Logo माघ ९, २०७७ शुक्रबार


बैठक, छलफल र निष्कर्ष नै एकमात्र समाधानको बाटो

राजनीतिक समस्याको समाधानका लागि त स्थायी समिति र केन्द्रीय समितिकै बैठक हुनु पर्दछ । पोलिटव्युराे बनाइएको भए त्यहाँ राजनीतिक मामिलामा छलफल हुने थियो । अहिले त पोलिटव्युराे गठन नै गरिएको छैन् । यसैले स्थायी समितिले राजनीतिक विषयमा छलफल गर्ने र प्रस्तावित विषय केन्द्रीय समितिले छलफल गरी पारित गर्ने  परिपाटी नै पार्टीको औपचारिक कार्यशैली हुनुपर्ने हो । अनौपचारिक वा गुटगत कोठे बैठक र पदको लेनादेनाबाट समाधान हुन सक्दैन् । तर दुःख लाग्छ, लोकले भरोसा गर्न चाहेका नेकपाका कतिपय “युवा” वा दोश्रो पुस्ताका भनिएका नेताहरु पनि पदको ललिपप बाँड्दै हिँड्नुभएको छ । असल कार्यकर्ताले नेतृत्वलाई सही बाटो पो देखाउने हो, गलत कुरामा साथ दिने हाेइन । 

अहिले नेकपा र यसको सरकारका बीचमा धेरै तिक्त लाग्ने विवाद छताछुल्ल भएका छन् । यसबाट नेकपाको सरकार, यसका प्रमुख सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली र सरकारमा सामेल हुनुभएका मन्त्री महोदयहरुको मात्रै बेइज्जत भएको छैन, समग्र पार्टीको साख खस्किएको छ । नेपालको अग्रगमनका देशी/विदेशी विरोधीहरुले खुसी मनाउने मौका आएको छ । उनीहरु खुशी छन् र आफूभित्रका तमाम मतभेद एकातिर पन्छाएर समग्र नेकपाका विरुद्ध थप योजनाका तानाबाना बुन्दै छन् । नेपालजस्तो सानो देशमा कम्युनिष्ट पार्टीको सरकार सफल होस्, यसले लोकप्रियता बढाउँदै लगोस् र फेरि पनि यसैगरी अत्यधिक बहुमत (ल्यान्डस्लाइड भिक्ट्री) प्राप्त गरोस् भनेर पक्कै पनि साम्राज्यवादी पूँजीवादका हर्ताकर्ताहरुले चाहेका छैनन् होला भन्ने हेक्का पनि नेतृत्वले नराखेको देखिन्छ । इमान्दार कार्यकर्तालाई चिन्तित बनाउने गरी, कम्युनिष्ट पार्टीलाई विश्वास गरेर मतदान गर्ने समर्थकको मन कुँड्याउने गरी तथा बुद्धिजीवीहरुलाई लज्जित बनाउने गरी गतिविधि भइरहेका छन् ।

निर्लज्ज गतिविधि बन्द गर्नुहोस्, राजनीतिक समाधान खोज्नुहोस् :
पार्टीमा विवाद भएको बेला बढीभन्दा बढी बैठक/छलफल गरिनुपर्ने हो । छलफल र समीक्षाबाट युद्धरत ठूला/ठूला देशका विवाद त समाधान भएका छन् भने पार्टीभित्रको विवाद समाधान नहुने कुरै छैन् । नेकपाका बहुसंख्यक कार्यकर्ता इमान्दार, विवेकी र राजनीतिक चरित्रका छन् । यस पार्टीमा थोरै मात्र त्यस्ता मानिस छन्, जसमा राजनीतिक चरित्र छैन् । अहिले तिनै गैर राजनीतिक चरित्र भएकाहरु हावी भएजस्तो देखिएका मात्रै हुन् । गैर राजनीतिक चरित्रकाहरुले समस्या पार लगाउन सक्दैनन् ।

अहिले पार्टीका औपचारिक वा वैधानिक संस्थाबाट समाधान खोजिनु पर्दछ । पार्टीको केन्द्रीय सचिवालयले दैन्दिनका कामकाजमा सरकारलाई सघाउने हो, यस संस्थाले नीतिगत निर्णय गर्ने हाेइन । सचिवालयले स्थायी समिति र केन्द्रीय समितिको बैठक बसाल्ने कुराको मिति तोक्ने, एजेण्डा तय गर्ने, बैठक बस्ने स्थानको व्यवस्थापन गर्ने र शीर्ष तहमा समीक्षा इत्यादि गर्ने हो । राजनीतिक समस्याको समाधानका लागि त स्थायी समिति र केन्द्रीय समितिकै बैठक हुनु पर्दछ । पोलिटव्युराे बनाइएको भए त्यहाँ राजनीतिक मामिलामा छलफल हुने थियो । अहिले त पोलिटव्युराे गठन नै गरिएको छैन । यसैले स्थायी समितिले राजनीतिक विषयमा छलफल गर्ने र प्रस्तावित विषय केन्द्रीय समितिले छलफल गरी पारित गर्ने गर्ने परिपाटी नै पार्टीको औपचारिक कार्यशैली हुनुपर्ने हो । अनौपचारिक वा गुटगत कोठे बैठक र पदको लेनादेनाबाट समाधान हुन सक्दैन् । तर दुःख लाग्छ, लोकले भरोसा गर्न चाहेका नेकपाका कतिपय “युवा” वा दोश्रो पुस्ताका भनिएका नेताहरु पनि पदको ललिपप बाँड्दै हिँड्नुभएको छ । असल कार्यकर्ताले नेतृत्वलाई सही बाटो पो देखाउने हो, गलत कुरामा साथ दिने हाेइन् ।

नेपालको संविधान बनिसक्दा मरिसकेको ‘बहुराष्ट्रिय नेपाल’ को विस्तारवादी अवधारणा चिहानबाट ब्युँतेर आएको बारे अलिकति पनि होश छ कि छैन ? कार्यकर्ताहरु नेतृत्वलाई सोधिरहेका छन् ।

कसैले पनि नेतृत्वको योगदानलाई अपमानित गर्न सक्दैन तर जब-जब पार्टीमा विवाद वा विभाजनका समस्या देखिएका छन्, तब-तब पार्टीलाई बचाउने काम नेताले हाेइन, कार्यकर्ताले गरेका छन् । विगतमा विभिन्न कम्युनिष्ट घटकमा विभाजनका काला बादल देखिएका दिनमा पार्टीको मूलधार विभाजित गरेर जानेहरुलाई वैचारिक संघर्ष र सांगठनिक परिचालनद्वारा निरस्त पार्ने र पुनः एकीकरणमा फर्काउने काम कार्यकर्ताले नै गरेका हुन् 

अहिलेको युग, त्यसमा पनि कम्युनिष्ट पार्टीभित्र पदको लेनादेना गरेर पनि समाधान हुन्छ र ? तीन दिनदेखि राजनीतिक बजारमा तात्तातो समाचार आयो- ‘फलाना नेतालाई थप अर्को एक अध्यक्ष बनाउने प्रस्ताव फलानो पक्षले राख्यो ।’ यस्तो कुरालाई नेपालका गाउँघरमा पूर्वतिर लाजको पसारो भन्छन् भने पश्चिमतिर लाजको मर्नु, देशको हाँस्नु भन्दछन् । यस्तो विषय जो सुन्दा पनि लाजै लाग्छ र जुन विषयमा सारा देश/दुनियाँ हाँस्छ, त्यस्तो कुरालाई लाजको मर्नु, देशको हाँस्नु भनिन्छ । एउटा पार्टीमा दुई/दुईजना अध्यक्ष हुनु यसै पनि लाजकै विषय थियो कम्युनिष्ट पार्टी, यसको शानदार परम्परा र संघर्षपूर्ण इतिहासका लागि । एकीकरणको सम्मान गर्दै र आउने महाधिवेशनसम्ममा तलदेखि माथिसम्म अन्तरघुलनको काम सम्पन्न भइसकेपछि यस्तो समस्या नरहला भन्ने विश्वास गर्दै नेकपाका कार्यकर्ताहरुले दुईजना अध्यक्षको प्रावधानलाई स्विकार गरेका हुन् । नेकपाका कार्यकर्ता तीनजना वा चार जना अध्यक्ष बनाउने गाइजात्रा सहन तैयार छैनन् । यति कुरा सबैले बुझ्न जरुरी छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा नेताहरुको योगदान उच्च छ । बिना मिहीको दाईं हुँदैन । दाईं लगाउँदा हाम्रो पहाडतिर काठको मिही गाडेर त्यसैमा गोरु बाँध्ने गर्छन्, त्यहाँ पनि मिहीको किलोको नजिकमा पाको गोरु राखिन्छ । हाम्रो तराईमा काठको मिही गाड्दैनन्, मिहीको काम पाको गोरु वा राँगोले गर्छ । जे-जसो गरेपनि सबैलाई एउटै लय र तालमा हिँडाउनका लागि मिही चाहिन्छ । कसैले पनि नेतृत्वको योगदानलाई अपमानित गर्न सक्दैन तर जब-जब पार्टीमा विवाद वा विभाजनका समस्या देखिएका छन्, तब-तब पार्टीलाई बचाउने काम नेताले हाेइन, कार्यकर्ताले गरेका छन् । विगतमा विभिन्न कम्युनिष्ट घटकमा विभाजनका काला बादल देखिएका दिनमा पार्टीको मूलधार विभाजित गरेर जानेहरुलाई वैचारिक संघर्ष र सांगठनिक परिचालनद्वारा निरस्त पार्ने र पुनः एकीकरणमा फर्काउने काम कार्यकर्ताले नै गरेका हुन् । तिनै कार्यकर्ताको आग्रह छ, विवादलाई बैठक बसेर समाधान गर्नुहोस्, बैठकबाट कोही पनि नभाग्नुहोस् । छलफलबाट विवाद समाधान गर्ने र राजनीतिक निश्कर्ष निकाल्ने कामबाट मात्रै देशको कम्युनिष्ट आन्दोलनमाथि लागेको कालो बादल हट्नेछ, पद वा अन्य कुरा बाँडेर हाेइन । राजनीतिक-वैचारिक समाधान नखोजी, गल्तिहरुको समीक्षा नगरी पार्टीमा वा सरकारमा अथवा राजनीतिक नियुक्तिका पद बाँडेर मात्रै समाधान खोज्ने हो भने स्थायी समितिका सबै नेतालाई अध्यक्ष बनाए पनि पार लाग्ने छैन् । के नेकपाका पौने पाँच सय केन्द्रीय सदस्यलाई नै अध्यक्ष बनाउने ?

पदको लालिपप देखाएर कोठे बैठकबाट समाधान खोज्नु गैर राजनीतिक चरित्र हो । अझ सुनिँदै छ, अरुखाले घृणित कामका अभ्यास पनि गर्न खोजिँदै छ रे ! सुन्दा पनि लाज लाग्ने कुरा यहाँ किन लेख्नु !

दुबै पार्टी नमिल्ने हो भने कसैको पनि बहुमत आउँदैन, कम्युनिष्ट सरकार बन्दैन र प्रधानमन्त्री बन्न पाइन्न भन्ने महशुस गरी रातारात एकीकरण गर्ने पनि तपाईंहरु ! पाँच वर्षमा आधा/आधा समय सरकार चलाउने सहमति गर्ने पनि तपाईंहरु ! एउटै पार्टीमा दुई–दुई जना अध्यक्ष राख्ने पनि तपाईंहरु । आपसमा मिलिन्जेल पार्टीमा तलदेखि माथिसम्म भागबण्डाको संस्कार बसालेर मनपरी गर्ने पनि तपाईंहरु ! यी सबै कुराको समीक्षा गर्न पर्छ कि पर्दैन ?

सही ठाउँबाट सल्लाह लिनुहोस्, गलत सल्लाह नलिनुहोस्
हुन त जोसुकैले पनि आफ्ना कामको जिम्मा आफैंले लिने हो । तर पनि नेतृत्व यस्तो चिज हो, जो सामूहिकता बिना बाँच्न सक्दैन् । सामूहिक निर्णयका लागि पार्टीका सम्बन्धित तहका समिति हुन्छन् । अर्कोतिर, सदैव बैठक बस्न सक्दैन भनेर राजकीय पदमा रहेकाहरुका लागि विभिन्न क्षेत्रका विज्ञहरु सल्लाहकारको रुपमा राखिएका हुन्छन् । सल्लाहकारको काम सही सल्लाह दिनु हो । सल्लाहकारको काम एक नेतृत्वको अनावश्यक छेउ लागेर अर्को नेतृत्वलाई खुइल्याउने, अपमानित गर्ने हुनु हुँदैन । बरु, सल्लाहकारले त कुनै नेताले रिसको झोंकमा केही भन्यो भने पनि अर्को नेतालाई सुनाउने नभइ मिलाउने हो । नेता-नेतामा असमझदारी भयो भने मध्यस्थता गरी मिलाउने काम सल्लाहकारहरुको हुनु पर्दछ । तर यहाँ त उल्टो भैरहेको छ । यसैले सही सल्लाहकार छनौट गर्नुहोस् ।

सन्तुलित दिमागले समीक्षा गर्नु होस् :
अहिले कार्यकर्ताको नेतृत्वलाई आग्रह छ- शान्त दिमागले समीक्षा गर्नु होस् । कार्यकर्ता दास र जनता भेंडा/बाख्रा हाेइनन् । अहिलेको स्थिति ल्याउनमा प्रमुख नेतृत्वकै हात छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छैन र ? बहालवाला दुबै अध्यक्षलाई आग्रह छ, एकपटक धेरै लामो हाेइन, कम्तिमा विगत दुई/तीन वर्षको समीक्षा त गर्नुहोस् । समीक्षाका लागि निम्नलिखित प्रश्नमा घोत्लिनुभएमा राम्रो हुनेछ ।

(१) स्थानीय निर्वाचनअघि तपाईंहरुकै अहं र झगडाका कारण कम्युनिष्ट नेतृत्वको सरकार कांग्रेसको हातमा गएको हो कि हाेइन ? अनि त्यसबाट आन्दोलनलाई के फाइदा भयो ?

(२) हालका प्रधानमन्त्री सम्माननीय के.पी. शर्मा ओली तत्कालिन नेकपा (एमाले) को अध्यक्ष हुनुहुन्थ्यो र हालका नेकपाका अर्का अध्यक्ष सम्माननीय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तत्कालिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष हुनुहुन्थ्यो । एक वर्ष अगाडि परस्परमा सत्ता साझेदारी गर्न नसकेर नेपाली कांग्रेसको नेतृत्वमा चुनाव गर्न जाने पनि तपाईंहरु, अनि स्थानीय निर्वाचनपछि दुबै पार्टी नमिल्ने हो भने कसैको पनि बहुमत आउँदैन, कम्युनिष्ट सरकार बन्दैन र प्रधानमन्त्री बन्न पाइन्न भन्ने महशुस गरी रातारात एकीकरण गर्ने पनि तपाईंहरु ! पाँच वर्षमा आधा/आधा समय सरकार चलाउने सहमति गर्ने पनि तपाईंहरु ! एउटै पार्टीमा दुई/दुई जना अध्यक्ष राख्ने पनि तपाईंहरु । आपसमा मिलिन्जेल पार्टीमा तलदेखि माथिसम्म भागबण्डाको संस्कार बसालेर मनपरी गर्ने पनि तपाईंहरु ! यी सबै कुराको समीक्षा गर्नु पर्छ कि पर्दैन ? समीक्षा गर्नका लागि बैठक बस्नु पर्ने हो । कार्यकर्ताहरुले एकीकरणको आशामा सबै कुरा सहेका हुन् । कम्तीमा पनि पार्टी र सरकारलाई विधिसम्मत तरिकाले चलाउनु भएको भए अहिलेको स्थिति आउने नै थिएन । अझै पनि समय छ, बैठक बसेरै समाधान खोज्नु होस् । षडयन्त्र गर्ने समय निकाल्नका लागि बैठकको मिति अनिश्चित नबनाउनु होस् ।

(३) मन मिल्दा नेतृत्वले जे पनि गर्ने र मन नमिल्दा पुराना बाचा, दुनियाँका अगाडि गरिएका भाषण, प्रतिबद्धता सबै कुरामा आगो लगाउन हुँदैन । एउटा जहाजका हामी दुईवटा पाइलट भन्ने कुरा कहाँ गयो । एउटै पार्टीमा दुई जना अध्यक्ष अश्वाभाविक कुरा हाेइन र ? भनी कार्यकर्ताहरुले प्रश्न उठाउँदा अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले भन्नुभएको थियो–  ‘मिल्ने भए दुईजना प्रधानमन्त्री बन्ने थियौं । संविधानले एकजना मात्रै प्रधानमन्त्रीको प्रावधान राखेको छ र पो !’ अनि अहिले रुवावासी र षडयन्त्र किन ? पहिले स्थायी समितिकोे बैठक राख्नुहोस् । छलफल गर्नुहोस्, परस्पर पेट माझामाझ गर्नुहोस् । स्थायी कमिटीबाट समाधान निस्किए भैगो, नभए केन्द्रीय समितिको बैठक राख्नुहोस् । बैठकबाट भागेर समाधान निस्किँदैन । दुबै अध्यक्षले बुझ्नुहोस्, तपाईंहरुमा भन्दा कार्यकर्तामा धेरै विवेक छ । यो कुरा धेरैपटक प्रमाणित भएको छ ।

(४) अहिले केही मानिस “पूर्व एमाले एक हौं” भनिरहेका छन् र कसैले “पूर्व माओवादी एक हौं” भन्ने नारा दिइरहेका छन्, भित्रभित्रै । यो भन्दा घृणित, गैर राजनीतिक, एकता विरोधी, गैर कम्युनिष्ट र षडयन्त्रकारी कुरा के हुन सक्छ ? एकताको राग अलाप्ने तर भित्रभित्रै षडयन्त्र गर्नेहरुले बुझ्न जरुरी छ, गैर राजनीतिक तरिका अपनाएर कहिल्यै समाधान हुँदैन । यो पंक्तिकारलाई पूर्व माओवादीका विगतका सबै अन्तरसंघर्ष थाहा भएन, यसैले यहाँ पूर्व एमाले भित्रका विगतका अन्तरसंघर्षको एक पीडादायी अनुभूति साट्न मन लागेको छ- विभाजनले कस्तो गराउँछ ?, पद्धति मिच्दा के हुन्छ ? र अपवित्र गठबन्धन गर्दा के हुन्छ ? भन्ने बारेमा ।

विगतमा नेकपा (एमाले) विभाजन भएर एक टुक्रा नेकपा (माले) भयो । वामदेव गौतम र सी.पी.मैनालीले “आर्यघाटसम्म सँगै जाने” भनेर राष्ट्रिय सभागृहमा कसम खानुभयो । त्यसको चार दिन नबित्दै तत्कालिन नेकपा (मा.ले.) भित्र सी.पी. मैनालीले विग्रह शुरु गरिहाल्नु भो । केही महिनाभित्रैमा बामदेव गौतम र सी.पी.मैनालीका बीचको सम्बन्ध झण्डै/झण्डै औपचारिकतामा सीमित हुन थाल्यो । अलि पछि त बोलचाल पनि बन्द हुन थाल्यो भन्ने सुनिएकै हो  ।

पार्टीले मुख्य मन्त्रीको जिम्मेवारी दिएको र स्थायी समितिमा राखिएको मानिसले काठमाडौं आएर एकताको पहल गर्ने हो कि भित्रभित्रै एकजना अध्यक्षलाई उचालेर विग्रह गर्दै हिँड्ने हो ? म निवेदन गर्न चाहन्छु, यस्तासँग सम्माननीय प्रधानमन्त्री सचेत रहनु होला । यस्ताले अहिले त हो मा हो मिलाउलान् तर पार्टीलाई पद्धतिबाट हिँडालिएन भने यस्तैले तपाईंलाई भविष्यमा नचिताएको दुःख दिनेछन् । सम्माननीय प्रधानमन्त्रीज्यू, नबिर्सनुस्, यिनैले जनआन्दोलन २०६३ पछि केही समय तपाईंलाई नै “कडा कार्वाही गर्ने” माग गर्दै हिँडेका थिए । यिनैले पछि तपाईंबाट स्वार्थपूर्ति हुने भएपछि साथ दिएजस्तो गरेका हुन् ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अहिले जो मानिस तपाईंका सल्लाहकार हुनुहुन्छ नि, उहाँ कुनै समय माधवकुमार नेपालका प्रिय पात्र हुनुहुन्थ्यो । अनि तपाईंका प्रेस सल्लाहकार ? उहाँ झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँकै प्रेस सल्लाहकार हुनुहुन्थ्यो । यसैले कसैको समर्थनको झाँसामा नपर्नुहोस्, विवेकले काम गर्नुहोस् ।

अनि सम्माननीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, विधि-विधान र कम्युनिष्ट परम्परालाई दुई अध्यक्षको समझदारीमा लगेर व्यवहार गर्दा कम्युनिष्ट पार्टीमाथि यस्तै आपत आइलाग्ला र विधि, छलफल र बैठकको सहारा चाहिएला भन्ने होस विगतमा किन पुर्याउनु भएन ? अब त विधि–विधानको चेत आयाे होला नि ! यदि साँच्चिकै चेत खुलेको हो भने भविष्यमा यो चेतलाई कायमै राख्नु होला है !

पद्धति पालन नगरेर खाली भावुकतापूर्ण कुरा गर्नेहरुले पूर्व एमाले वा पूर्व माओवादीको नारा दिएर कार्यकर्तालाई उल्लु बनाउन छोड्नु पर्दछ । पूर्व  एमालेभित्रका विगतका केही समीकरण सम्झाउन चाहन्छु जो अहिले सम्झिँदा पनि वाकवाकी लागेर आउँछ ।

(१) छैठौं राष्ट्रिय महाधिवेशन (नेपालगञ्ज) – माधव नेपाल, के.पी.शर्मा ओली, झलनाथ खनाल एकातिर र अर्कोतिर वामदेव गौतम, सी.पी.मैनाली र राधाकृष्ण मैनाली । आपसमा छलफल र पेट माझामाझ गर्न छोडेर चर्का कुरा गर्दै विभाजन । नेकपा (एमाले) को बहुमतको सरकार बन्ने सम्भावना चकनाचूर पार्दै प्रतिक्रियावादी हँसाउने काम । तत्कालिन एमालेवाला हामीहरुलाई लाग्थ्यो- माधव नेपाल र के.पी.ओलीका बीचमा कहिल्यै झगडा र अपवित्र ब्यवहार हुन्न होला, यी दुई नेताको अगुवाईमा नेपालको कम्युनिष्ट आन्दोलनले सगरमाथाको उचाई चुम्ने छ । उता मा.ले.मा जानेहरुलाई पनि लागेको थियो- वामदेव, सी.पी. र आर.के.ले नेपाली राष्ट्रियता र जबजको झण्डालाई सगरमाथामा त के ब्रम्हाण्डमै गाडेर छाड्ने छन् ।

आठौं महाधिवेशन (बुटवल)- माधव नेपाल र के पी ओली एकातिर, झलनाथ खनाल र बामदेव गौतम लगायत अर्कातिर । महाधिवेशन सकिएको चार दिन नबित्दै झलनाथ खनालको प्यानलबाट महासचिव बनेका ईश्वर पोखरेल फर्लक्क फर्किएर के.पी. शर्मा ओलीतिर । नवौं महाधिवेशन (काठमाडौं)- महाधिवेशनको पूर्व सन्ध्याअघिसम्म (तत्कालिन संसदीय दलको नेता चयनको घडीसम्म) झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम एकातिर, के.पी. शर्मा ओली अर्कोतिर । चुनावको अघिल्लो दिनसम्म बामदेव गौतम, झलनाथ खनाल र माधव नेपालतिर । चुनावको ठीक ३६ घण्टा अघि बामदेव गौतमले झलनाथ खनाल र माधव नेपालका सपनाहरुमा पानी खन्याउँदै फर्लक्क के पी ओलीतिर

(२) सातौं राष्ट्रिय महाधिवेशन (जनकपुर)- बीचमा अर्को महाधिवेशन नहुँदै मा.ले. र एमालेको एकता । सातौं महाधिवेशनमा बामदेव गौतम र के.पी. शर्मा ओली एकातिर बाँकी नेताहरु, माधव नेपाल, झलनाथ खनाल अर्कोतिर । केही वर्ष अगाडि एकले अर्कोलाई सिध्याउन केही कसर बाँकी नराख्ने के.पी. शर्मा ओली र बामदेव गौतमको गठबन्धन ! त्यो महाधिवेशनमा के.पी. शर्मा ओलीले महाधिवेशनको मञ्चबाटै माधव नेपालमाथि यति धेरै ब्यंग्य र कटाक्ष गर्नु भएको थियो कि, लाग्थ्यो माधव नेपाल र के.पी. ओलीको भविष्यमा कुनै गठबन्धन बन्दैन होला ।

(३) आठौं महाधिवेशन (बुटवल)- माधव नेपाल र के.पी.ओली एकातिर, झलनाथ खनाल र बामदेव गौतम लगायत अर्कातिर । महाधिवेशन सकिएको चार दिन नबित्दै झलनाथ खनालको प्यानलबाट महासचिव बनेका ईश्वर पोखरेल फर्लक्क फर्किएर के.पी. शर्मा ओलीतिर । बैठकमा महासचिवबाटै अध्यक्षमाथि निरन्तर असहयोग, हामी साक्षी छौं हरेक बैठकका ।

(४) नवौं महाधिवेशन (काठमाडौं)- महाधिवेशनको पूर्व सन्ध्या अघिसम्म (तत्कालिन संसदीय दलको नेता चयनको घडीसम्म) झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम एकातिर, के.पी. शर्मा ओली अर्कोतिर । संसदीय दलको नेता चयनका लागि पहिले पार्टीमा छलफल गरौं भनी तत्कालिन अध्यक्ष झलनाथ खनालको प्रस्तावलाई ठाडै अस्वीकार गरी ‘जसरी पनि चुनाव गराएरै छाड्ने’ दृढता के.पी. शर्मा ओलीबाट व्यक्त । चुनावको अघिल्लो दिनसम्म बामदेव गौतम, झलनाथ खनाल र माधव नेपालतिर । चुनावको ठीक ३६ घण्टा अघि बामदेव गौतमले झलनाथ खनाल र माधव नेपालका सपनाहरुमा पानी खन्याउँदै फर्लक्क के.पी. ओलीतिर ।

माधव नेपाललाई नवौं महाधिवेशनको अध्यक्ष र झलनाथ खनाललाई संसदीय दलको नेता बनाउन लागि परेका कार्यकर्ताहरुले बामदेव गौतमको पल्टी माराईबाट दसचित खाँदै, रनभुल्ल हुँदै, आँखामा आँशु टिलपिल पार्दै निजको घरैमा गएर “के गर्नुभएको हो यस्तो ? अन्तिम समयमा आएर हामीलाई किन यसरी धोखा दिनु भो ?” भनेर बिलौना गर्दा बामदेव गौतमको जवाफको सारांश यस्तो थियो- ‘कामरेडहरु हो, यस कुरामा चित्त नदुखाउनु होस् । मैले कुनै अपवित्र काम गरेको छैन् । के.पी. ओली कमरेडसँग मेरो गहिरो समझदारी भएको छ । अहिले मेरो सहयोग पाएर वहाँ संसदीय दलको नेता बन्नुहुने छ । आगामी महाधिवेशनमा मेरै टीमको सहयोगमा उहाँ अध्यक्ष बन्नुहुनेछ । यो कुरा निश्चितै छ । अध्यक्ष बनेपछि के.पी. शर्मा ओलीले मलाई संसदीय दलको नेता बनाउनु हुनेछ । त्यसपछि हुने चुनावपछि के.पी. ओली प्रधानमन्त्री बन्नु भयो भने उहाँले पार्टी अध्यक्ष पनि मैलाई बनाउनु हुनेछ । के.पी. ओली आफ्नो वचनको एकदम पक्का हुनुहुन्छ । उहाँबाट मलाई दिएको बचनमा यताउता हुनेछैन भन्ने कुरामा म पक्का विश्वस्त छु । अब भन्नुस्, म पार्टीको अध्यक्ष भएँ भने तपाईंहरु सबैको हित गर्छु कि गर्दिन ? मलाई पार्टीको अध्यक्ष मात्रै हुन दिनुस्, सबैलाई मिलाएर लैजाने खुबी मसँग छ । बरु, झलनाथ खनाललाई संसदीय दलको नेतामा नउठ्न भन्नुस्, वहाँ हार्नु हुनेछ । पछि महाधिवेशनमा पनि माधव नेपाललाई नउठ्न भन्नु होला । अब यो देश के.पी. ओली र मेरो नेतृत्वमा चल्नेछ । के.पी. ओली र मैले मिलेर यो देशमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने हो ।’

हाल उपर्युक्त विषयमा के कसो भयो ? भनेर लेख्नै पर्दैन । हतियार बोकेर जनयुद्धमा होमिएको तत्कालिन नेकपा (माओवादी) का साथीहरुका पक्कै पनि अझै बढी पीडादायी अनुभव होलान् नै । यी सबै अवस्थामा पनि कसरी पार्टी यहाँसम्म आयो ? कसरी अप्रत्याशित एकतालाई पनि सम्हालेर अगाडि बढियो ? संकटका बेला बैठक बसी, छलफल गरी समाधान निकालेर, कार्यकर्ताको त्याग र विवेकबाट । अब पनि कार्यकर्ताले पर्याप्त विवेक देखाउने छन् । यसैले स्थायी समितिको बैठक बसाल्नुस् । षडयन्त्र गर्नका लागि बैठकको समय नलम्ब्याउनुस् । स्थायी समितिले सकेन भने केन्द्रीय समितिको बैठक बोलाउनु होस् । त्याग देखाउनुस् । पार्टीले तपाईंहरुलाई नेतासम्म बनाएको हो, ’जुवाको खाल दिएको हैन’  पार्टी एकताका विरुद्ध कौडा हान्नलाई !

पार्टीले मुख्य मन्त्रीको जिम्मेवारी दिएको र स्थायी समितिमा राखिएको मानिसले काठमाडौं आएर एकताको पहल गर्ने हो कि भित्रभित्रै एकजना अध्यक्षलाई उचालेर विग्रह गर्दै हिँड्ने हो ? म निवेदन गर्न चाहन्छु, यस्तासँग सम्माननीय प्रधानमन्त्री सचेत रहनु होला । यस्ताले अहिले त हो मा हो मिलाउलान् तर पार्टीलाई पद्धतिबाट हिँडालिएन भने यस्तैले तपाईंलाई भविष्यमा नचिताएको दुःख दिनेछन् । सम्माननीय प्रधानमन्त्रीज्यू, नबिर्सनुस्, यिनैले जनआन्दोलन २०६३ पछि केही समय तपाईंलाई नै “कडा कार्वाही गर्ने” माग गर्दै हिँडेका थिए । यिनैले पछि तपाईंबाट स्वार्थपूर्ति हुने भएपछि साथ दिएजस्तो गरेका हुन् ।

यो पनि पढ्नुस्

https://45.77.241.73/2020/04/179452

प्रतिक्रिया दिनुहोस्
विशेष

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ…