किन ?

किन
आन्द्रामा पहिरो जान्छ
भुँईमान्छेहरूको ?

कति उष्णता बाफ बनेर उडिसक्दा पनि
कति खहरे नौ नाडीमा बगिसक्दा पनि
यी भुइँमान्छेहरू
प्रत्येक पल्ट
अन्धकारमा रम्नुपर्ने
किन ?

किन ?
सधैं
सूर्य प्रकाण्ड प्रलाप गाउँछ
निरिह तारा र ग्रहादी माथी

तारा र ग्रहादीहरूको
निर्मम बलात्कार भइरहँदा
गान्धारी पट्टी
बाँधिरहन्छ ईश्वर
किन ?

किन ?

जुनको रश्मी उतार्न हिंडेका
सोचहरू माथी
जिन्दगी जोहो गर्न हिँडेका
पाखुराहरू माथी

सुनौलो बिहान खोज्न लम्किएका
जुनकिरीहरू माथी
उल्का वर्षिन्छ हँ ?
किन
दुख्छन् राम्राहरू नै ?

किन ?
प्रेमीहरू प्रत्येक रात
सम्मोहित पुतलीहरू झैं
आफ्नै सपनाहरुको मलामी जान्छन्
दम्भित मांस पिण्ड
स्नेह उत्सर्जन गर्न उद्धत छ
किन ?

सबै,सबै
पतन उन्मुख छन्
तर
किन ?
किन ? किन ? र किन ?
समय अखण्ड अलाप गाईरहेछ ।

‘अवतरण एक अनिर्णित युगको’ कविता संग्रहमा संग्रहित

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…