श्री नै नभएका मजदुर हामी

श्री नै नभएका मजदुर हामी

सयौं वर्ष पहिला पनि हामी मजदुर थिथौ‌ं

जतिबेला हामी महाराजका गाडी काँधमा बोकेर

कैयौ दिनको यात्रा गरेर

महाराजको दरबारको पुर्याउँथ्यौं

कैयौं वर्ष पहिला हामी मजदुर थियौं

जतिबेला हामी महाराजलाई काँधमा बोकेर

कैयौ दिनको यात्रा गरेर

महाराजलाई विदेश पुर्याउँथ्यौं

त्यतिबेला महाराजले भन्नुहुन्थ्यो

तिमी अझ मेहनतले भारी बोक

तिमी खुब इमान्दर र आज्ञाकारी बन

कुनैदिन म जस्तै हुनेछौं

हामी सबैले वहाँका कुरा सुन्दै गयौं र नमान्दै गयौं

जति मेहनती इमान्दारी र आज्ञाकारी बनेपनि हामी मजदुर मजदुर नै भइरह्यौ

महाराज महाराज भइरहनु भयो

हामीले श्री १ देखि श्रीश्री १००८ महाराज उत्पादन गर्यौं

कैयौं महाराजले स्वर्ण मजदुरको रूप धारण गरी सके

उनीहरुले आफूलाई कैयौं श्रीश्री घोषणा गरिसके

तर

हामी श्री नै नभएका मजदुरहरु मजदुर नै रहिरह्यैं

आज हज्जारौं हजार, लाखौंलाख महाराजहरुलाई हामी

काँधमा बोकेर हिँडिरहेका छौँ

तर

आज तिन किन महाराजहरुलाई बोक्न गाह्रो भइरहेको छ

आज ती महाराजहरु भारीभारी प्रतीत भइरहेछन्

ती प्रत्येक महाराजहरुले भनेका थिए

हामीहरु तिमीहरुको रोग, गरिबी र शोकको अन्त्य गरिदिन्छौं

तर

आज हामी अझ रोग, गरिबी र शोकले ग्रस्त छौं

आज मेरी श्रीमतीले बच्चा भोकले रुँदा

खाने केही नभएर

ढुङ्गा पकाउन बसाई छिन्

तर

महाराज हामी कहिले ढुङ्गा पाक्छ र खुवाउन सक्छौंरु

यस्तोमा महाराजले भने जस्तो हामी कसरी डिजिटल बन्न सक्छौं

महाराजहरुले डिजिटल सहानुभूति र शोक प्रकट गर्नुभएको रहेछ

हामीभन्दा हज्जारौ माइल टाढाका टिभी, मोबाइल, फेसबुक दिनुभएको

त्यो डिजिटल सहानुभूति र शोक कसरी पाउन सक्छौं ररु

आजै सबै महाराजहरुले डिजिटल राहत दिनु भएछ

त्यो हामीले कसरी पाउँन सक्छौं ररु

हामी कुनै श्री नै नभएका मजदुरहरु

सयौं किलोमिटर हिँडेर हामी

तपाईंको शहरबाट

तपाईंकै दरबारको बाटो भएर

भोकभोकै तिर्खैतिर्खै

कयौं दिन कयौं रात हिँडेर

सुदुरको भीर कन्तरमा रहेको

पराले झुपडीमा पुग्न लागेका बेला

तपाइँले दिनु भएको सहानुभुति सबै फिर्ता लैजानु होला

हाम्रो पसिना, श्रम र रगत तपाईंले लुटिलुटी लिइ सक्नु भएको छ

तपाईंले जाबो सहानुभूति र शोक प्रकट गर्नु भयो भने

तपाईं हामीभन्दा कङ्गाल बन्नु हुन्छ ।

हामी श्री नै नभएका मजदुरहरु यसै ठिक छौं

हामी कुनै दिन हामीले दुःख गरेर बनाएको

तपाईं बस्ने दरबार भत्काउन आउने छौं

किनकि

हामी श्री नै नभएका मजदुरहरु यसै ठिक छौं ।

                    (कवि भण्डारी  नेपाल स‌ंस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, दाङका  उपप्राध्यापक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ । वृष–नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ । मिथुन– उमंगले काममा राहत…

संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीले विभिन्न शीर्षकमा लिने गरेको भत्ता कटौती गरेको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रमा परेको असरको…

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी…

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने  ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको…

काठमाडौं । कृषि उत्पादनलाई प्रोत्सान गर्न सरकारले मुलुकको विभिन्न स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्ती डा.…