्कार गर्नु यो आलेख र पंक्तिकारको मुख्य उद्देश्य हो ।
केतुकी आफैमा बहु उपयोगी वनस्पति भएकाले यसबाट धेरै वस्तु उत्पादन गर्न सकिन्छ। यो वनस्पतिको रुपमा धेरै औषधिय गुण भएको वनस्पति हो । यसको सम्पूर्ण भागलाई कुनै न कुनै रुपमा प्रयोगमा ल्याउन सकिन्छ । जस्तै मेक्सिकोको ‘टकिला’ भन्ने वनस्पतिलाई संसारकै पेय पदार्थको रुपमा उत्पादन गर्ने गरिन्छ र बजारमा अत्यन्तै महँगोमा बिक्री हुँदै आएको पाइन्छ । त्यहाँ ‘टकिला’ लाई विभिन्न आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । जसको प्रयोग जुसको रुपमा पनि हुने गरेको छ । केतुकीको रेशाबाट पनि विभिन्न प्रकारका कार्पेट, झोला, भलिबल खेल्न आवश्यक पर्ने जाली, डोर्मेट जस्ता आवश्यकीय वस्तु उत्पादन गर्न सकिन्छ।
यसलाई अंग्रेजीमा ९ब्नबखभ ब्mभचष्अबलब ० अगावे अमेरिकाना, ९ ऋभलतगचथ एबिलत ०सेन्चुरी प्लान्ट, ९क्ष्कब िएबिलत०सिसाल प्लान्ट, ९ ब्mभचष्अबल ब्यिभ० अमेरिकन एलो आदि भनिछ ।
मेक्सिकोको ‘टकिला’ भन्ने वनस्पतिलाई संसारकै पेय पदार्थको रुपमा उत्पादन गर्ने गरिन्छ र बजारमा अत्यन्तै महँगोमा बिक्री हुँदै आएको पाइन्छ । त्यहाँ ‘टकिला’ लाई विभिन्न आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । जसको प्रयोग जुसको रुपमा पनि हुने गरेको छ । केतुकीको रेशाबाट पनि विभिन्न प्रकारका कार्पेट, झोला, भलिबल खेल्न आवश्यक पर्ने जाली, डोर्मेट जस्ता आवश्यकीय वस्तु उत्पादन गर्न सकिन्छ
केतुकीको वनस्पतिको मुल घर दक्षिण अमेरिकी देश रहेको अनुसन्धानहरुले देखाउँछन् । यसका विभिन्न प्रजाति समेत हुन्छन्। नेपालको हावापानी, जमिनको सतह, माटोको संरचना आदि विषयमा ज्यादै विविधता छ । कुनै भूभागको माटो खाधान्न उत्पादनका लागि उपयुक्त छ भने कुनै भूभाग जडिबुटीको लागि। तर केतुकी उत्पादनको लागि सुख्खा जमिन, बालुवा मिश्रित माटो वा अरु खेती गर्न उपयुक्त नहुने माटो ठीक हुन्छ। त्यसैले हाम्रो देशको पनि पहाडी र सुख्खा भूभाग यस खेतीको लागि उपयोगी हुन सक्छ । केतुकीको उत्पादन र यसबाट उत्पादित वस्तुको उपलब्धताको आधारमा यसको सबैभन्दा धेरै उत्पादन ब्राजिल, मेक्सिको र अन्य पूर्वि अफ्रिकन देशहरुमा हुने गरेको पाइन्छ ।
केतुकीको व्यवसायिक खेति सम्भव होला ? हामीसँग रहेको कुल जमिनमध्ये करिब २१ प्रतिशत जमिन मात्र खेतीयोग्य छ । त्यसमध्ये करिब ४० प्रतिशत जमिनमा मात्र सिंचाई सुविधा उपलब्ध छ । करिब ३० प्रतिशत जंगल क्षेत्र बाहेकको ३० प्रतिशत बाँकी जमिन अहिले पनि बिना कुनै उत्पादन खेर गैरहेको छ । त्यस्तो कुनै पनि जमिन हुँदैन जहाँ केहीको पनि खेति नहोस् ।
यदि हामीले कस्तो जमिनमा कस्तो उत्पादन गर्न सकिन्छ ? भनेर खोजी गरेनौं भने अनुसन्धान नगरुन्जेलसम्म मात्रै त्यो जमिन बाँझो हुन्छ । केतुकीको खेती त्यस्तो जमिनमा हुन्छ, जहाँ अरु खेती गर्न उपयुक्त हुँदैन । मानिसलाई खेती गर्न असहज हुने ठाउँमा पनि यस्तो खेती राम्ररी गर्न सकिन्छ ।
जहाँ जमिन धैरै बाँझो छ, त्यस्तो जग्गाधनी त्यसलाई कुनै वास्ता नगरिरहेको र बसाइ नै अन्तै गरिरहेको अवस्था छ । नेपालमा कृषि उद्यम गर्न चाहने पक्का उद्यमीलाई सार्वजनिक जमिन पनि उपलब्ध गराउन सकिन्छ, जहाँ केतुकीको खेती गर्न उपयुक्त हुन्छ। यस्तो जमिन अचेल हाम्रो देशमा विशेष गरी ग्रामीण क्षेत्रमा प्रशस्त भेटिन्छ । त्यसैले अहिले अनुत्पादक भनिएको जमिनमा पनि केतुकी खेती गरेर उत्पादनमुखी बनाउन सकिन्छ । जमिनको उपलब्धता उद्यमीको लागि एउटा अत्यन्तै ठुलो चुनौती को विषय हो । ३ वटै तहका सरकारले जमिन उपलब्ध गराउने विषयमा गम्भीर बन्नुपर्छ र निर्णय लिँदा कठोर हुनु जरुरि छ । उद्यमीलाई जमिन जसरी पनि उपलब्ध गराउनु पर्छ ।
यदि तपाइँले लगभग २० रोपनी जमिनमा केतुकी रोप्नुभयो भने ३ सय टन पातप्रति वर्ष उत्पादन हुन्छ, जसबाट ६ टन रेशा निकाल्न सकिन्छ । आयु पनि ८ देखि ३० वर्ष हुने भएकाले एक पटक लगाइसके पछि धेरै वर्षसम्म आम्दानी लिन सकिन्छ । यसलाई अरु खेतीलाई जस्तो मलिलो खेती योग्य जमिन पनि नचाहिने हुनाले र धेरै सम्भार पनि गर्नु नपर्ने हुँदा एकपटक लगाइसके पछि सँगै अन्य काम पनि थाल्न सकिन्छ । नेपालको कुल भूभागको ६८ प्रतिशत जमिन पहाडी भएको र विशेष गरि सिंचाई सुविधा नभएका पहाडी भेगको जमिनलाई केतुकी खेतिका लागि पकेट क्षेत्र बनाउन सकिन्छ।
उद्योगसँग कसरी जोड्ने ?नेपालमा कृषि कर्म र किसानको हितमा धेरै कुरा गरिरहँदा कृषि प्रति नेतृत्वको सकारात्मक भावना व्यक्त भइरहेको पनि छ । तर कृषिलाई उद्योगसँग कसरी जोड्ने भन्ने सन्दर्भमा उपयुक्त बाटो समात्न भने नसकिरहेको अवस्था छ । यस सन्दर्भमा हाीले ढिलाई गरिरहेको वा चुकिरहेको पनि देखिन्छ । हाम्रोमा उत्पादित कृषि कच्चा पदार्थ सस्तो मुल्यमा बेच्ने र महँगो मुल्यमा कृषिजन्य अन्तिम वस्तु खरिद गर्ने बानी नै बसिसकेको छ । जबसम्म हामीले कृषि कच्चा पदार्थलाई आफै प्रशोधन र अन्तिम वस्तु उत्पादन गर्दैनौं, तबसम्म हामीले चाहेको किसानको सम्पन्नता र कृषि क्षेत्रको उन्नत विकास कल्पना पनि गर्न सकिदैन।
केतुकी खेतीलाई उद्योगसँग जोड्न यसको पातबाट रेशा निकाल्ने मेसिन किसानलाई उपलब्ध गराउनु पर्दछ । जसबाट किसानले सस्तो मूल्यमा केतुकीको पात कुन व्यापारीलाई बेच्ने होला ? भनेर चिन्ता लिनु पर्नेछैन्। आ-आफ्नो समूहमा आफैले चाहेको समयमा वस्तु प्रशोधन गर्न सकिनेछ ।
यदि किसानले प्रशोधित रेशालाई बजारमा बेच्दा लाभ हुने भयो भने बेच्छन होइन भने अन्तिम वस्तु उत्पादन गर्ने मेसिन, रोप बनाउने मेसिन वा कार्पेट बनाउने मेसिन उपलब्ध गराइदिनु राम्रो हुन्छ । अन्तिम वस्तु उत्पादन गर्न किसानलाई उत्प्रेरित गर्नु पर्दछ । मेसिन, प्राविधिक ज्ञान, लगानी र बजार राज्यले ग्यारेन्टीतर्फ राज्यले पहल गर्नुपर्छ । यसका लागि राज्यद्वारा अनुदान वा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने उपाय अवलम्बन गर्न सकिन्छ ।
जहाँ जमिन धैरै बाँझो छ, त्यस्तो जमिनका मालिकहरु त्यसलाई कुनै वास्ता नगरिरहेको र बसाइ नै अन्तै गरिरहेको अवस्था छ । नेपालमा कृषि उद्यम गर्न चाहने पक्का उद्यमीलाई सार्वजनिक जमिन पनि उपलब्ध गराउन सकिन्छ, जहाँ केतुकीको खेती गर्न उपयुक्त हुन्छ। यस्तो जमिन अचेल हाम्रो देशमा विशेष गरी ग्रामीण क्षेत्रमा प्रशस्त भेटिन्छ । त्यसैले अहिले अनुत्पादक भनिएको जमिनमा पनि केतुकी खेती गरेर उत्पादनमुखि बनाउन सकिन्छ । जमिनको उपलब्धता उद्यमीको लागि एउटा अत्यन्तै चुनौती को विषय हो । ३ वटै तहका सरकारले जमिन उपलब्ध गराउने विषयमा गम्भीर बन्नुपर्छ र निर्णय लिँदा कठोर हुनु जरुरी छ । उद्यमीलाई जमिन जसरी पनि उपलब्ध गराउनु पर्छ
केतुकीबाट उत्पादित वस्तुले बजार पाउला ?अर्को सबैभन्दा महत्वपूर्ण विषय नै कृषिजन्य वस्तुको उचित मूल्य निर्धारण र बजारिकरण हो । दैनिक समाचारमा हेर्न र सुन्न पाएझैं यति परिमाणमा दुध पोखियो, यति परिमाणमा टमाटर नष्ट गरियो जस्ता विषय आइरहेका छन्। यस्तो समाचार आउनुको कारण उचित बजारीकरण नहुनु नै हो वा उपयुक्त तरिकाले बजार व्यस्थापन नगरिनु हो । लकडाउन भएको एक महिना हुँदा स्वदेशी किसानको उत्पादन बजारसम्म पुगेको छैन् तर भारतीय तरकारी उपलब्ध छ । त्यसैले अहिले यो विषयलाई व्यवस्थित गर्नु नै राज्का सामु सबैभन्दा चुनौतिपूर्ण र महत्वपूर्ण छ ।
केतुकीको रेशाबाट बनेको वस्तुको माग संसारभरि नै उच्च छ । किनभने प्राकृतिक रेशाबाट उत्पादित वस्तु मानवीय स्वास्थ्य र वातावारणलाई पनि नकारात्मक हानी गर्दैन । केतुकीको रेशाबाट धेरै प्रकारका वस्तु त हात बाट नै बनाउन सकिने हुनाले स्थानीय माग अनुसार नै वस्तु उत्पादन गर्न सकिन्छ । जस्तै विभिन्न प्रकारका झोला, कार्पेट, भलिबल खेल्न आवश्यक पर्ने जाली, लगाउने कपडा लगायतका सामग्री । यसको साथै उद्योग वाणिज्य महासंघले समय समयमा हातले बनाएका वस्तुको प्रदर्शनी र प्रवर्द्धन गरिरहेको पनि पाइन्छ ।
स्वदेशमा खपत नभए विदेशमा निर्यात गर्न सरकारी तथा गैर सरकारी एजेन्सीले पनि महत्वपूर्ण सहयोग गरिरहेका हुन्छन् । त्यसैले केतुकीबाट उत्पादित वस्तुको बिक्री वितरण हुने बजारको प्रवृति हेर्दा यसको आपूर्तिभन्दा माग उच्च देखिन्छ । उच्च गुणस्तरीय वस्तु, मध्यम गुणस्तरीय वस्तु र न्यून स्तरीय वस्तु गरी उत्पादन र बजारीकरण गर्दा बजारमा वस्तुले उचित मूल्य प्राप्त गर्न सक्छ ।
सरकारी भूमिकाको खाँचो हरेक मुलुकको सरकार त्यहाँका नागरिकको अभिभावक नै हुन्छ । कुनै पनि नव प्रवर्द्धन उद्योग व्यापारमा सरकारको महत्वपूर्ण भूमिका र लगानी हुन्छ । केतुकी खेती र यससँग सम्बन्धित वस्तुको उत्पादन गर्न अध्ययन र अनुसन्धान गर्नु र केही क्षेत्रमा नमूना उत्पादन गर्ने काममा सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ र आवश्यकता पर्दा जोखिम पनि लिन सक्नुपर्छ । उत्पादित वस्तुको बजारीकरणका लागि उपयुक्त बजार पत्ता लगाउनुपर्छ । जसले हाम्रा किसानलाई लाभ प्राप्त होस् । यसमा सरकारले सहजीकरण गर्नुपर्छ । ताकी किसानलाइ क्षति नपुगोस् ।
हाम्रो समाजमा अहिले वििभन्न विकृति छ । सबैलाइ रातारात पैसा कमाउनु परेको छ । छिटो पैसा कमाउने उद्देश्यले मानिसलाई अधैर्य बनाउँछ । यस्तो सोचमा परिवर्तन ल्याउन आर्थिक, प्राविधिक वा अन्य ज्ञानको साथै उप्रेरित गर्ने र मानिसको सोचमा सकारात्मकता ल्याउने गरी तालिम सञ्चालन गर्नुपर्छ । जसका कारण सक्रिय युवा जनशक्तिमा सकारात्मक सोच विकास हुनुका साथै उद्यमी बन्ने भावना विकास हुन्छ । कर्मप्रति सम्मान गर्ने बानीको पनि विकास हुन्छ ।
केतुकीबाट उत्पादित वस्तुको बिक्रि वितरण हुने बजारको प्रवृति हेर्दा यसको आपूर्तिभन्दा माग उच्च देखिन्छ । उच्च गुणस्तरिय वस्तु, मध्यम गुणस्तरिय वस्तु र न्यून स्तरिय वस्तु गरी उत्पादन र बजारीकरण गर्दा बजारमा वस्तुले उचित मूल्य प्राप्त गर्न सक्छ
अन्त्यमा :उद्यमी बन्न खोज्नु आफैमा सजिलो बाटो होइन्, जसले उच्च जोखिम मोल्न सक्छ, जोसँग नवप्रवर्द्दनात्मक धारणा छ, साथै भरपुर श्रृजनशिलता छ, त्यस्तो व्यक्तिले गर्ने कर्म नै वास्तवमा उद्यमशिलता भनिन्छ । यस्तो जोखिममा लाग्नेलाई साथ दिन सरकार तयार हुनु पर्दछ । केतुकीसँग सम्बन्धित उद्यमशिलताले आर्थिक उपार्जन मात्रै हुने छैन्, रोजगारीसमेत सिर्जना गर्नेछ । ग्रामीण महिलालाई उत्पादनसँग जोड्न सकिनेछ । ग्रामीण जनतालाई आर्थिक मूल प्रवाहमा सामेल गर्न सकिनेछ ।
सम्बन्धित युवालाई उद्यमी तालिम प्रदान गर्ने र केतुकी खेतीदेखि उद्यमी बन्नेसम्मको अभियानमा सरकारले विशेष पहल गर्नु पर्दछ । यसको खेतीदेखि उद्योगसम्मको सबै कानुनी औपचारिकता एकद्वार प्रणाली पनि मार्फत हुनु पर्दछ । अनि मात्र देशको ओत खोजेर फर्केका युवाले हाम्रो पनि अभिभावक छ भनेर महशुस र गौरव गर्नेछन् र भन्ने छन् नेपाल सरकार जिन्दावाद ।